Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

जेलभित्रै क्रिकेट खेल्छन् सन्दीप लामिछाने

खबरडबली संवाददाता

काठमाडौं ।  एक क्रिकेट खेलाडीमा जुनसुकै अवस्थामा पनि बल र ब्याटप्रतिको गज्जबको मोह हुन्छ । जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमा पनि बल र ब्याटप्रतिको मोहमा कुनै कमी आएको छैन ।

उनी अहिले जेलभित्रै पनि क्रिकेट खेल्न थालेका छन् । सुन्धारास्थित भद्र बन्दीगृहभित्र रहेको खेलमैदानमा कैदीबन्दीसँग उनी क्रिकेट खेल्ने गरेका छन् । सन्दीपको यो रुचिमा अन्य कैदीबन्दी र जेल प्रशासनको पनि सहयोग गरेको समाचार आजको नयाँपत्रिका दैनिकले लेखेको छ। 

जिल्ला अदालतको आदेशमा गत १८ कात्तिकमा सन्दीप सुन्धारास्थित कारागार चलान भएका थिए । कारागार स्रोतका अनुसार त्यसको भोलिपल्टै उनले अन्य कैदीबन्दीसँग क्रिकेट खेलेका थिए । जेलभित्र टेनिस बलमा क्रिकेट खेल हुने गरेको छ । सन्दीप पनि टेनिस बलमै खेल्छन् । 

केन्द्रीय कारागारका जेलर ईश्वर पाण्डेका अनुसार भद्र र केन्द्रीय कारागार दुवैमा खेलमैदान छ । ‘त्यहाँ फुटबल, क्रिकेट र टेबुलटेनिसलगायत खेल हुन्छन्,’ उनले भने, ‘वेलावेला आन्तरिक प्रतिस्पर्धासमेत हुने गरेको छ ।’ 

भद्र बन्दीगृहमा करिब एक हजार कैदीबन्दी छन् । सन्दीप रहेको हलमा करिब ६५ जना कैदीबन्दी छन् । जेलभित्र चौकीदारको नेतृत्वमा कैदीबन्दीकै आन्तरिक प्रशासन हुन्छ । सोही प्रशासनले खानेदेखि खेलकुदसम्मका नियम बनाई लागू गर्दछ । जेलभित्र सबैका लागि सेवा–सुविधा समान हुने जेलर पाण्डे बताउँछन् । 

थुनछेक आदेशमा छुट्ने आशामा रहेका उनी थुनामा पठाउने अदालतको आदेशपछि तनावमा छन् । जेलभित्र बिस्तारै उनी घुलमिल हुँदै क्रिकेट खेल्न थालेका हुन् । 

सन्दीपमाथि नाबालिका किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोग छ । ‘प्राप्त प्रमाणहरूको आधारमा यी प्रतिवादी निर्दोष रहेछन् भन्ने मान्न नमिल्ने’ भन्दै जिल्ला अदालतले मुद्दाको किनारा नलाग्दासम्म उनलाई थुनामा पठाउने आदेश दिएको थियो । सन्दीपले भने आफूलाई फसाइएको भन्दै इन्कारी बयान दिँदै आएका छन् । 

होटेलको सिसिटिभी फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवादीको बयान व्यहोराबीच आपसमा तादात्म्यता रहेको तथ्यलाई आधार मानेर अदालतले उनलाई थुनामा पठाएको हो । गत ५ भदौमा पिंगलास्थानको काठमाडौं इन होटेलमा उनी एक किशोरीसँग बसेका थिए । आफू सोफामा सुतेको र युवतीमाथि जबर्जस्ती करणी नगरेको दाबी सन्दीपको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending