Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

बागलुङमा ४२ वर्षीया फुलमायाको गौँडो कुरेर हत्या

खबरडबली संवाददाता

बागलुङ । बागलुङमा गत असोज २९ गते राति ४२ वर्षीया फुलमाया बोटे ९माझी० मृतावस्थामा फेला परिन्। उनी बागलुङ–पोखरा राजमार्गअन्तर्गत बागलुङ नगरपालिका–१ मा पर्ने गणेशघुम्ती माथि मृत फेला परेकि थिइन् । परिवारले उनलाई भेट्दा घाँटीमा सल बेरिएको थियो । हतारहतार परिवारले अस्पताल पु¥यायो तर उनको प्राण थिएन ।

सधैँ समयमै घरमा आउने फुलमाया त्यो दिन समयमा घर नफर्किएपछि परिवारले खोजी थालेको थियो । मजदुरी गरेर खाने फुलमाया सधैँ साँझ साढे ५ बजे घर पुग्नुहुन्थ्यो । ढिला भए फोन आउँथ्यो तर त्यो दिन घर पुग्ने समयमा उनको मोबाइल बन्द भयो । त्यसपछि खोजी थालेको परिवारले उहाँ सधैँ हिँड्ने गरेको बाटोमा शव भेट्टायो । शव अस्पताल पु¥याएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । मृतकको शव अस्पतालमै भए पनि प्रहरीले तत्कालै घटनास्थल सिल ग¥यो । 

जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोली घटनास्थल पुग्यो । अस्पतालमा शव हेरेर घटनास्थल पुगेको प्रहरीले हत्याको आशङ्का ग¥यो र सुरु भयो अनुसन्धान । गत असोज २९ गते प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापा नेतृत्वमा पोखराबाट विशेषज्ञ टोलीसहितले अनुसन्धान थाल्यो । 

“उहाँहरूले अस्पताल पु¥याएपछि खबर गरेको भए पनि हामीले तत्कालै घटनास्थल सिल ग¥यौँ र खोजी सुरु भयो”, थापा भन्नुहुन्छ, “मृतक भेटिएको ठाउँभन्दा एक सय मिटर टाढाको दूरीमा पाँच सयभन्दा बढी मान्छेको भीड थियो, हत्यामा संलग्नको खोजी चुनौतीपूर्ण थियो ।” 

बाङ्गेचौर खेलमैदान नजिकै नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ‘आइटिएफ तेक्वान्दो खेल भइरहेको थियो । तर बाङ्गेचौरदेखि बागलुङ पोखरा सडकसम्मको पदमार्गको बीचमा फुलमायाको हत्या भएको थियो । प्रहरीका अनुसार हत्या र लुटपाट साँझ ५ देखि ५ः५२ मा भएको हो । एक साता लामो अनुसन्धानपश्चात् प्रहरीले अभियुक्त पक्राउ गरेको छ । घटनास्थलको बाटो भएर हिँडेका केही बालबालिका, धौलागिरि बहिरा आवासीय माविको सिसिटिभी र अनुसन्धानका अन्य विधिहरूले प्रहरीलाई सघाए । 

“फुलमायाको हत्या हुनुपूर्व सोही बाटोमा हिँडेका बालकहरूलाई पहिला पहिचान ग¥यौँ, सोधीखोजीमा उनीहरूले बाटोमा दाह्रीवाला हिँडेको बताएपछि हाम्रो अनुसन्धान दाह्रीमा केन्द्रित भयो”, थापाले भन्नुभयो, “अन्ततः दारी पालेकै प्रकाश योगी पक्राउ परे ।” प्रहरीले बागलुङ नगरपालिका–१ माझीबस्तीकै मृतकका छिमेकी २६ वर्षीया प्रकाश योगीलाई हत्या आरोपमा पक्राउ गरेको छ ।

“प्रविधिको प्रयोगले बाटो वरपरको परिवेश नियाल्यौँ, दाह्री पालेका केहीलाई निगरानीमा राख्यौँ, अभियुक्त घटनास्थलभन्दा केही माथि लामो समय बसेको, नमिल्दा हर्कत गरेको देखेपछि शङ्का गरेका थियौँ”, प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली भन्नुहुन्छ, “दाह्री पालेको र अरू हुलिया खोज्दा फेला परेका प्रकाश नै हत्यामा संलग्न भएको निष्कर्षमा प्रहरी पुगेको छ ।”

अभियुक्तले प्रहरीलाई दिएको बयानअनुसार व्यक्तिगत रिसइवी, आर्थिक अभाव र मदिरापानले लठ्ठिएका कारण हत्या गरेको स्वीकार गरेका छन् । बागलुङ बजारमा मजदुरी गरेर फर्किएकी फुलमायाको बाङ्गेचौरमा गौँडो कुरेर पछाडि लागेर केही तल पुगेपछि हत्या गरेको उनले स्वीकार गरेको ज्ञवालीले बताए । 

अभियुक्त पनि मजदुरी गरेर छाक टार्ने परिवारकै सदस्य हुन् ।  “उसले पहिले फुलमायाकै सल घाँटीमा बेरेको छ, हत्यापछि गहना लुछ्ने, मोबाइल अफ गर्ने र करणी गर्ने काम गरेको स्वीकार गरेको छ”, ज्ञवाली भन्नुहुन्छ, “आर्थिक अवस्थाकै कारण हत्यामा संलग्न भएको हुनुपर्छ, मदिरा र रिसइवीले त्यसमा सघायो ।” प्रहरीसँगको बयानमा अभियुक्तले ३० हजार ऋण तिर्न बाँकी रहेको र उपाय केही नभएकाले गहना लुट्न हत्या गरेको बताएका छन् । छिमेकी भएकाले एउटै धाराको पानी प्रयोग गर्ने, एक वर्षदेखि पानीको महसुल तिर्न नसकेको भन्दै फुलमायाले अभद्र व्यवहार गर्ने गरेको पनि उनले प्रहरीलाई बताएका छन् । 

योगीले फुलमायाले कानमा लगाएका सुनका मुन्द्रा लुटेका थिए । ती मुन्द्रा भने प्रहरीले भेटाएको छैन । हत्यामा संलग्न भएको समयमा अभियुक्तले लगाएका कपडा, चप्पललगायतका प्रमाणहरू जुटेको ज्ञवालीले बताए । मृतक फुलमायाका स–साना तीन छोराछोरी र श्रीमान् छन्। अभियुक्त प्रकाशको घरमा बाबुआमा मात्रै छन् । योगीका विरुद्धमा ज्यान मुद्दा दर्ता गरेर जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending