Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

एमाले-राप्रपा गठबन्धनले झापा ५ ओलीलाई ढुुक्क, पुरानै प्रतिस्पर्धी मैदानमा

खबरडबली संवाददाता

झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा  (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन् । 

विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो । उनले कांग्रेस उम्मेदवार अधिकारीलाई २८ हजार आठ सय ४२ मतान्तरले पराजित गरेका थिए । सो निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो भने यस पटक उसलाई अन्य दलको साथ छ । 

ओलीले २०७४ सालमा ५७ हजार एक सय ३९ तथा अधिकारीले २८ हजार दुई सय ९७ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा पनि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन थियो । यसपटक पनि उक्त साथ कायमै छ । झापा क्षेत्र नं ५ मा स्वतन्त्रसहित २५ जनाको उम्मेदवारी परेको छ ।  

उम्मेदवार तथा दलका प्रतिनिधि मतदातालाई रिझाउन घरघरमा गइरहेका छन् । संविधानसभाको पहिलो निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन्। उनको झापा आगमन र घरदैलो कार्यक्रम बाक्लिएको छ । 

विसं २०४८ यता ओलीले यो निर्वाचन क्षेत्रमा छुट्टै विरासत कायम गर्नुभएको छ । विसं २०६४ को संविधानसभाको निर्वाचनमा भने उनीनेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वदीप लिङ्देनसित पराजित भएका थिए । 

झापा–५ मा गत स्थानीय तहमा कमल र गौरीगञ्ज गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको थियो । एमालेले गौरादह नगरपालिकामा मात्रै जितेको थियो । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार यहाँ एमाले विगतको तुलनामा कमजोर आँकलन गरिएको छ । तथापि स्थानीय तहको जस्तो निर्वाचन नभएर आमचुनाव भएकाले त्यसले खासै असर नपार्ने विश्लेक बताउँछन् ।  

वडागत रुपमा भने एमाले बलियो छ । क्षेत्र नम्बर ५ भित्र पर्ने चार पालिकामा २९ वडा छन् । गौरादह नगरपालिकाको वडा नम्बर एकदेखि सातसम्म एमालेले चार वटामा जितेको थियो । कांग्रेसले दुई वडामा तथा एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । 

गौरीगञ्ज गाँउपालिकामा पर्ने चार वडा वडा ९३, ४, ५ र ६० मध्ये तीनमा एमालेले जितेको थियो । दमक नगरपालिकाका–१० वडामध्ये सातमा एमाले तथा दुईमा कांग्रेस र एउटामा राप्रपा विजयी भएको थियो । 

यस्तै एमालेले कमल गाउँपालिकामा ३, ४, ६ र ७ मा  वडाध्यक्ष जितेको थियो भने कांग्रेसले १, माओवादी केन्द्रले एउटा तथा एकीकृत समाजवादीले एउटामा जितेको थियो ।  स्थानीय तहमा एमालेले वडागत मत ४१ हजार छ सय १९ पाएको छ भने कांग्रेसले २२ हजार, माओवादीे केन्द्रले १० हजार सात सय ८८ र राप्रपाले आठ हजार तीन सय ५९ तथा एकीकृत समाजवादीले एक हजार नौ सय ८८ मत पाएको छ । 

सो क्षेत्रमा राप्रपालाई जोड्ने हो भने एमाले–राप्रपा गठबन्धनले प्राप्त गरेको मत ४९ हजार नौ सय ७८ छ । सत्ता गठबन्धनको मत ३४ हजार सात सय ७६ छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता छन् । यहाँ एक लाख ५४ हजार दुई सय ८९ मतदाता छन् । दुई अन्य, पुरुष मतदाता ७६ हजार ६७ र महिला मतदाता ७८ हजार दुई सय २० छ । 

यस निर्वाचन क्षेत्रमा मतदानस्थल ६१ तथा मतदान केन्द्र एक सय ७६ कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। 

यो क्षेत्र एमाले अध्यक्ष ओलीका कारण लामो समयदेखि केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित भएको छ । त्यसैले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं ५ मा चर्चामा छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending