त्रिशूली । यही मङ्सिर ४ गते हुने आमनिर्वाचनमार्फत नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नतिजा आफ्नो पक्षमा आउने अजुर्ननरसिंह केसीको विश्वास छ ।
निर्वाचनको प्रतिस्पर्धामा जित र हारको आलोपालो नतिजा व्यहोर्दै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केसी यस पटक नतिजा आफ्नो पक्षमा आउने पालो पर्खनुभएको मात्रै छैन जीवनको अन्तिम पटकको चुनावी यात्रा भन्दै सुखद् नतिजाको पर्खाइमा छन। त्यसका लागि सत्तारुढ दलबीचको गठबन्धनको साथ र सुधारिएको पार्टीको सङ्गठन बलियो आधार भएको उनी दाबी गर्छन् ।
“मेरो प्रतिस्पर्धी कोही छ जस्तो लाग्दैन”, उम्मेदवार केसीले दाबीका साथ भने, “पार्टीगत प्रतिस्पर्धाका लागि तयार भएको व्यक्ति हुँ, संविधानको रक्षा र नेपाली नागरिकको मौलिक हक सुनिश्चित गर्न सत्तारुढ दलहरुबीचको गठबन्धनसहितको साझा उम्मेदवारसमेत भएकाले जितभन्दा पनि मतान्तर फराकिलो बनाउने कसरतमा छु ।”
यसअघिको निर्वाचन २०७४ मा करिब १० हजार मतले केसीलाई पराजित गरेर विजयी भएका नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडा यस पटक पनि नतिजा आफ्नै पक्षमा आउने दाबी गर्छन् “निर्वाचित भएको पाँच वर्षको अवधिमा जनताको विश्वास र मतको दुरुपयोग हुन दिइनँ”, उम्मेदवार खतिवडाले भने, “भूकम्पपछिको पुनःनिर्माण, कोरोनाकालको समयमा त्रिशूली अस्पतालमा आरटी–पिसीआर प्रयोगशालासहित देशभरकै उत्कृष्ट बनाउन पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्थाले नागरिकको स्वास्थ्यमा सुधार, कृषिका लागि जोन, पकेट र ब्लक कार्यक्रमको विस्तार लगायतमा गरेको सेवा मेरो जितको आधार हो ।”
एमालेका उम्मेदवार खतिवडाका लागि अघिल्लो पटकको जस्तो नेकपा ९माओवादी केन्द्र०सँग गठबन्धन छैन । पार्टी फुटको असरलाई सुधार गर्नुपर्ने दबाबमा उनी छन। यस पटकको निर्वाचनमा जनताले जितको भारी बोकाउने विश्वासमा रहेका केसी र खतिवडाका लागि चुनौतीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डे छन। पर्यटन व्यवसायमा बनाएको छवि बोकेर राजनीतिक यात्रामा होमिएका पाण्डे आफूलाई वैकल्पिक शक्तिका रूपमा जनताले चाहेको र परिवर्तनको नेतृत्वका रुपमा प्रस्तुत गर्छन ।
निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा ११ उम्मेदवारमध्ये अधिकांशले आफ्नो प्रचारलाई तीव्र बनाएका छन् । स्वतन्त्र भनिएका र केही साना दलका उम्मेदवारले मनोनयन दर्तासँगै गुमनाम भए पनि अधिकांश उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा लागिरहेका छन् । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका झनक प्याकुरेल, नेपाल मजदुर किसान पार्टीका गणेशमान बाटाकक्षी, लोकतान्त्रिक समाजवादी पार्टीका धनकुमारी सुनार, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेममाया तामाङ र जनसमाजवादी पार्टीका हिमाल जोशीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको बताएका छन् ।
स्वतन्त्र उम्मेदवार गायत्री दाहाल, सुदर्शन पुडासैनी र विनोदकुमार तामाङले सामाजिक सञ्जाल तथा निर्वाचन क्षेत्रमा आफ्नो प्रचार–प्रसार, मतदाता भेटघाटसहितको घरदैलो कायमै राखिरहेको जनाएका छन् ।
यस निर्वाचन क्षेत्रमा पर्ने विदुर र बेलकोटगढी नगरपालिकासहित तारकेश्वर, म्यागङ र किस्पाङ गाउँपालिकामा एक लाख १८ हजार नौ सय ७४ मतदाता छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
जेष्ठ २९ गते, २०८३ - १७:०६
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...
जेष्ठ २९ गते, २०८३ - १६:४८
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...
जेष्ठ २९ गते, २०८३ - १६:४१
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्य...
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...



प्रतिकृया लेख्नुहोस्: