Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

व्यवसायी भन्छन् : चुनावमा नेतालाई भोट दिन्छौँ, नोट दिन सक्दैनौँ

खबरडबली संवाददाता
काठमाडौँ । मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति आउन अब पाँच दिन मात्रै बाँकी छ । निर्वाचन आएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । 
 
निर्वाचन आयोगले उम्मेदवारले खर्च पाउने अधिकतम सीमा तोकेको छ । विगतका निर्वाचनमा राजनीतिक दल, तिनका उम्मेदवारले चन्दा उठाए र दबाब दिए भन्ने सुनिन्थ्यो । तर यसपटक आमरुपमा त्यस्ता गुनासा सुनिएको छैन । 
 
यद्यपि, निर्वाचन असाध्यै महङ्गो भएको चर्चा पनि चलेको छ । आयोगले तोकेको खर्चको सीमा आफैँमा कम भएको उम्मेदवारहरुले बताउँदै आएका छन् । निर्वाचन अर्थतन्त्रसँग जोडिने भएकाले यसमा खर्च स्वाभाविक रुपमा जोडिएर आउँछ । 
 
अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले जबर्जस्ती चन्दा उठाएको तथा दबाब धम्की दिएको भन्ने गुनासो आउने गरेको भए पनि यसपटक त्यस्तो सुन्नु नपरेको स्वयम् उद्योगी तथा व्यवसायीहरु बताउँदै आएका छन् । 
 
अर्थतन्त्रमा चर्को दबाब परेको, उद्योग व्यवसायसमेत मर्कामा परेका कारण स्वयम् उद्योगी तथा व्यवसायी आफैँले पनि चन्दा दिनसक्ने अवस्थामा छैनन् । रुस र युक्रेन सङ्घर्षका कारण अर्थतन्त्रमा बाह्य दबाब कायमै छ । त्यसको अर्को प्रभाव अर्थतन्त्रको घरेलु रुपमा परेको छ । 
 
बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका कारण मुलुकको समग्र अर्थतन्त्रमा प्रभाव परेको छ । अहिले सहज रुपमा ऋण पाउने अवस्था छैन । उच्च ब्याजदरका कारण लगानीकर्ताको मनोबल घटेको टिप्पणी भइरहेको छ । त्यसकारण पनि उद्योगी व्यवसायीले निर्वाचनका लागि भनेर यसपटक चन्दा दिन सक्ने अवस्था नरहेको उद्योगी तथा व्यवसायीको भनाइ छ । 
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार यस पटकको निर्वाचनमा चन्दाको खासै दबाब आएको छैन । “व्यवसायीहरु आफैँ चन्दा दिनसक्ने अवस्थामा छैनन् । व्यापार व्यवसायलाई नियमित राख्ने भन्ने चिन्तामा रहेका उद्योगी व्यवसायीले चन्दा कसरी दिनु ?”, उनले भने। यद्यपि उद्योगी व्यवसायीहरुले आ–आफ्नो हैसियतअनुसार चन्दा दिएको भने हुनसक्ने उनको भनाइ छ । तर यसपटक भने चन्दाकै लागि दबाब भने नभएको उहाँले बताए । 
 
अर्थतन्त्र चापमा परेको विषयमा प्रमुख राजनीतिक दल र उम्मेदवार आफैँ जानकार छन् । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव उस्तै छ । चौतर्फी दबाबका कारण नेपाल बैंकर्स सङ्घले आगामी महिना ब्याजदर नबढाउने निर्णय आज मात्रै गरेका छन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका सङ्घका उपाध्यक्ष सुनिल केसीले मङ्सिर महिनामा ब्याजदर नबढाउने निर्णय भएको जानकारी दिए । 
 
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल उम्मेदवारलाई भोट दिएर सहयोग गर्ने तर नोट दिन नसक्ने स्पष्ट पारे । उनले कतिपय पार्टीका नेता तथा उम्मेदवारलाई स्वतःस्फूर्त रुपमा केहीले सहयोग गरेको भए पनि आमरुपमा सहयोग गर्न नसक्ने अवस्था रहेको बताए । “हामीले स्पष्टरुपमा भोट दिएर सहयोग गर्छौं, नोट दिन सक्दैनौँ भनेका छौँ”, उनले भने। 
 
चेम्बर अफ कमर्सका कुनै पनि सदस्य र पदाधिकारीले यसपटक चन्दाका लागि दबाब महसुस गर्नु नपरेको उहाँको भनाइ छ । निर्वाचनपछि देशको अर्थतन्त्रले लय समात्ने र हाल देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गर्दै अध्यक्ष मल्लको छ । 
 
केही उम्मेदवारले भने सार्वजनिक रुपमा नै चन्दाका लागि आह्वान गरेका छन् । रुपन्देहीमा वाम लोकतान्त्रिक गठबन्धनको समेत सहयोग पाउनुभएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले बैंकको खाता नम्बर सार्वजनिक गरी सहयोगका लागि आग्रह गरेका छन् । शुभचिन्तकहरुले  युआर कोड स्क्यान गरी सहयोग गर्न सक्ने प्रबन्ध गरिएको छ ।
 
काठमाडौँ क्षेत्र नं ९ मा साझा पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएका उम्मेदवार मिलन पाण्डेले पनि सहयोगका लागि आग्रह गरेका छन् । साथै, काठमाडौँ क्षेत्र नं ७ मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका अस्मिता सिंह ९मानुषी यमी भट्टराई०ले पनि शुभेच्छुकलाई सहयोगका लागि आग्रह गरेको छ । त्यस्तै, अन्य केही उम्मेदवारले समेत सहयोगका लागि सार्वजनिक आह्वान गरेको छन् । 
 
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका रवीन्द्र मिश्रले निर्वाचन आयोगले तोकेको खर्च गर्न पाउने सीमा बराबरको सहयोग रकम आफूलाई प्राप्त भइसकेको भन्दै अब सहयोग नगर्न अपिलसमेत गर्नुभएको छ । 
 
यस्तो छ उम्मेदवारले खर्च गर्न पाउने सीमा
 
आयोगका अनुसार काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ मा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च पाउनेछन् । त्यसबाहेक मुलुकका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाखसम्म खर्च गर्न पाउनेछन् । 
 
आयोगले निर्धारण गरेको खर्चको सीमाअनुसार २६ निर्वाचन क्षेत्रका उम्मेदवारले रु ३३ लाख, ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले रु २९ लाख र ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले रु ३१ लाखभन्दा बढी खर्च गर्न पाउने छैनन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

समानुपातिकतर्फ राप्रपाले पार गर्‍यो ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ भारी मतान्तरले विजयी, कांग्रेस उम्मेदवार खत्री दोस्रो

गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...

इलाम–१ मा कांग्रेसका निस्कल राई विजयी, त्रिपक्षीय प्रतिस्पर्धामा नेम्वाङ दोस्रो

काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...

धनुषा–१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेजीबारे सर्वोच्चको कारण देखाऊ आदेश, मतपरिणाम अझै स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...

ओखलढुंगामा हराएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए, अब के होला ?

काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...

झापामा गौरादह मेयर छत्रपति सुवेदीमाथि हातपात, आरोपी पक्राउ

विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...

राष्ट्रिय सभाका निर्वाचित सांसदले गरे शपथ ग्रहण

काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...

धनुषा–१ मा किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख कटायो

काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE