Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

‘भाषण गरेर होइन, जनतालाई अनुभूति हुने गरी काम गर्छु’ (अन्तर्वार्ता)

एमालेभन्दा गठबन्धन बलियो भएकाले ढुक्क छु

खबरडबली संवाददाता

प्रतिनिधि सभा निर्वाचनका लागि दाङक्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी रेखा शर्मा घोराही–१८ मसिना निवासीहुन् । वि.सं. २०२६ सालमा जन्मिएकी रेखाले २०४३ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरिन् । 

स्नातक तहसम्म अध्ययन गरेकी उनले अखिल क्रान्तिकारी दाङको जिल्ला उपाध्यक्ष, अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्षहुँदै २०५३ सालदेखि २०५८ सालसम्म अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षरहेर महिला आन्दोलनको नेतृत्व गरिन्। उनले अध्यक्षको आफ्नो पाँच वर्षे कार्यकालमा जिल्लामा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालनगरिन् । जसले गर्दा जनताहरु उनीप्रति निकै सकारात्मक बने । 

दश वर्षे जनयुद्धका बेला तत्कालीन सरकारपक्षबाट चरम यातना भोगेकी रेखा ताप र रापको भट्टीबाट खारिएर निस्किएकी संघर्षशील योद्धा हुन् । २०७० सालको संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनेकी उनी संसद्मा प्रमुख सचेतकको जिम्मेवारी पनि सम्हालेकी थिइन् । 

२०७२ सालमा सामान्य प्रशासन मन्त्री बनेकी उनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य भएर पनि काम गरिन् । संविधान निर्माणका क्रममा स्थानीय तहमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउनमहत्वपूर्ण भूमिका निर्वाह गरेकी उनले२०७४ सालमा पुनः समानुपातिक संसद् बन्न सफल भइन् ।

यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग प्रतिष्पर्धामा उत्रिएकी उनीसँगदुई पटक संसद् र एक पटक मन्त्री भइसकेको अनुभव छ। 

आफू मन्त्री भएका बेला दाङ जिल्लाको विकास निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेकी रेखाले यसपटकको निर्वाचन जित्नेविश्वास व्यक्त गरिन् । आफूले जनताको मन जित्ने काम गरेकाले जनताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गर्छिन् । उनै शर्मासँग गरेको कुराकानीः 

घरदैलो अभियानमा कत्तिको लाग्नुभएको छ ?

निर्वाचनको समय नजिकिदै छ । त्यसैले मतदाताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छौं । विहानदेखि राति अबेरसम्म पनि हामी जनताको घरदैलोमा व्यस्त छौं । स–साना सभा, भेटघाट र अन्तरक्रियाहरु पनि गरिरहेका छौं । 

आम मतदाताहरुबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

आम मतदाताहरु गठबन्धनप्रति सकारात्मक हुनुहुन्छ । उहाँहरु हामीलाई जिताउन आतुर हुनुहुन्छ । जितेपछि पनि जनताको घरदैलोमा पुनः फर्केर आउन उहाँहरुको आग्रह छ ।

जितेर नहराउनू, फर्केर गाउँमा आई विकास निर्माणका काम गर्नू भन्ने उहाँहरुको सुझाव छ । हामी उहाँहरुको सुझावलाई आत्मसाथ गर्दै अगाडि बढेका छौं । विगत उम्मेदवारहरुले गरेका केही गल्तीहरुलाई हामीले नदोहो¥याउने प्रण गर्दछौं । 

मतदाताले रेखा शर्मालाई नै भोट किन दिने ?

पहिलो कुरा त गठबन्धन स्वतः बलियो छ । यहाँ नेकपा एमाले प्रतिपक्षी छ भने त्यसको तुलनामा गठबन्धनको बलियो पकड रहेको छ । त्यस्तै मलाई नै भोट दिनुपर्ने अर्काे कारण भनेको मैले विगतमा यहाँका जनताका लागि गरेका राम्रा कामहरु पनि हुन् ।

त्यस्तै गणतन्त्र प्राप्तीको आन्दोलन, संविधान निर्माण, कानुन निर्माणका क्रममा मैले निर्वाह गरेका भूमिकाले पनि जनतामा सकारात्मक प्रभाव छ । त्यसैगरी जनताले मसँग सहज महशुस गर्नुभएको छ । उहाँहरुलाई मसँग कुरा गर्न, समस्याहरु राख्न सहज अनुभूत गरिरहनु भएको छ । 

घरदैलो अभियानमा के कस्ता एजेण्डाहरु लिएर जानुभएको छ ?

हाम्रो मुख्य एजेण्डा भनेकै संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास समृद्धि रहेका छन् । जुन उद्देश्यले गठबन्धन बनेको थियो, गठबन्धनको एजेण्डा नै हाम्रो एजेण्डा हो ।

जनताको घर दैलोमा हामीले गठबन्धनकै उद्देश्यलाई पस्किएका छौं । त्यस्तै यहाँ भइरहेका विकास निर्माणका संरचनाहरुलाई व्यवस्थित गर्ने, केही नयाँ आयोजनाहरु थप गर्ने, जनताको दैनिक जीवनमा आईपर्ने समस्याहरु सम्बोधन गर्नेबारे योजनाहरु अघि सारेका छौं ।

मैले चर्को भाषण, चुनावी आश्वासन बाँड्ने गरेको छैन । जनताले अनुभूत हुने गरी काम गर्छु, चुनावअघि ठूल्ठूला आश्वासन बाँड्ने र चुनावपछि फर्केर नआउने गर्दिनँ ।

आम मतदाताहरुलाई के अपिल गर्न चाहनुहुन्छ ?

नेपालमा भएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्रको रक्षाका निम्ति र राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिको मोमेन्ट अगाडि बढाउनका लागि गठबन्धनलाई मत दिनुहुन जनतासमक्ष अपिल गर्दछु ।

त्यसतै हामी सबैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाई देशमा अस्थिरता ल्याउने खोज्नेहरुलाई परास्त गर्नका निम्ति पनि गठबन्धनको जीत आवश्यक रहेकाले यसको जनताको साथ महत्वपूर्ण छ । त्यसैले जनताले हिजोको संघर्षका बेलामा साथ दिनुभएको थियो । भोलिको उज्यालो भविष्यका लागि पनि हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्, नयाँ के ल्याउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending