महेन्द्रनगर । दोधारा चादँनी नगरपालिका–१० का दिलबहादुर सुनारले गत वर्ष बेमौसमी बाढी आउँदा धान बाली समेट्न नपाउँदा जेनतेन गुजारा गरे। यसवर्ष पनि वर्षाले कतै फेरि जोगबुढाको बाढी पसेर धानबाली नोक्सान गर्छ की भन्ने पिरलोमा रहेका दिलबहादुर धान समेट्दै गर्दा खेतमा भेटिए ।
पाँच कठ्ठामा लगाएको धान कटाउन छिमेकीलाई समेत सहारा मागिरहनुभएका दिलबहादुर जस्तै अहिले कञ्चनपुरका अधिकांश किसानलाई धान समेट्ने चटारो छ । स्थानीय कौशीलादेवी सुनारले कुतियाकवर बस्ती कटान समस्याबाट मुक्त हुन नसकेको बताए। “यहाँ खेतीयोग्य जमिन बर्सेनि जोगबुढा नदीले कटान गर्दै बस्ती समेत जोखिममा छ”, उहाँले भन्नुभयो, “चुनावका बेला खेतमा मत माग्न पुग्नु भन्दा कटान नियन्त्रणमा लागि पहल गरिदिनु प¥यो ।”
“ बिहान नै नास्ता खाएर धान काट्न परिवार नै खेतबारीतिर लाग्नु दैनिकी बनेको छ”, दोधारा चादँनी–४ का जग्गे सुनारले भने, “पोहोर साल धान क्षति हुँदा दीर्घकालीन सहयोग हुने खालका प्याकेज दिने आश्वासनमै बित्यो ।” ५४ वर्षीय सुनार अहिले बस्तीमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार घरदैलोमा आउँदा कुनै उमङ्ग नभएको बताउँनुह्न्छ । “किसानलाई धान समेट्न भ्याइनभ्याइ छ, नेताहरु घरदैलोमा पुगिरहेका छन्”, उनले भने,“कतिपय नेता खेतमै मत माग्दै पुगिरहेका पनि छन् ।” उनले किसानलाई जनप्रतिनिधि भएर जानेहरुले कुनै सुविधा दिने चासो नै नदेखाएको गुनासो गरे। “ खेती गर्दा न मल पाउँछ नत बालीको उचित मूल्य नै”, उनले भने, “सरकारले दिने अनुदान पनि पहुँच भएकाले पाउने त होलान् ।” कञ्चनपुरमा दल र स्वतन्त्र व्यक्तिले चुनावी घरदैलो अभियानलाई तीव्रता बनाएका बेला यहाँका तीन वटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा भने किसान धान काट्न र भित्र्याउन सक्रिय रहेका छन् ।
“केही दिनअघि त महेन्द्रनगरमा एक जना उम्मेदवारले त धान काट्न सहयोग गरिरहेको फोटो पनि हामीले सामाजिक सञ्जालमा हे¥यौंँ”, यहाँको शुक्लाफाँटा नगरपालिका–५ का वीरेन्द्र जोशीले भने, “चुनावका बेला मतदाता रिझाउन अनेक प्रपञ्च गरिँदो रहेछ ।” उनले चुनावका बेला रिझाउन आउने भन्दा पनि कृषि, शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासमा पहल गर्ने प्रतिनिधि छनोट जनताले गर्ने बताए । “हामी किसान अब चुनावको बेलाका आश्वासन सुनेर हुरुक्क हुने स्थिति छैन्”, उनले भने, “कृषिप्रधान मुलुकमा मल र उत्पादन गरेको बस्तुको भाउ नपाउने अवस्था कहाँबाट सिर्जना भयो रु।” उहाँले पनि शुक्लाफाँटा नगरपालिकामा प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार घरदैलो अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।
यहाँस्थित कृषि ज्ञान केन्द्रका अधिकृत हरि जोशीले जिल्लामा अनुमानित ६० प्रतिशत धान कटाइ सकिएको बताउनुभयो । उहाँले केही समयअघि यहाँ आएको वर्षाले धानबालीमा नोक्सानी पु¥याएको विवरण पेस गर्न स्थानीय पालिकालाई पत्राचार गरेको जानकारी दिए। कञ्चनपुरमा कूल ४८ हजार चार सय ९४ हेक्टर क्षेत्रफलमा धानीखेती हुँदै आएको छ । “डुबानलगायतका समस्याले वर्षा हु्ँदा पाँच देखि १० प्रतिशत धानबालीमा नोक्सान पु¥याएको भन्ने अनुमान छ”, जोशीले भने, “पालिकाहरुबाट एकीन विवरण आउन बाँकी छ ।”
कञ्चनपुरबाट राष्ट्रिय राजनीतिमा परिचय बनाका पुर्वमन्त्रीत्रय रमेश लेखक, नारायण प्रकाश साउँद र वीना मगर गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन्। त्यसैगरी नेकपा एमालेका तर्फबाट पुर्व सांसदहरु निरुदेवी पाल, नरबहादुर धामी र प्रदेशसभाका पुर्वमन्त्री तारा लामा तामाङ चुनावी मैदानमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...



प्रतिकृया लेख्नुहोस्: