काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको सङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिका साथै संविधानको रक्षाका लागि जनताले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यका प्रदेश समितिद्धारा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले निर्वाचनमा नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिबीच भएको गठबन्धन ऐतिहासिक भएको बताउँदै निर्वाचनपछि सरकार निर्माणमा पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिइने बताए । आसन्न चुनावमा जनसहभागिता बढाउन सञ्चार क्षेत्रको निष्पक्षतामा उहाँले जोड दिए । मन्त्री श्रेष्ठले अद्यावधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै त्यसका लागि यथार्थपरक सूचनाले जनसहभागिता वृद्धि गर्ने बताए ।
सोही सउपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई सत्यतथ्य र निष्पक्ष सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै जनताले प्रकट गरेको जनमतकाबारे यथार्थ तथा तथ्यपूर्ण सूचना उपलब्ध गराउन आफ्नो संस्थाले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । समितिका उपाध्यक्ष रोजिना थापा र महासचिव टेकबहादुर रोकाले निर्वाचनलाई भयरहित र पारदर्शी बनाउन सञ्चार क्षेत्रको निष्पक्ष भूमिकाको खाँचो औँल्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: