Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कोदोको ढिडो र सिस्नोको तरकारीको स्वाद पस्कदै गुरुङ घरबास

खबरडबली संवाददाता

नवलपरासी । स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिकस्तर विकासका लागि खोलिएका कतिपय घरबासलाई आधुनिकताले छुँदै गएको छ । 

स्थानीय संस्कृति, रहनसहन र खानाका परिकार छाडेर आवासीय घरमा परिणत भएका त्यस्ता घरबासका लागि नवलपुरको लहापेमा रहेको गुरुङ घरबास सिकाइको केन्द्र बनेको छ । जिल्लाको दुर्गम पहाडी क्षेत्रमा रहेको गुरुङ घरबासले पाहुनालाई स्थानीय परिकारको स्वाद चखाउँदै आएको छ । त्यतिमात्रै होइन, स्थानीय संस्कृति रहनसहन प्रस्तुत गरी पाहुनालाई आकर्षित गर्दै आएको छ । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत बौदीकाली गाउँपालिका–६ लहापेमा पर्ने गुरुङ घरबासले अझै पनि घरबासको मर्मलाई कायम राख्दै आएको छ । पूर्व–पश्चिम राजमार्गको कावासोतीबाट करिब ३० किलोमिटर उत्तरमा पर्ने यस घरबासमा पुग्ने पाहुनाको रोजाइमा कोदोको ढिडो, सिस्नोको तरकारी र तामाको अचार पर्ने गरेको छ । 

घरबासमा आएका पाहुनाको रोजाइमा परेका ती परिकारको स्वाद चखाइरहेका छन् गुरुङ घरबासका सञ्चालक । 

“यहाँ आउने पाहुनाले यहाँको स्थानीय खान के पाइन्छ भन्ने गर्नुहुन्छ, हामीकहाँ कोदोको ढिँडो र सिस्नोको तरकारी मुख्य हो भन्दा उहाँहरू खुसी हुँदै त्यही माग्नुहुन्छ”, घरबास सञ्चालक पवित्रा गुरुङले भने । 

कतिपयका लागि सिस्नोको तरकारी खाएको अनुभवसमेत नहुने हुँदा त्यसको माग गर्ने उहाँले बताए। यससँगै स्थानीयरूपमा उत्पादन गरिएका खाद्यान्न तथा तरकारी, स्थानीय जातका कुखुराका परिकार घरबासमा बस्ने पाहुनालाई प्रदान गर्ने गरिएको बताए ।
 
“हामीले घरबासमा स्थानीयतालाई जोगाउन कोसिस गरिरहेका छौँ, त्यो खानाका परिकारमा मात्रै होइन, मनोरञ्जनका लागि प्रस्तुत गरिने सांस्कृतिक प्रस्तुतिमा समेत ग्रामीण कला, संस्कृति र रहनसहनलाई समेट्ने गरेका छौँ”, सञ्चालक गुरुङले भने। 

 मनोरञ्जनका लागि झाम्रे, कुरुवालगायत लोकगीतसहितका सांस्कृतिक कार्यक्रम पाहुनाका लागि प्रस्तुत गर्ने गरिएको उहाँको भनाइ छ । ती गीतमा स्थानीय विषयवस्तु, जीवनका सुख, दुःखका भोगाइ पर्ने गरेका छन् ।

धौबादी फलाम खानीको उत्तरी सिमाना लहापेमा पर्ने गुरुङ घरबास अग्लो पहाडको काखमा छ । प्राकृतिकरूपमा मनोरम स्थानमा पर्ने गुरुङ घरबास यहाँ रहेका १० घरपरिवार मिलेर विसं २०७३ देखि सञ्चालनमा ल्याएका हुन् । पहाडी क्षेत्रमा पर्ने यहाँको घरबासमा नवलपुरसहित आसपासका जिल्लाबाट समेत पाहुना आउने गरेका छन् । 

मुख्यगरी नवलपुरका राजमार्ग आसपास र चितवनबाट गर्मीको समयमा पाहुना लहापेस्थित घरबासमा आउने गरेका छन् । गर्मी छल्न बजार धेरैजसो यहाँ आउने गरेको गुरुङ घरबासका अध्यक्ष यमबहादुर गुरुङले बताए ।

गर्मी समयमा यहाँको मौसम चिसो हुने हुँदा पाहुनाको आगमन धेरै हुने बताए । गुरुङ घरबासमा आउने आँखै अगाडि लमतन्न परेका अन्नपूर्ण, माछापुच्छ, धवलागिरि हिमशृङ्खलाका दृश्यावलोकन गर्न पाउँदा खुसी व्यक्त गर्ने गरेको अध्यक्ष गुरुङले बताए। 

“यहाँबाट मुख्यगरी विभिन्न हिमाल नजिकै देखिन्छ, यहाँ आउने जो–कोहीको मन हिमशृङ्खलाका दृश्यले तान्ने गर्दछ, पहाडी टाकुरा उस्तै देखिन्छन्”, अध्यक्ष गुरुङले भने, “यसकारण यहाँ आउने पाहुनाले रमाइलो महसुस गर्ने गर्दछन् ।” घरबासमा आएका पाहुना पहाडी पाखामा पैदलयात्राको अनुभवसहित मृग र घोरल अवलोकन गर्न पाउने उनको भनाइ छ । 

वर्षाको समयमा पहिराका कारण बाटो अवरुद्ध हुँदा भने घरबास सुनसानजस्तै हुने गरेको अध्यक्ष गुरुङले बताए। “वर्षामा बाटो छेकिन्छ, बाटोको स्तरोन्नति गरे बाह्रै महिना घरबासमा सहजरूपमा पाहुना आउन सक्थे, यसका लागि सरोकारवालाले पहल गरिदिए हुन्थ्यो”, उनले भने।

दश घरमा घरबास सञ्चालन गरिएको यहाँ २० वटा आवासीय कोठा छन् । एउटा कोठाको रु तीन सय ५० देखि रु चार सयसम्म लिने गरेको घरबास सञ्चालक चमकुमारी गुरुङले बताउनुभयो । घरबास सञ्चालनपछि जीविकोपार्जनमा सहयोग पुगेको उहाँले बताए। 

पहाडी क्षेत्रमा अन्य रोजगकारको अवसर नहुने भए पनि घरबास सञ्चालनपछि आयआर्जनको माध्यम बनेको उनले बताए। यसले घरपरिवारको आर्थिक गर्जो टार्न सहयोग पुग्दै आएको सञ्चालक गुरुङले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजाका रोजाइको प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीको मनमौजी

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...

अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...

मानवीय लापरवाहीबाट डढेलोको जोखिम उच्च

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: