काठमाडौं । सर्वोच्च अदालतले सरकारी कोषबाट सुविधा प्राप्त गर्ने निर्वाचित पदाधिकारीसमेत लाभको पद धारण गर्नेभित्र पर्ने नयाँ व्याख्या गरेको छ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पदमै रहेर भाग लिन पाउनुपर्ने हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका तत्कालीन अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमा सर्वोच्चले स्थानीय तहका निर्वाचित पदाधिकारीको पदलाई लाभको पदको व्याख्या गरेको हो।
प्रतिनिधि सभा निर्वाचनको सम्मुखमा उम्मेदवार हुनेको लाभको पदबारे विवाद भइरहेका बेला सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको हो। अदालतले संविधानको धारा ३०६ को (छ)ले गरेको तलब, भत्ता तथा अन्य कुनै पनि सुविधालाई पारिश्रमिक मान्ने परिभाषा तथा सम्बन्धित निर्वाचन ऐनहरूको व्यवस्थामा टेकेर सो व्याख्या गरेको छ।
न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले स्थानीय तहका बहालवाला पदाधिकारीलाई उम्मेदवारी दिनुपूर्व राजीनामा अनिवार्यसमेत भनेको छ। अदालतले प्रदेश र प्रतिनिधि सभा सदस्यहरूको कार्यकालबारेको विवादलाई समेत सुल्झाउने गरी व्याख्या गरेको छ। जनप्रतिनिधि बहालै रहेर चुनावमा मनोनयन गर्न नमिल्ने सिद्धान्त अदालतले प्रतिपादन गरेको छ।
प्रचलित कानुनले लाभको पद भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा सुविधा पाउने पदलाई मानेको छ तर अदालतले स्थानीय तहका निर्वाचित पदाधिकारीको पदलाई पनि लाभकै पद मान्नुपर्ने व्याख्या गरेको छ। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ८ गते, २०८१ - ०९:३८
काठमाडौं । नेपालीका ठुला चाडपर्व दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ । पछिल्लो एकरडेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपि...
आश्विन ८ गते, २०८१ - ०९:३०
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता समेत बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाण्डू जिल्ला अदालतले आदेश दिए...
आश्विन ८ गते, २०८१ - ०९:१८
महोत्तरी । मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ । सन्तानको दीर्घजी...
आश्विन ८ गते, २०८१ - ०९:१३
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल चीन प्रस्थान गरेका छन्। चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल गए...
आश्विन ८ गते, २०८१ - ०८:३४
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पु...
आश्विन ८ गते, २०८१ - ०८:१४
म्याग्दी । यस वर्षको शरद याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन्। विश्वको सातौं अग्लो धवलागिरि हिमाल म्याग्दीको ध...
आश्विन ८ गते, २०८१ - ०८:१०
काठमाडौं । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले लेबनानमा इजरायली आक्रमणमा मृत्तु हुनेको चार सय ९२ जना पुगेको बताएका छन्। मृतकमध्ये ३५ बालबालि...
आश्विन ८ गते, २०८१ - ०८:००
पर्सा । जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेका सङ्ख्यामा न्यून देखिएको छ। स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा सूचीकृत र अनुमतिप्राप्त गरेका स्वा...
आश्विन ८ गते, २०८१ - ०७:५६
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयु...
आश्विन ८ गते, २०८१ - ०७:५२
काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ। न्यायाधीश कुमार रेग्मीको ए...
प्रतिकृया लेख्नुहोस्: