काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र माओवादी एकअर्कालाई भोट हाल्न गाह्रो नमान्न आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनले काठमाडौंमा गरेको वाग्मती प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले पाँच दलीय गठबन्धनका कार्यकर्ताहरूमा पार्टीगत रूपमा पूर्वाग्रह रहेको र त्यसलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।
उनले भने 'हिजो लडाइँको बेलामा आमनेसामने भएर कांग्रेस र माओवादी लडेका हुनाले पनि भोट एकअर्कालाई दिन गाह्रो हुन्छ भन्ने सोच छ,' विगतमा कांग्रेस नेतृत्व र आफूले एउटै कागजमा हस्ताक्षर गरेर १२ बुँदे समझदारी गरेको बताउँदै उनले भोट एकअर्कालाई हाल्न गाह्रो नमान्न आग्रह गरेका थिए ।
कम्युनिस्ट र कांग्रेस मिल्नु स्वाभाविक भएको भन्दै उनले अबको यात्रा सत्ताका लागि मात्रै नभएको बताए । 'गठबन्धन चुनाव जित्ने र सरकार बनाउनेमा मात्रै होइन,' उनले भने । पर्यटन, विद्युत्, जडिबुटीलगायतका स्रोतको माध्यमबाट मुलुकलाई आर्थिक समृद्धितिर लानुपर्ने उनको भनाइ थियो ।
'अब देशलाई आर्थिक समृद्धिको नयाँ युगतिर लगिनेछ । हामीसँग प्रचुर जडिबुटी छन् । त्यसको प्रशोधन गर्ने र जनताको आर्थिक जीवनमा जीवनमा ठूलो परिवर्तन ल्याउने सम्भावना पनि छ,' उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: