Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

'केटिले अर्को जन्मदर्ता बनाएको छु' भनेबितिकै शंका लागेर होटल जाने सोच बनाएका थिए सन्दीपले

आफू कुर्सीमा र पीडित भनिएकी किशोरी बेडमा सुतेको सन्दीपको जिकिर

खबरडबली संवाददाता

काठमाडौं । बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको बयान दिएका छन् ।

काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा सन्दीपको उक्त बयान उल्लेख छ । नगरकोटबाट फर्कने क्रममा आफूले होस्टलमै निजलाई छोडिदिने उद्देश्यले होस्टेलको लोकेसन माग्दा निजले होस्टल बन्द भइसक्यो भनेपछि ‘होटल काठमाडौँ इन’ मा फोन गरी कोठा बुक गरिदिएको सन्दीपको भनाइ छ ।

उक्त होटलमा पुगेपछि आफूले निजलाई ‘तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउँछु’ भनेपछि निज गाडीबाट आफ्नो मोबाइल र मास्क लिई गएको र आफू गाडी पार्किङ गर्न गएको सन्दीपले बयानमा उल्लेख गरेका छन् । ‘मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निजले कोठाको चाबी लिई पहिले नै कोठा नम्बर ४०७ मा गएकी रहिछन्, त्यसपछि म त्यही कोठामा गएँ,’ बयानमा सन्दीपले भनेका छन् ।

कोठामा एसी नचलेका कारण निज किशोरीले नै कोठा चेन्ज गर्न आग्रह गरेको र निजले भने अनुसार आफूले होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको सन्दीपको भनाइ छ ।

‘कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागी कुर्चीमा बसेँ भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिइन्,’ बयानमा सन्दीपले भनेका छन्, ‘मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, इट्स ओके भन्दै जवाफ फर्काइन् । मैले यो कुरालाई सामान्य रूपमा लिएर कुर्चीमा बसिरहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्चीमा आई बसेँ ।’

त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको सन्दीपले जनाएका छन् । कुराकानीकै क्रममा निजले आफ्नो बाबुआमाका कारण धेरै दुःख पाएको र घरको आर्थिक स्थितिसमेत राम्रो नरहेको बताएको सन्दीपको भनाइ छ ।

कुराकानी गर्दागर्दै बिहानको करिब ०३ः४५र०४ः०० बजेको सन्दीपले बयानमा भनेका छन् । सोही क्रममा निज किशोरीले आफू अहिले १९ वर्षको भएको र मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमाबुबाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको समेत बताएको सन्दीपको भनाइ छ ।

‘यो कुरा सुन्दा निजमाथि शंका लागि तत्कालै होटल जाने सोच बनाएँ । त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु, म तिमीलाई भोलि बिहान होस्टेलसम्म पु¥याइदिन आउँछु भन्दा निजले तपाई अहिले जाँदा आउँदा एक घण्टा जति लाग्छ, त्यतिबेलासम्म त म पनि जाने बेला हुन्छ, त्यो भन्दा बरु तपाई यही बस्नुस्, हामी यहीँ कुराकानी गरौँला भनी आग्रह गरिन्’ भनेर सन्दीपले बयानमा उल्लेख गरेका छन् ।

सन्दीपले बयानमा भनेका छन्, ‘त्यसपछि मलाई निजले भनेको कुरा पनि ठिक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्योभन्दा बरु अर्को कोठा लिन्छु, म त्यहीँ सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पुर्‍याई दिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन् र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाई बरु यही बस्नुस्, हामी यहीँ बसी अझै केही गफ गरौँला भनी कर गर्न थालिन् ।’

आफू धेरै बेर कुर्चीमा बसेको देख्दा निजले बेडमा आएर बस्नसमेत आग्रह गरेको तर आफूले ‘हैन म यहीँ ठिक छु’ भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्चीमा बसेको र निज बेडमै रहेको सन्दीपको भनाइ छ ।

‘मैले मेरो मोबाईलमा बिहानको ०६ः०० बजे अलार्म लगाई कुराकानी गर्दा गर्दै म कुर्चीमा निदाएँ । बिहान ०६ः०० बजे अलार्म बजेपछि म निद्राबाट ब्युँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ । म फेरि बाथरुममा फ्रेस भई आई निजलाई तिमी ब्रेकफास्टमा केही लिन्छौ भनी सोधेकोमा निजले मलाई तपाईलाई जान ढिलो हुन्छ, बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ०६ः४५ बजेतिर हामी होटलबाट निस्केका थियौँ,’ सन्दीपको भनाइ छ ।

त्यसपछि आफूले निजलाई निजकै होस्टल नजिक छाडेको र सोही साँझ आफूसहित क्रिकेट टिम केन्यातर्फ प्रस्थान गरेको सन्दीपले जनाएका छन् ।

‘केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो । मैले निजलाई म अब आफ्नो काममा व्यस्त हुन्छु, गेममा फोकस गर्नुपर्छ भनेको थिएँ । त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन,’ सन्दीपले बयानमा भनेका छन् ।

भदौ २२ गते आफूले सामाजिक सञ्जालमार्फत एक्कासि निज पीडित भनिएकी किशोरीको दाइले म उपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको थाहा पाएको उनको भनाइ छ ।

‘निजले आफ्नो १९ वर्ष पुगिसकेको र आफ्नो प्रेमीसमेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखेर गीतको माध्यमबाट सहज महसुस गराउने प्रयास समेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानी मात्र गरी बसेका हौँ,’ सन्दीपको बयानमा उल्लेख छ ।रातोपाटी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...

बालसैनिक भर्ती गम्भीर मानव अधिकार उल्लंघन ठहर गर्दै कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending