काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय अतिक्रमणमा रहेको नेपालको दार्चुलास्थित भूमि नक्सामा समेट्ने विषय केपी शर्मा ओलीले नगरेको बताएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको चुनाव गठबन्धनको दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न तत्कालीन नेकपाको बहुमतले तत्कालीन प्रधानमन्त्री ओलीलाई बाध्य पारेको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तितर्फ इंगित गर्दै दाहालले वास्तविकता अर्कै रहेको दाबी गरे । 'उहाँले नक्साको कुरा गर्नुभएछ । मलाई यहाँ व्याख्या गर्ने समय छैन नत्र सबै पोल खोलिदिन्थे । केपी ओलीले होइन नक्सा बनाएको कोही भ्रममा नपर्नुहोला । म पनि अध्यक्ष थिए । मसिहत नेकपा स्थायी कमिटीको अत्यधिक बहुमतले यो नक्सा बनाउन लगाएको हो । यो नक्सा बनाएको केही समयपछि केपी ओणलीले आत्मसमर्पण गरेका छन्,' दाहालले भने, 'नक्सा बनाउन पार्टीभत्रको अत्यधिक बहुमतले निर्णय गरेपछि केपी ओलीलाई बाध्य पारिएको हो । यो नै सत्य हो र यसलाई संसारको कुनै तागतले झुटो सावित गर्न सक्दैन ।'
नक्सा पारित गर्न भने सबै राजनीतिक दलहरूको भूमिका रहेको उनले बताए । नक्सा संसद्बाट पारित भएपछि भारतसँग वार्ता गर्न भनेको तर ओलीले नमानेको दाहालको भनाइ थियो । 'भारतसँग वार्ता र संवाद गरेर समस्याको स्थायी समाधान गर्नुपर्छ भन्दा कहिल्यै हिम्मत नगर्ने,' उनले भने ।
सीमा विवादलाई ओलीले निर्वाचनमा प्रयोग गर्नका लागि थाती राखेको दाहालको आरोप थियो । 'चुनाव आएपछि राष्ट्रवादका कुरा गर्छन् सत्तामा गएपछि लम्पसार पर्छन् केपी ओली' उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
जेष्ठ २९ गते, २०८३ - १७:०६
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...
जेष्ठ २९ गते, २०८३ - १६:४८
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...
जेष्ठ २९ गते, २०८३ - १६:४१
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्य...
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...



प्रतिकृया लेख्नुहोस्: