Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

सुदूरका तीन जिल्लामा खाद्यान्न सञ्चित

खबरडबली संवाददाता

डोटी ।  आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डोटी जिल्लामा मात्रै खाद्यान्न सञ्चित (बचत) रहेको देखिन्छ ।  सुदूरपश्चिम प्रदेशका दुई तराईका जिल्ला र सात पहाडी जिल्लामध्ये पहाडमा डोटी मात्र खाद्य सञ्चित गर्ने जिल्लाका रूपमा रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए। 

कृषि ज्ञान केन्द्र डोटीले दिएको जानकारीअनुसार प्रति वर्ष प्रतिव्यक्ति आवश्यक खाद्यान्न तराईमा एक सय ८१ केजी, मध्य पहाडमा एक सय ९१ केजी र उच्च पहाडमा दुई सय एक केजी रहेको छ । सोहीअनुरुप जनसङ्ख्यालाई आधार मानी जिल्लाको उत्पादित खाद्यान्नलाई तुलना गरिएको थियो ।  

जिल्लाको खाद्य उत्पादित तथा सञ्चितको अवस्थाअनुसार कञ्चनपुर जिल्लामा एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ९३ हजार छ सय ९३ मेट्रिक टन थियो जिल्लामा एक लाख ४५ हजार नौ सय ८१ मेट्रिक टन उत्पादित हुँदा ५२ हजार दुई सय ८८ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ । 

कैलाली जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न एक लाख ६० हजार पाँच सय ५२ मेट्रिक टन थियो । जिल्लामा एक लाख ७६ हजार तीन सय ४९ मेट्रिक टन उत्पादित हुँदा १७ हजार सात सय ९७ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ ।  

डोटी जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३९ हजार दुई सय ८५ मेट्रिक टन थियो जिल्लामा ४३ हजार आठ सय ३२ मेट्रिक टन उत्पादित हुँदा चार हजार पाँच सय ४७ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ । अन्य पहाडी जिल्लामा भने आवश्यकताभन्दा कम उत्पादन भएको पाइन्छ । 

तथ्याङ्कानुसार बैतडी जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ४६ हजार छ सय ८० मेट्रिक टन थियो  । जिल्लामा ३५ हजार आठ सय ५१ मेट्रिक टन उत्पादित हुँदा १० हजार तीन सय ७२ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको जनाइएको छ । 

अछाम जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ५५ हजार आठ सय ३८ मेट्रिक टन थियो जिल्लामा ५० हजार दुई सय १३ मेट्रिक टन उत्पादित हुँदा पाँच हजार छ सय २५ मेट्रिक टन  खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ । डडेलधुरा जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न २६ हजार छ सय २९ मेट्रिक टन थियो । 

जिल्लामा २६ हजार तीन सय ४८ मेट्रिक टन उत्पादित हुँदा दुई सय ८१ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको बताइएको छ  ।  बाजुरा जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न २७ हजार नौ सय ३९ मेट्रिक टन थियो । जिल्लामा २४ हजार तीन सय चार मेट्रिक टन उत्पादित हुँदा तीन हजार छ सय ३५ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ ।   

बझाङ जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३८ हजार आठ मेट्रिक टन थियो जिल्लामा ३६ हजार सात सय आठ मेट्रिक टन उत्पादित हुदाँ एक हजार तीन सय एक मेट्रिक टन  खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ । 

दार्चुला जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३७ हजार एक सय ४६ मेट्रिक टन थियो जिल्लामा २२ हजार एक सय ७० मेट्रिक टन उत्पादित हुँदा चार हजार नौ सय ७६ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको सम्बन्धित कार्यालयको भनाइ छ  ।  

समग्रमा सुदूरपश्चिम प्रदेशको खाद्यान्न र आपूर्तिको अवस्था हेर्दा ४८ हजार चार सय ४१ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको छ । पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गरिएको लकडाउन र नाकाबन्दीका समयमा अधिकांश नेपालीले कृषिको महत्व थाहा पाउनुका साथै कृषि पेशामा व्यावसायिक रुपमा युवाहरुको आकर्षण बढ्नुका साथै अधिकांश युवाले खाद्यान्नलगायत अन्य नगदेबाली, तरकारी खेती, फलफूल खेती तिर पनि व्यवसाय गर्दै आइरहेको ज्ञान केन्द्र प्रमुख पनेरुले बताए। 

पछिल्लो समयमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले कृषिमा लगानी गर्नुका साथै अनुदानका कार्यक्रमलाई पनि प्राथमिकता दिएको पाइन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending