Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

बाढीपीडित भन्छन्- ‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

खबरडबली संवाददाता

काठमाडौं । शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन् ।

बाढी प्रभावित परिवारले वनहरा–दोदा नदी बाढीपीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउन उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका छन् । कबुलियतनामा हस्ताक्षर गरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माणमा चासो दिने उम्मेदवारलाई मतदान गर्ने सोच यस क्षेत्रका बासिन्दाको रहेको छ । 

“विगतमा मौखिक प्रतिबद्धता जित्ने, हार्ने सबै उम्मेदवारले गरे”, बाढी प्रभावित परिवारका लक्ष्मण रानाले भनृ, “चुनावपछि कोही फर्केनन्, त्यसैले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारलाई कार्यप्रति जिम्मेवार बनाउन कबुलियतनामा तयार गरी हस्ताक्षर गराउने कार्यमा लागेका छौँ ।” 

अहिलेसम्म विभिन्न पार्टीका कार्यकर्ता मत माग्नका लागि घरदैलोमा पुगे पनि उम्मेदवार नपुगेको उनले बताए । 

“उम्मेदवार कबुलियतनामाप्रति सकारात्मक भइ हस्ताक्षर गरेमा मात्रै मत हाल्नका लागि जान्छौँ”, सेन रानाले भने, “उम्मेदवारले यसप्रति उदासिनता देखाए मत हाल्दैनौँ ।”

“दोदा नदीको तटीय क्षेत्रमा अवस्थित बस्तीहरु तिल्की, दुवाहा, आमघाट, दम्मलपट्टी, अग्लीपट्टी, बडवैका र कटान जोगाउनका लागि महाकाली नदीको जस्तै गुरुयोजना बनाइ क्रमगत योजनाअन्तर्गत बलियो ढुङ्गाको तटबन्ध बनाइ कार्य गर्न प्रतिबद्ध छौँ”, बाढीपीडित सङ्घर्ष समितिले उम्मेदवारका लागि तयार गरेको कबुलियतनामामा भनिएको छ, “यो कार्य गर्न नसकेमा तीन वर्षभित्र जनप्रतिनिधि पदबाट राजीनामा दिने छौँ ।”

 बाढी प्रभावित क्षेत्रलाई बाढीजन्य विपद् सङ्कट क्षेत्र मन्त्रिपरिषद्बाट घोषणा गराउनका लागि उम्मेदवारका लागि तयार गरिएको कबुलियतनामामा उल्लेख गरिएको छ । “वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनबिना वनहरा दोदा नदीमा बालुवा उठाउने कार्य बाढी प्रभावित समुदायको सहमतिमा मात्रै गर्न पाउने व्यवस्था लागू गर्न कबुलियतनामामा उल्लेख गरेका छौँ”, सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष मङ्गल चौधरीले भने, “निर्वाचनका बेला मत माग्नका लागि आएझैँ हरेक छ महिनामा विजयी हुने र नहुने उम्मेदवारले जनताका आवश्यकता, गुनासो र समस्या सुन्नका लागि बाढी प्रभावितको बस्तीमा पुग्नुपर्ने छ ।”

उनका अनुसार उम्मेदवारले बजेट विनियोजन गर्दा सङ्कटा सन्न आवश्यकताको आधारमा गरिनुपर्ने छ । युवा स्वरोजगारका लागि रहेक समुदायमा कम्तीमा पाँच जनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनका लागि बैंकसँग समन्वय गरी कर्जा उपलब्ध गराउन प्रतिबद्धता गर्नुपर्नेछ । 

अति विपन्न गरिब थारु समुदायका बेरोजगार युवालाई रोजगारको ग्यारेण्टी गर्नका लागि सीपमूलक तालिमको व्यवस्था गर्नुपर्नेछ । कबुलियतनामा उल्लेख गरिएका कुरा अक्षरसः पालना गर्ने उम्मेदवारले यसपटकको निर्वाचनमा मत पाउने चौधरीको भनाइ रहेको छ । 

किसानलाई सहुलियत पूर्ण तरिकाले रासायनिक मल र प्राविधिक सेवाको सुनिश्चत गरी कृषि उपजको खरिद बिक्रीका लागि मूल्य निर्धारणसहित खरिद बिक्री केन्द्र स्थापना गर्नुपर्ने कुरा कबुलियतनामामा शर्तका रूपमा राखिएको छ । नगरपालिकाको वडा नं १२ बाढीग्रस्त क्षेत्रका रूपमा परिचित रहेको छ । 

गत असोज महिनामा आएको बाढीबाट मात्रै २७ बढी परिवार विस्थापनमा परेका छन । बाढीले नदी तर्ने एकमात्रै झोलुङ्गे पुल भत्काइदिएपछि नदीमा अस्थायी काठको पुल बनाएर आवतजावत गर्दै आएका छन् ।

 बाढीको पानीले भत्काएका सडक अहिलेसम्म मर्मत नहुँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्दै आएका छन् । बाढीका कारण धान, उखु, सखरखण्ड, मोमफलीलगायतको बालीमा किसानले निकै ठूलो क्षति व्यहोरेका छन् । बाढीले निकै क्षति गरे पनि हालसम्म हालखबर सोध्नका लागि कोही नपुगको बाढीपीडित परिवारको गुनासो रहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending