Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

बागलुङ १ : गठबन्धनको सहारामा पाठकलाई हराउने योजनामा केसी

खबरडबली संवाददाता

बागलुङ । बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाको निर्वाचनमा एउटा नयाँ रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन पछिल्लो समय पेचिलो बन्दै गएको बताइएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा आएपछि यहाँको निर्वाचनलाई रोचक र पृथक ढङ्गले हेरिएको छ । 

केसीले आफू गठबन्धनको सुधत्रार रहेको बताउँदै निर्वाचनमा होमिँदै गर्दा नेकपा एमालेका युवा नेता डा सूर्य पाठकले केसीलाई चुनौती दिँदै आएको छन् । आफ्नो जनआधार रहको क्षेत्र मान्दै आएको राष्ट्रिय जनमोर्चाले गठबन्धनको सहारामा पठाकलाई पछि पार्ने योजनामा छ । तर पाठक पनि पछिल्लो समय एमालेको राष्ट्रिय राजनीतिमा जोडिएकाले उनलाई पनि कमजोर उम्मेदवारका रुपमा आँकलन गर्न नमिल्ने विश्लेषकहरु बताउँछन् । केसीलाई पछि पार्दै संसद्मा दोहोरिने दाउमा हुनुहुन्छ पाठक ।
 
निर्वतमान सांसद रहनुभएका डा पाठकले पछिल्लो समय संसद्मा उठाएका आवाजहरुले आफूलाई मतदाताले रोजेको बताउछन् । पाठकले कालीगण्डकी दोहोन, मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको ढिलासुस्तीसहित बागलुङका समस्याहरु तत्कालै संसद्मा उठाएका कारण युवा माझ लोकप्रिय बनाएको छ । 

उहाँले आफूलाई युवा मतदाताहरुको साथ रहेको दाबी गर्नुहुन्छ । आफूले यस क्षेत्रमा सांसद विजयी भएपछि जिल्ला नछोडेको र जनताका समस्याहरु बुझ्न सकेको भन्दै आगामी पाँच वर्षका लागि पनि आफ्ना सामु धेरै योजना रहेको र त्यसैका लागि आफूले यो कार्यकाल पनि यहाँका मतदाताको आस गरेको उहाँको दाबी छ । 

उता राजमोको आधार क्षेत्रमा गठबन्धनको दरिलोसाथ पाएका कारण सजिलै चुनाव जित्ने केसीको पनि दाबी रहेको छ । “स्थानीय निर्वाचनसँग अहिलेको निर्वाचनको अङ्क गणित नमिल्ने र अहिलेको निर्वाचनमा राष्ट्रिय विषयमा जनताको आवाज संसद्मा लैजाने र बागलुङका विकासको आधार खडा गर्ने पक्षमा जनमत प्राप्त हुने पाठकको भनाइ छ । 

अघिल्लो सांसदको कार्यकालमा आफूले खेलेको संसदीय भूमिका र बागलुङको विकास निर्माणसँग आफू प्रत्यक्ष जोडिएका कारण आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको पाठकको दाबी रहेको छ । यस्तै केसी पनि गठबन्धनको बलियो जगमा चुनावी मैदानमा उत्रिएको र आफ्नो पक्षमा नै जनमत रहेको दाबी गर्नुहुन्छ । राष्ट्रियस्तरका नेताको रुपमा परिचित चित्रबहादुर केसीलाई जसरी पनि विजयी गराउनुपर्ने सत्ता गठबन्धनका दलका बाीचमा दबाब छ । 

पाँच दलीय गठबन्धनको मतभार आफ्ना प्रतिस्पर्धीको भन्दा धेरै बढी भएका कारण आफूले यसपटकको निर्वाचन सजिलै जित्ने केसीको भनाइ छ । “पहिलो कुरात बागलुङ जनमोर्चाको आधार भएको स्थान हो, त्यसमध्ये कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको भोट थपिदा मैले फराकिलो मतान्तरले निर्वाचन जित्ने छु”, केसीले भन्नुभयो, “यो निर्वाचन संविधानको रक्षा गर्ने र संविधान मास्नेबीचको प्रतिस्पर्धा हो योे, यसपटकको निर्वाचनमा प्रतिगमनकारीहरुलाई जनताले चिनाइ दिनेछन् ।”

गठबन्धनको मतभार धेरै भएको यस क्षेत्रमा नेकपा एमालले विभिन्न योजना लिएर गठबन्धका उम्मेदवारभन्दा आफू अब्बल हुने धेरै प्रयत्न गरेको छ । नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको अवस्थामा युवालाई जिताउनुपर्छ भन्दै प्रचारमा जुटेको छ एमाले । सत्ता गठबन्धनको तालमेलले मात्रै यस क्षेत्रबाट निर्वाचन जित्न सकस हुने र जनमोर्चा बाहेकका अरु दलहरुको सबै मत केसीलाई नआउने पाठकको दाबी छ भने उता केसीले गठबन्धनको पूर्ण कार्यान्वयन गर्दा आफूले सजिलै चुनाव जित्ने बताउछन् । 

विसं २०५६ र विसं २०६४ को पहिलो संविधानसभा चुनावमा भारी मतका साथ विजयी भएका केसी विसं २०७० को चुनावमा समानुपातिक सांसद बनेको थिए । २०७४ मा पाठकले वाम गठबन्धनको बलमा ३३ हजार छ सय ५७ मत ल्याई विजय हासिल गरेको थिए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चम्पादेवी खड्काले २० हजार छ सय १६ मत प्राप्त गरेको थिए। त्यतिबेला पाठकलाई माओवादीको मत थियो भने अहिले त्यो मत केसीको गठबन्धनमा आबद्ध भएको बताइन्छ । 

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत दुई नगरपालिका र दुई  गाउँपालिका गरी चार स्थानीय तह पर्छन् । जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, वरेङ गाउँपालिका र काठेखोला गाउँपालिका समेटिएका छन् । स्थानीय तहमा बागलुङ नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले जितेको छ भने जैमिनी नगरपालिका प्रमुख जनमोर्चाले र उपप्रमुख कांग्रेसले जितेको छ । यस्तै काठेखोला गाउँपालिका प्रमुख कांग्रेस र उपप्रमुख जनमोर्चाले जितेको छ । भने वरेङ गाउँपालिका प्रमुख जनमोर्चा र उपप्रमुख कांग्रेसले जितेको छ । 

केसी र पाठकबाहेक राप्रपाका लक्ष्मीप्रसाद सापकोटा, कांग्रेस बीपीका शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्री पनि यस क्षेत्रको चुनावी मैदानमा छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

समानुपातिकतर्फ राप्रपाले पार गर्‍यो ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ भारी मतान्तरले विजयी, कांग्रेस उम्मेदवार खत्री दोस्रो

गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...

इलाम–१ मा कांग्रेसका निस्कल राई विजयी, त्रिपक्षीय प्रतिस्पर्धामा नेम्वाङ दोस्रो

काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...

धनुषा–१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेजीबारे सर्वोच्चको कारण देखाऊ आदेश, मतपरिणाम अझै स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...

ओखलढुंगामा हराएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए, अब के होला ?

काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...

झापामा गौरादह मेयर छत्रपति सुवेदीमाथि हातपात, आरोपी पक्राउ

विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...

राष्ट्रिय सभाका निर्वाचित सांसदले गरे शपथ ग्रहण

काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...

धनुषा–१ मा किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख कटायो

काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE