Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

चुनावी 'इपिसेन्ट' गोरखा, भारी मतसहित प्रचण्डको जित सुनिश्चित !

प्रचण्डसँगै गोरखामा विकास भित्रने गोरखाली नागरिकमा अपेक्षा

खबरडबली संवाददाता

गोरखा । गोरखामा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी निकै बढेको छ । बजारका चोक, गल्ली, गाउँघरका चौतारा, चिया पसलमा जताजतै चुनावकै विषयमा चर्चा परिचर्चा हुने गरेको छ ।

मानिसहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा आउनुको कारणबारे जिज्ञासा राखिरहेका छन् । २२ वर्षको कलकलाउँदो उमेरमा गोरखा आएर शिक्षण गरेका र निल परेको विद्यालयलाइ प्रथम श्रेणी सहितको उत्कृष्ट विद्यालय निर्माण गरेका प्रचण्डले गोरखामा नै बसेर राजनैतिक यात्रा तय गरेका थिए ।

प्रचण्डले पञ्चायतविरोधी आन्दोलन गोरखा बसेर नै गरे । जनक्रान्ति र गणतन्त्रको सुरुवात गोरखामा नै हेडक्वाटर खडा गरेको उनले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

प्रचण्ड सधैँ राजनीतिमा सक्रिय रहँदै नेपालमा फरक फरक नीति तथा सिद्धान्तको प्रयोग समेत गर्दै आएका छन् । उनले यसपटक गोरखाबाट आर्थिक समृद्धिको यात्रा तय गर्ने बताएका छन् । 

हालसम्म गोरखाका १०४ वटा सभामा सम्बोधन गरिसकेका प्रचण्डले पटक-पटक एउटै कुरा दोहोर्‍याएका छन् । कानुनी हिसाबले उनी गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले आफूलाई एउटा निर्वाचन क्षेत्रका भन्दा पनि गोरखाको उम्मेदवार भनिरहेका छन् ।

नेपाललाई लगानीको गन्तव्य बनाउने र सबैलाई यहीँ भविष्य निर्माणको वातावरण बनाउन प्रचण्ड लागिपरेको देखिन्छ । स्पष्ट स्वभावका प्रचण्डमा कुनै जालझेल, षड्यन्त्र र अस्प्षटता देखिँदैन ।

बिहान ६ बजेदेखि राति १० बजेसम्म उनी जनताहरूसँगको भेटघाट, सभा, सम्मेलन, विकास निर्माणका छलफलमा सहभागी छन् । उनले गोरखामा विद्यार्थी, युवाहरू, शिक्षक, विभिन्न जनवर्गीय र जातीय संघ, संगठनहरू, व्यवसायी, उद्योग वाणिज्य संघका व्यवसायी, शहीद बेपत्ता परिवार सबैसँग भेटघाट गरेका छन् । जान नभ्याएका कतिपय स्थानमा निर्वाचनपछि आउने वचन दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गोरखामा विकास भित्रिने गोरखाली नागरिकहरूमा अपेक्षा छ । समाजवादको यात्रामा रहेका प्रचण्ड यसअघि रोल्पा, काठमाडौं, सिराहा, चितवनबाट निर्वाचन लडेका थिए । 

जतिवटा निर्वाचन भयो उनले त्यति नै पटक फरक स्थानबाट चुनावमा भाग लिँदै र विजयी हुँदै आएका छन् । देश निर्माणको सपना बोकेर अगाडि बढेका प्रचण्ड विकासमा नेपालको मौलिक मोडल तय गर्न विभिन्न भूगोलमा जाने गरेका उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

प्रचण्डलाइ रेकर्ड राख्ने गरी मत दिएर विजयी गराउने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवँ गोरखा क्षेत्र नम्बर दुइ (ख)  का उम्मदवार सुरेन्द्रराज पाण्डे बताउँछन् । प्रचण्डले सार्वजनिक कार्यक्रममा र अघिपछि पनि भनेका छन्, राणा शासन, पञ्चायती व्यवस्था हटाउन र देशमा गणतन्त्र ल्याउन कांग्रेस र कम्युनिष्टहरूको एकताले नै काम गरेको छ । 

यसपटक आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन यो गठबन्धन पूर्ण सफल हुने उनले प्रष्ट गरेका छन् । यो निर्वाचनले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नेसपा, राष्ट्रिय जनमोर्चाको गठबन्धनले बहुमत ल्याउने उनले बताएका छन् ।

प्रचण्ड एकदुई जनाको लागि भन्दा पनि देशका सबै नागरिकहरू र समग्र देशको अवस्था परिवर्तनका लागि अहोरात्र खटेका छन् । उनले २०३३ साल देखि देशको परिवर्तनको लागि गोरखालाई केन्द्र बनाएर काम गर्दै आएका छन् । देश र जनताको परिवर्तन र मुक्तिका लागि निरन्तर संघर्ष गर्ने प्रचण्ड देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन लागि परेका छन् ।

गोरखामा अन्य पार्टीहरू राप्रपा, राप्रपा नेपाल, नेकपा एमालेलगायतका केही स्वतन्त्र नागरिकहरू पनि गाउँ गाउँमा मत माग्दै कार्यक्रम गरिरहेका छन् । उनीहरूले अधिकांश समय परिवर्तनका विरुद्धमा, शान्तिका विरुद्धमा प्रचार गरिरहेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending