Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बाढीपीडित भन्छन्- ‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

खबरडबली संवाददाता

काठमाडौं । शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् ।

बाढी प्रभावित परिवारले वनहरा–दोदा नदी बाढीपीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउन उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका छन् । कबुलियतनामा हस्ताक्षर गरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माणमा चासो दिने उम्मेदवारलाई मतदान गर्ने सोच यस क्षेत्रका बासिन्दाको रहेको छ । 

“विगतमा मौखिक प्रतिबद्धता जित्ने, हार्ने सबै उम्मेदवारले गरे”, बाढी प्रभावित परिवारका लक्ष्मण रानाले भनृ, “चुनावपछि कोही फर्केनन्, त्यसैले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारलाई कार्यप्रति जिम्मेवार बनाउन कबुलियतनामा तयार गरी हस्ताक्षर गराउने कार्यमा लागेका छौँ ।” 

अहिलेसम्म विभिन्न पार्टीका कार्यकर्ता मत माग्नका लागि घरदैलोमा पुगे पनि उम्मेदवार नपुगेको उनले बताए । 

“उम्मेदवार कबुलियतनामाप्रति सकारात्मक भइ हस्ताक्षर गरेमा मात्रै मत हाल्नका लागि जान्छौँ”, सेन रानाले भने, “उम्मेदवारले यसप्रति उदासिनता देखाए मत हाल्दैनौँ ।”

“दोदा नदीको तटीय क्षेत्रमा अवस्थित बस्तीहरु तिल्की, दुवाहा, आमघाट, दम्मलपट्टी, अग्लीपट्टी, बडवैका र कटान जोगाउनका लागि महाकाली नदीको जस्तै गुरुयोजना बनाइ क्रमगत योजनाअन्तर्गत बलियो ढुङ्गाको तटबन्ध बनाइ कार्य गर्न प्रतिबद्ध छौँ”, बाढीपीडित सङ्घर्ष समितिले उम्मेदवारका लागि तयार गरेको कबुलियतनामामा भनिएको छ, “यो कार्य गर्न नसकेमा तीन वर्षभित्र जनप्रतिनिधि पदबाट राजीनामा दिने छौँ ।”

 बाढी प्रभावित क्षेत्रलाई बाढीजन्य विपद् सङ्कट क्षेत्र मन्त्रिपरिषद्बाट घोषणा गराउनका लागि उम्मेदवारका लागि तयार गरिएको कबुलियतनामामा उल्लेख गरिएको छ । “वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनबिना वनहरा दोदा नदीमा बालुवा उठाउने कार्य बाढी प्रभावित समुदायको सहमतिमा मात्रै गर्न पाउने व्यवस्था लागू गर्न कबुलियतनामामा उल्लेख गरेका छौँ”, सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष मङ्गल चौधरीले भने, “निर्वाचनका बेला मत माग्नका लागि आएझैँ हरेक छ महिनामा विजयी हुने र नहुने उम्मेदवारले जनताका आवश्यकता, गुनासो र समस्या सुन्नका लागि बाढी प्रभावितको बस्तीमा पुग्नुपर्ने छ ।”

उनका अनुसार उम्मेदवारले बजेट विनियोजन गर्दा सङ्कटा सन्न आवश्यकताको आधारमा गरिनुपर्ने छ । युवा स्वरोजगारका लागि रहेक समुदायमा कम्तीमा पाँच जनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनका लागि बैंकसँग समन्वय गरी कर्जा उपलब्ध गराउन प्रतिबद्धता गर्नुपर्नेछ । 

अति विपन्न गरिब थारु समुदायका बेरोजगार युवालाई रोजगारको ग्यारेण्टी गर्नका लागि सीपमूलक तालिमको व्यवस्था गर्नुपर्नेछ । कबुलियतनामा उल्लेख गरिएका कुरा अक्षरसः पालना गर्ने उम्मेदवारले यसपटकको निर्वाचनमा मत पाउने चौधरीको भनाइ रहेको छ । 

किसानलाई सहुलियत पूर्ण तरिकाले रासायनिक मल र प्राविधिक सेवाको सुनिश्चत गरी कृषि उपजको खरिद बिक्रीका लागि मूल्य निर्धारणसहित खरिद बिक्री केन्द्र स्थापना गर्नुपर्ने कुरा कबुलियतनामामा शर्तका रूपमा राखिएको छ । नगरपालिकाको वडा नं १२ बाढीग्रस्त क्षेत्रका रूपमा परिचित रहेको छ । 

गत असोज महिनामा आएको बाढीबाट मात्रै २७ बढी परिवार विस्थापनमा परेका छन । बाढीले नदी तर्ने एकमात्रै झोलुङ्गे पुल भत्काइदिएपछि नदीमा अस्थायी काठको पुल बनाएर आवतजावत गर्दै आएका छन् ।

 बाढीको पानीले भत्काएका सडक अहिलेसम्म मर्मत नहुँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका छन् । बाढीका कारण धान, उखु, सखरखण्ड, मोमफलीलगायतको बालीमा किसानले निकै ठूलो क्षति व्यहोरेका छन् । बाढीले निकै क्षति गरे पनि हालसम्म हालखबर सोध्नका लागि कोही नपुगको बाढीपीडित परिवारको गुनासो रहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending