Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

विद्यार्थी राजनीति, जनयुद्धको मोर्चा र राष्ट्रिय राजनीतिमा खारिएका सुवोध को हुन् ?

जिल्लावासीसँग आत्मीय सम्बन्धका कारण लोकप्रिय छवि

खबरडबली संवाददाता

काठमाडौं ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव सापकोटा 'सुवोध' सत्ता गठबन्धनका साझा उम्मेदवार छन् ।

बाल्यकाल

सुवोधको जन्म वि.सं. २०३७ साल चैत २० गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी वडा नम्बर ४, कुविन्डेमा भएको हो । पिता हरिप्रसाद सापकोटा र माता खिलमाया सापकोटाका माइलो सन्तानका रूपमा सुवोधको जन्म भएको हो । सुवोध हाल बलेफी गाउँपालिका वडा नम्बर २ मा अस्थायी बसोबास गर्दै आएका छन् ।

त्यसो त सुवोध बाल्यकालदेखि नै तीक्ष्ण क्षमताका थिए । उनले सेतीदेवी माध्यमिक विद्यालय कुविण्डे र जुगल बोर्डिङ स्कुल चौताराबाट विद्यालय शिक्षा हाँसिल गरे ।

तर, सुवोधले अध्ययनका क्रममा निकै संघर्ष गर्नुपरेको थियो । जनयुद्ध सुरु भएसँगै माओवादीका केन्द्रीय नेता अग्निप्रसाद सापकोटाको परिवारका एक सदस्य भएकाले पनि तत्कालीन राज्यसत्ताले उनीहरूलाई दिनुसम्म दुःख दियो ।

२०५२ साल माघ २० गते अर्धभूमिगत माओवादी नेताहरूलाई पक्राउ गर्न गाउँमा आएका प्रहरीलाई कुविन्डेका स्थानीयले लखेटेका थिए । त्यसबेला भाग्ने क्रममा एक प्रहरीको मृत्यु भएको थियो । सो घटनापछि सिन्धुपाल्चोकको खासगरी कुविन्डेका हरेक घरमा प्रहरीले खानतलासी गर्न थाल्यो । धरपकड गर्ने र घरै खाली गरेर सबैलाई लाइन लगाएर चौतारास्थित प्रहरी कार्यालयमा लगेर चरम् यातना दिइयो । 

जनताको मुक्ति चाहनेहरूलाई विभिन्न मुद्दा लगाइयो सर्वसाधारण पनि तत्कालीन राज्यसत्ताको आतंकको सिकार बने । कुविण्डे त आतंकित भयो नै सँगसँगै वरपरका गाविसहरूमा पनि राज्य आतंक फैलियो । स्थानीयका अनुसार कुविण्डे र नौविसे वरपर त्यसबेलाको राज्यले चलाएको आतंक अवर्णनीय थियो ।

केन्द्रीय नेता अग्निप्रसाद सापकोटाको परिवारमा यस्तो राज्यआतंक अझ बढी थियो ।

यी र यस्ता चरम यातना सहँदै सुवोधले बाल्यकाल गुजारे भने अध्ययनलाई निरन्तरता दिए । राज्य आतंकका कारण कुविण्डेमा माध्यमिक शिक्षा अध्ययन गरिरहेका सुवोधलगायतलाई विद्यालय जानु र पढ्नु नै कठिन कार्य थियो ।

यसैबीच २०५२ साल फागुनमा महान् जनयुद्ध सुरु भयो । सुवोधले विद्यालय शिक्षा पार गर्दा नगर्दै मुलुकभर जनयुद्धको रापताप परिसकेको थियो । सिन्धुपाल्चोकमा त झन् बढी थियो । नेता अग्निप्रसाद सापकोटालगायत कुविण्डे वरपरका सयौँ नेता-कार्यकर्ता पूर्ण रूपमा भूमिगत भए । त्यसपछि कुविण्डे र त्यो बाटो भएर चौतारा जाने हरेक नागरिक राज्यको निगरानीमा थिए । खानतलासी र धरपकड यति धेरै थियो कि जो कोहिलाई जुनसुकै बेला पक्राउ गरेर थुन्ने वा बेपत्ता बनाउने कार्य भइरहेको थियो । विद्यालय गइरहेका माधव सापकोटा जस्ता युवाहरूलाई हरेक दिन विद्यालय जान सहज थिएन । कुविण्डे र सेतीदेवी पञ्चकन्या माविमा राज्यको सोझो निगरानी थियो ।

राजनीतिक यात्रा

जहाँ दमन त्यहाँ प्रतिरोध भने जस्तै कुविण्डे र सिंगो जिल्लामा राज्य आतंकका कारण जनतामाथि चरम दमन हुन थालेपछि माओवादीका गतिविधिहरू बाक्लिएका थिए । त्यही बेला विद्यालयहरूमा संगठन विस्तारका काम भए ।

बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्केका सापकोटा १३ वर्षकै उमेरमा २०५१ सालमा अखिल (क्रान्तिकारी) बाल इकाई समितिमा संगठित भए । २०५२ साल भदौमा संगठनको सेतीदेवी पञ्चकन्या मावि इकाई समितिमा आबद्ध उनी राज्य दमनलाई चुनौती दिँदै २०५३ सालमा विद्यालय इकाई समिति अध्यक्ष भए ।

२०५४ सालमा क्षेत्रीय समिति सदस्य हुँदै २०५५ सालमा जिल्ला समिति सदस्य, २०५६ साल साउनदेखि जिल्ला उपाध्यक्ष भए । २०५६ साल पुसदेखि २०५८ सम्म अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समिति अध्यक्षको जिम्मेवारी निर्वाह गरे ।

२०५७ साल तत्कालीन पूर्वी पहाडी क्षेत्रीय समन्वय समिति संयोजक रहेका सापकोटा २०५८ असोजमा संगठनको केन्द्रीय समिति सदस्य बने ।

विद्यार्थी राजनीतिकै क्रममा २०५४ असोजमा सुवोधले पार्टी सदस्यता प्राप्त गरेर सेल कमिटीमा संगठित भए । २०५५ सालमा सेल सेक्रेटरी भएर पूर्णकालीन बने । उनी २०५६ साल माघदेखि पूर्ण रूपमा भूमिगत भएर माओवादी आन्दोलनमा सक्रिय रूपमा लागे ।

२०५६ चैतदेखि सिन्धुपाल्चोक र दोलखा संयुक्त जिल्लाअन्तर्गत ५ नं. एरिया समिति सदस्य भएका सापकोटा २०५७ चैतदेखि सिन्धुपाल्चोक र दोलखा विशेष जिल्ला समिति सदस्य बने । २०५८ माघदेखि सिन्धुपाल्चोक र दोलखा जिल्ला सचिवालय समिति सदस्य भएका उनले २०६० जेठदेखि सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरे ।

२०६० भदौदेखि उपक्षेत्रीय ब्यूरो सदस्य भएका सुवोध २०६१ देखि क्षेत्रीय ब्यूरो सदस्य हुँदै २०६३ साउनदेखि पुन:सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीको भूमिकामा फर्किए ।

विद्यार्थी राजनीतिसँगै सुवोध जनमुक्ति सेनामा पनि विशिष्ट भूमिकामा रहे । २०५८ मा तत्कालीन जनमुक्ति सेनामा स्क्वार्ड कमाण्डर बने । २०५९ मा प्लाटुन कमाण्डर बनेका सुवोधले २०५९ मा कम्पनी सहकमिसारको जिम्मेवारी सम्हाले ।

२०६१ चैतमा कम्पनी कमिसार भएका सुवोध २०६२ असारमा ११औँ बटालियन सहकमिसार बने । २०६४ फागुनमा १४औं बटालियन कमिसार बनेका सुवोधले जनयुद्धकालमा कुशल कमाण्डरका रूपमा ठूला युद्ध मोर्चाहरूको नेतृत्व गरे ।

२०६३ वैशाख १० गते सिन्धुपाल्चोक सदरमुकाम चौतारामा माओवादीले गरेको आक्रमणको कमाण्डर सुवोध नै थिए । सो आक्रमणका क्रममा सुवोधलाई गोली लाग्यो । उनी गम्भीर घाइते भए । अन्य दुई आक्रमणमा पनि उनी घाइते भएका थिए ।

सुवोधले २०६३ माघदेखि सिन्धुपाल्चोक जिल्लाअन्तर्गत २ नं क्षेत्रीय समिति ईञ्चार्जको जिम्मेवारी सम्हाले । २०६५ देखि ताम्सालिङ राज्य समिति सचिवालय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला सहसेक्रेटरीको भूमिका निर्वाह गरे ।

उनी २०७१ असार ११ मा सिन्धुपाल्चोक जिल्ला पार्टी अध्यक्ष भए । २०७३ मा पार्टीको केन्द्रीय सदस्य बने । २०७५ जेठ ३ गते पार्टी एकतापछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सहईञ्चार्ज बने ।

उनी २०७८ देखि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सहईञ्चार्ज बने । २०७९ वैशाखदेखि सिन्धुपाल्चोक जिल्ला पार्टी ईञ्चार्ज बने भने २०७९ असारदेखि माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सिन्धुपाल्चोक जिल्ला ईञ्चार्जको रूपमा कार्यरत छन् ।

शिक्षा

त्यसो त सुवोध बाल्यकालदेखि नै तीक्ष्ण क्षमताका थिए । उनले सेतीदेवी माध्यमिक विद्यालय कुविण्डे र जुगल बोर्डिङ स्कुल चौताराबाट विद्यालय शिक्षा हाँसिल गरे । तर, १० वर्षे महान् जनयुद्ध होमिएपछि उनले शिक्षालाई निरन्तरता दिन सकेनन् ।

तर, माओवादी शान्ति प्रक्रियामा आएपछि भने आफ्नो थाति रहेको पढाइलाई निरन्तरता दिए । सेना समायोजनपछि चितवनस्थित क्यान्टोन्मेन्टमा बसेका उनले त्यहीँ रहेको विद्यालयबाट पढाइ अघि बढाए ।

खुला राजनीतिमा आएपछि सुवोधले प्लसटु र राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन पूरा गरे । हाल उनी राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।

परिवार

जनयुद्धकै क्रममा सहयोद्धा देवकुमारी नेपाल 'सन्ध्या'सँग सुवोधको  जनवादी विवाह भएको हो । उनीहरूका एक छोरा (सालीन सापकोटा) छन् । विद्यार्थी राजनीतिमा रहँदा खरो, स्पष्ट र चलाख युवा नेताको छवि बनाएका सुवोध पार्टी केन्द्रको जिम्मेवारीमा रहेपछि बौद्धिक, तार्किक, मिलनसार एवं समन्वयकारी नेताका रूपमा परिचित छन् ।

जहिल्यै जनतासँग

न्यायसंगत अडानमा निर्भिक भएर उभिने उनी पार्टीभित्र, विपक्षी र स्वतन्त्र अस्तित्वमा रहेकाहरूबीच पनि उत्तिकै लोकप्रिय छन् । २०७१ सालको जुरे पहिरो, २०७२ को महाभूकम्प, लिदी पहिरो, नागपुजे, खागदल लगायतकाका जिल्लाका ठूला साना प्राकृतिक विपत्ति, कोभिड २०१९ को समय एवं अन्य अप्ठेरोमा सहजै जनतामाझ पुगेर राहत, उद्धार र उपचारमा सुवोध सक्रिय बनेका थिए ।

जनताका दु:ख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगका लागि आवश्यक समन्वय कार्यमा निरन्तरत सक्रिय रहने उनको व्यवहार छ । जसका कारण उनी जिल्लामा निकै लोकप्रिय छन् ।

सुबोध दुई दशकयता लगातार जिल्लाका जनताका सुखदु:खमा सँगै छन् । सहजै उपलब्ध हुने, सबैको फोन उठाउने, घर आँगनमा पुग्ने, जनताका कुरा सुन्ने, जनताका कामका लागि पहल गर्ने उनको बानीले सुबोधलाई जिल्लाका नागरिकले वर्षौं अघिदेखि आफ्नो प्रिय नेताको रूपमा स्थापित गराएका छन् ।

सुवोध स्थानीय तह निर्वाचन २०७९ को जिल्लाको चुनावी कमाण्डर थिए । केन्द्रीय नेतृत्वसँगको नजिकको सम्बन्ध राख्न सफल उनी सबैका नेताका रूपमा स्थापित छन् ।

युवा नेता माधव सापकोटा २०५२ देखि २०६२ सम्मको महान् जनयुद्धकालमा सुबोध नामले चर्चित थिए । शान्ति सम्झौतापछिको समयमा माधव सापकोटा सुबोधका रूपमा स्थापित उनी राजनीतिक परिवारमा जन्मे हुर्केका र जनयुद्धकालीन राजनीतिक भट्टीबाट खारिएका जोसिला एवं क्षमतावान नेता हुन् ।

उनलाई जिल्लामा माधव सापकोटा भन्दा सुबोध भनेर बोलाउनेको संख्या धेरै छ । जिल्लाका सर्वदलीय बैठक, विभिन्न समन्वय सम्बन्धी कार्यमा उदाहरणीय कार्य गर्न सफल सुबोधले बलेफी करिडोरको ऐतिहासिक बजार जलविरेमा रहेको जलविरे भ्याली क्याम्पस, सञ्चालक समितिको अध्यक्षका रूपमा २०७५ यता अनुकरणीय कार्य गरेका छन् ।

सुबोध जिल्लाको सबै भूगोलले नजिकबाट चिनेको र भूगोलका जनताका बीचमा चिनिएका नेतामा पर्छन् । सबै पालिका, वडा र बस्तीहरूमा पटक–पटक पुगेका नेता उनी सबै उमेर समूहका नागरिका प्रिय छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको २०६३ साल, २०७० साल र २०७४ सालको तीनवटै चुनावमा कमाण्डर एवं आन्तरिक व्यवस्थापन सम्हालेका उनले २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको सिन्धुपाल्चोक क्षेत्र नं १ को कमाण्ड सम्हालेर सफलता हासिल गरे ।

चीन, भारत, दक्षिण कोरिया, जापान, थाइल्याण्डलगायतका देशहरूको भ्रमण गरेका उनी पार्टीको जलस्रोत तथा ऊर्जा विभाग सदस्य भएर काम गरेका छन् । विद्यार्थी जीवनदेखि नै कुशल संगठकका रूपमा चिनिएका सुबोध अहिले संगठन निर्माणमा अझ परिपक्व बनेको पार्टी र उनका समकक्षी मात्र नभएर विपक्षीले समेत स्वीकारेका छन् ।

नयाँ प्रविधिसँग परिचित र बदलिँदो परिवेशबारे प्रशस्त जानकारी एवं विश्लेषण क्षमता राख्ने सुबोधलाई जिल्लामा मात्रै नभएर राष्ट्रिय सञ्चार माध्यमहरूले पनि उत्तिकै पछ्याउने गरेका छन् । उनी रेडियो, टेलिभिजन, अनलाइन पोर्टलहरूमा छाइरहन्छन् । फेसबुक, टिकटक, युट्युब, ट्वीटरलगायतका सामाजिक सञ्जालमा ठूलो संख्याले फलो गरेका सुबोध युवाहरूबीचमा रुचाइएका युवा नेता हुन् ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको सल्लाहकारका रूपमा डेढ वर्षभन्दा बढी समय विशिष्ट श्रेणीको भूमिकामा रहेर कार्य गरेका उनले स्थानीय सरकारको पुनर्निर्माण एवं पुनर्स्थापनामा मन्त्रालयमा बसेर सहयोग गरेका थिए ।

२०७२ सालको भूकम्पबाट सबैभन्दा धेरै मानवीय र भौतिक क्षति व्यहोरेको सिन्धुपाल्चोकको पुनर्निर्माणले गति लिने र समयमा सम्पन्न हुनका लागि सुबोधको भूमिकाको प्रशंसा हुने गरेको छ । संघीयता कार्यान्वयनका क्रममा नवगठित स्थानीय तहका कर्मचारी र निर्वाचितहरूका लागि क्षमता विकास तालिम प्रदान गर्न म्यानुअल, निर्देशिका निर्माणको काममा कुशलता हासिल गरेका सुबोधको सबै निकायसँग समन्वय, समझपूर्ण निर्णय क्षमता, विपक्षीप्रति राजनीतिक संस्कारयुक्त व्यवहारले सर्वत्र प्रिय बनाएको छ ।

सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण खुलाउन एक प्रमुख पहलकर्ताको भूमिका, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकातर्फबाट ऐतिहासिक जुगल आरोहणको टोलीका सदस्यका रूपमा सहभागी सुबोध जिल्लाको पर्यटन विकासको नीतिगत निर्णयदेखि बजेट विनियोजनसम्मका कार्यक्रममा प्रत्यक्ष जोडिएका छन् ।

विकास निर्माण, शैक्षिक सुधार, सीप विकास, स्वरोजगार एवं रोजगारी, सामाजिक सुधारका पक्षमा स्पष्ट भिजनसहित अघि बढेका सुबोध लाभको पदमा नहुँदा समेत उनको योगदान प्रशंसनीय भएको जिल्लाबासी बताउँछन् । विविध सामाजिक कार्यमा सहयोग र समन्वयका लागि ठूलो संख्यामा सम्मान र प्रशंसापत्र प्रदान गरिएका सुबोध सिन्धुबासीका दुःख र अप्ठेरोका साथीका रूपमा बढी चिनिएका छन् । उनी जिल्लाबाट काठमाडौंमा रहेर विभिन्न पेशा एवं व्यवसायमा संलग्न सिन्धुबासीसँग धेरै सम्पर्क र समन्वयमा रहेका नेतामा पर्छन् ।

नेपाली र अंग्रेजी भाषामा पोख्त उनले योजना निर्माणको कुशलता, व्यवस्थित तथा विस्तृत तयारीका साथ सफल कार्यान्वयनमा आफूलाई पटक–पटक पुष्टि गरिसकेका छन् । स्पष्ट अडान र भिजनसहित निर्भिक भएर परिवर्तनकारी राजनीतिक आन्दोलनमा निरन्तर क्रियाशील उनलाई असल, कुशल एवं विश्वसनीय प्रतिनिधिका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरूमा पठाउन सिन्धुपाल्चोकले लामो तयारी गरिसकेको छ । नेता सुबोध यसपटक संघीय संसद, प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट सत्ता गठबन्धनका साझा उमेदवार बनेका छन् ।

उनको उम्मेदवारीसँगै ‘सुबोध भए भोट हाल्छौँ’ भन्ने दशौँ हजार नागरिकको माग सम्बोधन भएको छ । सुबोधको राजनीति र समाजसेवा, जिल्लाबासी अझ निर्वाचन क्षेत्रका बासिन्दासँगको आत्मीय सम्बन्धका कारण उनको लोकप्रियता निकै छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending