काठमाडौं । पूर्वप्रधानप्रधामन्त्री डा बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अर्को विकल्प नभएको बताएका छन्।
चुनावी अभियानअन्तर्गत मतदाता भेटघाटका लागि गोरखाको भच्चेक पुगेका डा भट्टराईले मतदातासँगको भेटघाटममा बोल्दै गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना निर्वाचन जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने बताए।
“प्रत्येक मान्छेले सपना देखेको हुन्छ, मेरो पनि गोरखालाई विकासमा नमूना बनाउने एउटा सपना थियो”, उनले भने, “मैले अर्थमन्त्री र प्रधानमन्त्री बन्ने अवसरसमेत पाए, गोरखामा विकास निर्माणका पूर्वाधार सामान्य तयार भएका छन्, केही अधुरा छन्, अब निर्वाचन जितेर गएपछि बाँकी काम उहाँले (प्रचण्ड)ले पूरा गुर्नहुन्छ ।”
पूर्वप्रधानमन्त्री डा भट्टराईले प्रचण्डलाई गोरखाबाट चुनाव लडाउने विषय आफ्नो पहिलेदेखिको चाहना भएका बेला अन्य दल र गोरखाका जनताले चाहेकाले अहिले राम्रो अवसर मिलेको बताए।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा भट्टराईले गोरखामा अधुरा रहेका पूर्वाधार निर्माणको काम आफूले छोडिसकेपछि भताभुङ हुन्छन् कि भन्ने डर भइरहेका बेला सुखद् संयोगका रुपमा प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ हस्तान्तरण गर्न पाउनु आफ्नो लागि ठूलो गर्वको विषय भएको बताए।
उनले आफू सरकार बाहिर बसेर जनता र सरकारबीचको पुलको काम गर्न तयार रहेको बताए। डा भट्टराईले गोरखाले प्रधानमन्त्री र मुख्यमन्त्रीसमेत पाउने बलियो सम्भावना रहेकाले गोरखालाई विकास समृद्धिको मोडल जिल्लाको रुपमा विकास गर्न समस्या नहुनेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: