गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन कायम रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहने दाबी गएको छन् ।
गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शान्ति सम्झौताको मुख्य सम्झौताकर्ता कांग्रेस र माओवादी नै भएकाले अब शान्ति, संविधानको रक्षा र आर्थिक क्रान्तिका लागि पनि अहिलेको गठबन्धन नै प्रमुख आवश्यकता रहेको बताए ।
“जबसम्म शान्ति र संविधान खतरामा पर्छ त्यति बेलासम्म यो गठबन्धन कायम हुन्छ”, उनले भने “पाँच वर्ष मात्र होइन, १५ वर्षसम्म पनि गठबन्धन कायम रहन सक्छ।”
उनले कांग्रेस र माओवादी मिलेर देशमा शान्ति र संविधान सम्भव भएको भन्दै अब आर्थिक क्रान्ति पनि माओवादी र कांग्रेसकै नेतृत्वमा बनेको गठबन्धनले गर्ने बताए ।
“१० वर्षे जनयुद्ध लम्बिदै जाँदा दुबै पक्षको हारजितको अवस्था हुने स्थिती थिएन,” उनले भने, “बृहत शान्ति सम्झौता नगरेको भए देशको सार्वभौमसत्ता खतरामा पर्नेथियो त्यसलाई बुझेर कांग्रेस र माओवादी मिलेर शान्ती सम्झौता गरेका हौँ ।”
उनले शान्ति सम्झौता नगरेको भए देशमा हजारौं मानिसको ज्यान जानसक्ने र विदेशी सेना प्रवेश गर्नसक्ने खतरा देखिएकाले देशको हित र रक्षाका लागि गरिएको शान्ति सम्झौताले देश अहिलेको अवस्थामा आइपुगेको दाबी गरे ।
गोरखामा कृषिमा आधुनिकरण र व्यावसायिकीकरण गर्न सकिने, पर्यटकीय क्षेत्र, औद्योगिक क्षेत्रका रुपमा विकास गर्न सकिने भन्दै गोरखाबाटआर्थिक समृद्धिको अभियान थालनी गर्न सकिने प्रचुर सम्भावना रहेको उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १७:०६
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...
मंसिर २६ गते, २०८२ - १७:०२
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...
मंसिर २६ गते, २०८२ - १६:५०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...
मंसिर २६ गते, २०८२ - १६:३६
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...
मंसिर २६ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...
मंसिर २६ गते, २०८२ - १५:४५
अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ
मंसिर २६ गते, २०८२ - १५:३३
डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...
मंसिर २६ गते, २०८२ - १५:२५
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...
मंसिर २६ गते, २०८२ - १५:१६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...
मंसिर २६ गते, २०८२ - १४:५७
काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...




प्रतिकृया लेख्नुहोस्: