काठमाडौँ । आसन्न मसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तीन राजनीतिक दलले सोमबार घोषणापत्र जारी गर्दैछन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एकैदिन घोषणापत्र जारी गर्न लागेका हुन् ।
माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको जनाएको छ ।
माओवादीले सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे कार्यक्रम गरेर ुप्रतिबद्धतापत्रु सार्वजनिक गर्न लागेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
माओवादीले घोषणापत्र लेख्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत, सचिव साह र लीलामणि पोखरेल, नेता अमृता थापा, विज्ञका रुपमा मीनबहादुर श्रेष्ठ, हरि रोका, जाकिर हुसेन र पर्शुराम रम्तेललगायत थिए ।
एकीकृत समाजवादीले पनि पार्टी केन्द्रीय कार्यालयमा नै घोषणापत्र सार्वजनिक गर्न लागेको छ । एकीकृत समाजवादीले घोषणापत्र लेखनका लागि उपमहासचिव गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय समिति गठन गरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सोमबार नै घोषणापत्र सार्वजनिक गर्दैछ । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार संक्षिप्त घोषणापत्र तयार पारिएको छ ।
राप्रपाले सोमबार ११स्३० बजे काठमाडौं नयाँ बानेश्वरमा रहेको पार्टी प्यालेसमा घोषणापत्र सार्वजनिक कार्यक्रम राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...
मंसिर २४ गते, २०८२ - १४:२६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...
मंसिर २४ गते, २०८२ - १४:१०
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश...
मंसिर २४ गते, २०८२ - १४:०१
पेरिस। सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको ता...
मंसिर २४ गते, २०८२ - १३:४१
पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस...
मंसिर २४ गते, २०८२ - १३:३१
काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’...




प्रतिकृया लेख्नुहोस्: