अछाम । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीको बयलगाडा प्रवृत्तिविरुद्ध वाम लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन्।
बयलगाडा प्रवृतिले दुई पटक संविधान विघटन गरेर देशलाई प्रतिगमनतिर धकलेपछि शान्ति प्रक्रियाका मुख्य नेताहरूले तथा पार्टीले देशलाई अग्रगमनतिर लैजान एक भएको श्रेष्ठले बताए।
शनिबार अछामको कमलबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रतिगमनविरुद्ध लड्ने क्रममा गठबन्धन जन्मिएको बताउँदै श्रेष्ठले चुनावपछि सातवटै प्रदेश र संघीय सरकार बनेर विकास र समृद्धि बाटोमा देशलाई अघि बढाउने बताए।
श्रेष्ठले अब बन्ने गठबन्धन सरकारले शान्ति प्रक्रियाका बाँकी कामको टुङ्गो बताउँदै द्वन्द्वपीडितलाई न्याय दिने बताए। त्यस्तै गठबन्धन सरकारले कमलबजारको विमानस्थल सञ्चालनमा ल्याउने बताए।
सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले गठबन्धनले जितिसकेको र घोषणा हुन बाँकी रहेको बताए। नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दुई तिहाइ नजिकको सरकार बनेपछि बाँदरलाई दौरा सुरुवाल लगाएजस्तै खसखस भएर दुई पटक संविधान विघटन गरेको बताए। उनले सूर्य चिन्ह च्यातेर राजेन्द्र र कमल थापालाई दिएको बताए।
सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशको आवश्यकताले गठबन्धन बनेको बताए। प्राप्त राजनीतिक उपलब्धिको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै महरले संविधान र लोकतन्त्रको रक्षाको लागि भीम रावलले पनि गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: