भोजपुर । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेपालमा कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।
भोजपुरको पूर्वी तिवारी भञ्ज्याङमा आयोजित गठबन्धन दलको चुनावीसभालाई सम्बोधन गर्दै पूर्वपरराष्ट्र मन्त्री समेत रहेका डा.महतले देशको दिगो विकासका लागि कुराभन्दा काम गर्ने नेतृत्व आवश्यक रहको बताएका हुन् ।
डा.महतले गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि अब कुरा गर्ने मात्र नभएर काम गर्नका लागि यो गठबन्धन बनेको भन्दै अबको पाँच वर्षमा अवरुद्ध विकासको गतिलाई अझ तीव्रता दिइने बताए । समग्र भोजपुरको विकासका लागि मङ्सिर ४ को निर्वाचनमा लोकतान्त्रिक–वामगठवन्धनका उम्मेदवारहरूलाई जिताउनुको विकल्प नरहेको समेत डा.महतले बताए ।
लोकतन्त्र र कानुनी शासनमा विश्वास गर्ने सरकारको आवश्यकता रहेको भन्दै उनले भने, “लोकतन्त्र र कानुनी शासनमा विश्वास गर्ने सरकार आयो भने देशमा लगानी बढ्छ, उद्योग व्यवसाय रोजगारी सगँसगै पूर्वाधारहरूको विकास हुन्छ, यी सबै पूरा गर्नका लागि गठबन्धनलाई जिताउनुपर्छ ।”
डा.महतले भोजपुरमा आफ्नो उम्मेदवार भएन भनेर चित्त नदुखाउन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्दै सबैले जित्ने वातावरण बनाउनुपर्ने बताए ।
“हाम्रा साथीहरूलाई यहाँ हाम्रो उम्मेदवार छैन भन्ने लागेको होला, अन्य ठाउँमा हाम्रा उम्मेदवारहरू भएकाले एक अर्काले सहयोग गरेर गठबन्धनलाई जिताउँदा मङ्सिर ४ पछि लोकतान्त्रिक–वाम गठबन्धनको बहुमत आउने छ”, कांग्रेस प्रवक्ता डा महतले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: