Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

चुनावी 'इपिसेन्ट' गोरखा, भारी मतसहित प्रचण्डको जित सुनिश्चित !

प्रचण्डसँगै गोरखामा विकास भित्रने गोरखाली नागरिकमा अपेक्षा

खबरडबली संवाददाता

गोरखा । गोरखामा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी निकै बढेको छ । बजारका चोक, गल्ली, गाउँघरका चौतारा, चिया पसलमा जताजतै चुनावकै विषयमा चर्चा परिचर्चा हुने गरेको छ ।

मानिसहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा आउनुको कारणबारे जिज्ञासा राखिरहेका छन् । २२ वर्षको कलकलाउँदो उमेरमा गोरखा आएर शिक्षण गरेका र निल परेको विद्यालयलाइ प्रथम श्रेणी सहितको उत्कृष्ट विद्यालय निर्माण गरेका प्रचण्डले गोरखामा नै बसेर राजनैतिक यात्रा तय गरेका थिए ।

प्रचण्डले पञ्चायतविरोधी आन्दोलन गोरखा बसेर नै गरे । जनक्रान्ति र गणतन्त्रको सुरुवात गोरखामा नै हेडक्वाटर खडा गरेको उनले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

प्रचण्ड सधैँ राजनीतिमा सक्रिय रहँदै नेपालमा फरक फरक नीति तथा सिद्धान्तको प्रयोग समेत गर्दै आएका छन् । उनले यसपटक गोरखाबाट आर्थिक समृद्धिको यात्रा तय गर्ने बताएका छन् । 

हालसम्म गोरखाका १०४ वटा सभामा सम्बोधन गरिसकेका प्रचण्डले पटक-पटक एउटै कुरा दोहोर्‍याएका छन् । कानुनी हिसाबले उनी गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले आफूलाई एउटा निर्वाचन क्षेत्रका भन्दा पनि गोरखाको उम्मेदवार भनिरहेका छन् ।

नेपाललाई लगानीको गन्तव्य बनाउने र सबैलाई यहीँ भविष्य निर्माणको वातावरण बनाउन प्रचण्ड लागिपरेको देखिन्छ । स्पष्ट स्वभावका प्रचण्डमा कुनै जालझेल, षड्यन्त्र र अस्प्षटता देखिँदैन ।

बिहान ६ बजेदेखि राति १० बजेसम्म उनी जनताहरूसँगको भेटघाट, सभा, सम्मेलन, विकास निर्माणका छलफलमा सहभागी छन् । उनले गोरखामा विद्यार्थी, युवाहरू, शिक्षक, विभिन्न जनवर्गीय र जातीय संघ, संगठनहरू, व्यवसायी, उद्योग वाणिज्य संघका व्यवसायी, शहीद बेपत्ता परिवार सबैसँग भेटघाट गरेका छन् । जान नभ्याएका कतिपय स्थानमा निर्वाचनपछि आउने वचन दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गोरखामा विकास भित्रिने गोरखाली नागरिकहरूमा अपेक्षा छ । समाजवादको यात्रामा रहेका प्रचण्ड यसअघि रोल्पा, काठमाडौं, सिराहा, चितवनबाट निर्वाचन लडेका थिए । 

जतिवटा निर्वाचन भयो उनले त्यति नै पटक फरक स्थानबाट चुनावमा भाग लिँदै र विजयी हुँदै आएका छन् । देश निर्माणको सपना बोकेर अगाडि बढेका प्रचण्ड विकासमा नेपालको मौलिक मोडल तय गर्न विभिन्न भूगोलमा जाने गरेका उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

प्रचण्डलाइ रेकर्ड राख्ने गरी मत दिएर विजयी गराउने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवँ गोरखा क्षेत्र नम्बर दुइ (ख)  का उम्मदवार सुरेन्द्रराज पाण्डे बताउँछन् । प्रचण्डले सार्वजनिक कार्यक्रममा र अघिपछि पनि भनेका छन्, राणा शासन, पञ्चायती व्यवस्था हटाउन र देशमा गणतन्त्र ल्याउन कांग्रेस र कम्युनिष्टहरूको एकताले नै काम गरेको छ । 

यसपटक आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन यो गठबन्धन पूर्ण सफल हुने उनले प्रष्ट गरेका छन् । यो निर्वाचनले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नेसपा, राष्ट्रिय जनमोर्चाको गठबन्धनले बहुमत ल्याउने उनले बताएका छन् ।

प्रचण्ड एकदुई जनाको लागि भन्दा पनि देशका सबै नागरिकहरू र समग्र देशको अवस्था परिवर्तनका लागि अहोरात्र खटेका छन् । उनले २०३३ साल देखि देशको परिवर्तनको लागि गोरखालाई केन्द्र बनाएर काम गर्दै आएका छन् । देश र जनताको परिवर्तन र मुक्तिका लागि निरन्तर संघर्ष गर्ने प्रचण्ड देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन लागि परेका छन् ।

गोरखामा अन्य पार्टीहरू राप्रपा, राप्रपा नेपाल, नेकपा एमालेलगायतका केही स्वतन्त्र नागरिकहरू पनि गाउँ गाउँमा मत माग्दै कार्यक्रम गरिरहेका छन् । उनीहरूले अधिकांश समय परिवर्तनका विरुद्धमा, शान्तिका विरुद्धमा प्रचार गरिरहेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending