Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कोही भ्रममा नपर्नुहोला, नक्सा बनाएको ओलीले होइनः प्रचण्ड

चुनाव आएपछि राष्ट्रवादका कुरा गर्छन् सत्तामा गएपछि लम्पसार पर्छन् ओली

खबरडबली संवाददाता

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय अतिक्रमणमा रहेको नेपालको दार्चुलास्थित भूमि नक्सामा समेट्ने विषय केपी शर्मा ओलीले  नगरेको बताएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको चुनाव गठबन्धनको दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न तत्कालीन नेकपाको बहुमतले तत्कालीन प्रधानमन्त्री ओलीलाई बाध्य पारेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तितर्फ इंगित गर्दै दाहालले वास्तविकता अर्कै रहेको दाबी गरे । 'उहाँले नक्साको कुरा गर्नुभएछ । मलाई यहाँ व्याख्या गर्ने समय छैन नत्र सबै पोल खोलिदिन्थे । केपी ओलीले होइन नक्सा बनाएको कोही भ्रममा नपर्नुहोला । म पनि अध्यक्ष थिए । मसिहत नेकपा स्थायी कमिटीको अत्यधिक बहुमतले यो नक्सा बनाउन लगाएको हो । यो नक्सा बनाएको केही समयपछि केपी ओणलीले आत्मसमर्पण गरेका छन्,' दाहालले भने, 'नक्सा बनाउन पार्टीभत्रको अत्यधिक बहुमतले निर्णय गरेपछि केपी ओलीलाई बाध्य पारिएको हो । यो नै सत्य हो र यसलाई संसारको कुनै तागतले झुटो सावित गर्न सक्दैन ।'

नक्सा पारित गर्न भने सबै राजनीतिक दलहरूको भूमिका रहेको उनले बताए । नक्सा संसद्बाट पारित भएपछि भारतसँग वार्ता गर्न भनेको तर ओलीले नमानेको दाहालको भनाइ थियो । 'भारतसँग वार्ता र संवाद गरेर समस्याको स्थायी समाधान गर्नुपर्छ भन्दा कहिल्यै हिम्मत नगर्ने,' उनले भने ।

सीमा विवादलाई ओलीले निर्वाचनमा प्रयोग गर्नका लागि थाती राखेको दाहालको आरोप थियो । 'चुनाव आएपछि राष्ट्रवादका कुरा गर्छन् सत्तामा गएपछि लम्पसार पर्छन् केपी ओली' उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy