Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

मूल्य निर्धारण नगरिँदा किसान सस्तोमा धान बेच्दै

बाढीले धानको बीजवृद्धि खेतीमा क्षति

खबरडबली संवाददाता

कैलाली । कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आपूmलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् ।

कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन् । सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेचिरहेको चित्रबहादुर चौधरीले बताए । 

“मूल्य निर्धारण नभएका कारण हामी सस्तोमा धान बेचिरहेका छौँ”, उनले भने , “धान बेचेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउ र जोताइ खर्च जोहो गर्नुपर्छ । त्यसैले धान दाउने बित्तिकै बेच्नुपर्छ तर सरकारले मूल्य तोकेको छैन ।”

स्थानीय गल्ला व्यापारी तथा धान खरिद गर्ने व्यवसायीले धान प्रतिक्विन्टल रु दुई हजार दुई सयदेखि रु दुई हजार तीन सयसम्ममा खरिद गरिरहेका छन् । सरकारले समर्थन मूल्य नतोकेको र धान राम्रोसँग नसुकेको कारण सुरुआती चरणमा उक्त मूल्यमा धान खरिद गरिरहेको व्यापारी नवीन श्रेष्ठले बताए । 

सरकारले धान सस्तो मूल्यमा बेचेर सकिने बेला समर्थन मूल्य निर्धारण गर्ने भएकाले धान उत्पादनको लागत मूल्यभन्दा सस्तोमा धान बेच्नुपरेको किसानको गुनासो छ । सरकारले अहिलेसम्म कुनै जानकारीसमेत नगराएको र मन्त्रिपरिषद्को निर्णयले धानको समर्थन मूल्य निर्धारण गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा परिपत्रपछि कार्यान्वयन हुने गर्दछ । 

तर अहिलेसम्म कुनै जानकारी नभएको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख एन्जिला बस्नेतले बताए ।

“मूल्य निर्धारण गरिएको छैन, निर्धारण भएपछि हामीले धान खरिद डिपो लगाउने गर्दछौँ”, उनले भने, “अहिले व्यापारीले आ–आफ्नै तरिकाले धान खरिद गरिरहनुभएको छ ।” 

गत वर्ष टीकापुरमा कात्तिक १८ गतेदेखि खाद्य व्यवस्था तथा कम्पनीले मोटा धान प्रतिक्विन्टल रु दुई हजार सात सय ३५ र मध्यम धान रु दुई हजार आठ सय ८५ मा खरिद सुरु गरेको थियो ।
 
बाढीले धानको बीजवृद्धि खेतीमा क्षति

गएको असोजमा कैलालीमा आएको बाढी तथा डुबानले तयारी अवस्थामा रहेको धान बालीमा नोक्सानी भयो । धेरै किसानले खाने बाली तथा बीउ उत्पादनका लागि धानखेती गरेका थिए । बाढी तथा डुबानले खानका लागि लगाएको बालीसँगै बीउ उत्पादनका लागि गरिएको खेतीमा असर गर्दा यस वर्ष बीजवृद्धि खेतीको उत्पादन घट्ने बीउ उत्पादक कृषि सहकारीको भनाइ छ । 

जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि कृषक सहकारी संस्था मुनुवाले यस वर्ष एक सय ८० हेक्टरमा विभिन्न जातका धानको बीजवृद्धि खेती गरेको थियो । बीउका लागि गरिएको खेती रोपेदेखि विभिन्न समयमा खेतको निरीक्षणसँगै उत्पादनको अवस्थामा पुग्ने बेलासम्म धानखेत राम्रै उत्पादन दिने अवस्थामा थियो । बाली तयारी अवस्थामा पुगेका बेला असोजमा दुईपटक आएको वर्षा र बाढीले धानखेतीमा क्षति पु¥याएको सहकारीले जनाएको छ ।

सहकारीको यस वर्ष चार हजार क्विन्टल धानको बीउ सङ्कलन गरी भण्डारण गर्ने योजना थियो । तर बाढी र डुबानका कारण बीजवृद्धिका लागि गरिएको खेतमा नोक्सानी हुँदा धानको बीउको मात्रा घट्ने सहकारीका व्यवस्थापक गोविन्द रावतले बताए । 

“यस वर्ष हामीले बीजवृद्धिका लागि सघाएका क्षेत्रमा समेत उत्पादन घटेको छ । बाढीले डुबेको र ढलेको धान बीउका लागि योग्यसमेत हुँदैन”, उनले भने, “अहिले किसान धान सङ्कलन गर्दैछन् । तर धानको बीउ भने घट्ने निश्चित हो ।”

टीकापुरका नमूना बहुउद्देश्यीय सहकारीले पनि यस वर्ष ८२ बिघा क्षेत्रमा विभिन्न जातको धानको बीजवृद्धि कार्यक्रम गरेको थियो । करिब एक हजार दुई सय क्विन्टल धानको बीउ सङ्कलन गर्ने लक्ष्य राखेको छ । 

तर बाढी तथा डुबानले गर्दा धानको बीजवृद्धिका लागि गरिएको बालीमा नोक्सानी गरेकाले बीउ उत्पादनमा असर पर्ने सहकारीका व्यवस्थापक लीला चौधरीले बताए । 

टीकापुरकै धनसिंहपुर कृषि सहकारीले पनि ६२ बिघा क्षेत्रफलमा बीउ उत्पादनका लागि धानको बीउवृद्धि खेती गरेको थियो । बाढी तथा डुबानले गर्दा धानको बीजवृद्धिका लागि गरिएको १५ बिघा क्षेत्रफल बालीमा नोक्सानी गरेकाले बीउ उत्पादनमा असर पर्ने सहकारीका व्यवस्थापक मुना घर्तीमगरले बताए । 

टीकापुर नगरपालिकामा आठ र जानकीमा तीन सहकारी बीउ उत्पादन सङ्घमा आबद्ध छन् । सहकारीले विभिन्न बालीको बीउ उत्पादन गर्दै आएका छन् भने धानको मात्र यस वर्ष करिब पाँच सय हेक्टरमा बीउ उत्पादनका लागि बिजवृद्धि कार्यक्रम सञ्चालन गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दूध घरायसी प्रयोजनमै खपत गर्न बाध्...

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघ...

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौँ । वाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख दि...

आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिता जारी ग...

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...

रवि-बालेन एकैठाउँमा आउँदा कुलमान पनि जोडिन्छन् ?

प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending