काठमाडौं । आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ ।
तर त्यस्तो पुलको दुःखको कथा अर्कै छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको जिते कर्णालीमा कर्णाली नदी तर्नका लागि स्थानीयले गरेको वैकल्पिक व्यवस्था यो पुल रहेको छ ।
गत असोज १९ यता लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले उक्त पुल भत्काएको थियो । त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन ।
त्यसपछि स्थानीय नरजङ्ग मल्लको पहलमा काठको भ¥याङ निर्माण गरेर वारपार गर्न मिल्ने गरी वैकल्पिक पुल निर्माण भएको हो ।
बाढीपहिरोले पुलको आधा भागमा लट्ठाबाहेक सबै बगाएको थियो । पुलका लट्ठा मात्र बाँकी रहँदा पनि कसैको ध्यान नगएपछि आफूले नागरिकको सहज यात्राका लागि भ¥याङ भए पनि बनाएर आउजाउ गर्न सहज बनाइदिएको मल्लले बताए ।
उनका अनुसार पुल नहुँदा नागरिक पैदल हिँडेर तिला नदीको पुल हुँदै लालीघाटको पुल तरेर जान बाध्य थिए । कोरिडोर खुलेको खण्डमा जितेको पुलको आवश्यकता हुन्छ तर बाढीले पुलको आधा भाग बगाएकाले आउजाउ गर्न नसक्ने अवस्थाको थियो ।
कात्तिक ४ गते बसेको विपत् व्यवस्थापन समितिको बैठकबाट जितेलगायतका तीनवटा पुलमा मानिस आउजाउ गर्न नसक्ने भएकाले तत्काल कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई मर्मतका लागि पत्राचार गरिएको थियो । यो समाचारगोरखापत्र दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - ०९:४०
काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...
चैत्र १ गते, २०८२ - ०९:३४
चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि ...
चैत्र १ गते, २०८२ - ०९:३१
ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...
चैत्र १ गते, २०८२ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र सम...
चैत्र १ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...
चैत्र १ गते, २०८२ - ०७:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...
चैत्र १ गते, २०८२ - ०७:४५
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...
चैत्र १ गते, २०८२ - ०७:४१
म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...
चैत्र १ गते, २०८२ - ०७:३७
गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कंद...
चैत्र १ गते, २०८२ - ०७:३१
कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ । बजार अनुगमनका ...


प्रतिकृया लेख्नुहोस्: