Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

पाल्पा क्षेत्र २ मा पूर्वसहकर्मी बीच कडा प्रतिस्पर्धा, यस्तो छ हिसाबकिताब

खबरडबली संवाददाता

रामपुर । चुनावको सरगर्मी तातेका बेला पाल्पाको क्षेत्र नं २ मा यस पटकको निर्वाचनमा मतदाताको ध्यान तानिएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नं २ को निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । यहाँ प्रतिनिधिसभा सदस्यमा पूर्वसहकर्मी बीचको चुनावी प्रतिस्पर्धा छन । 

नेकपा ९एमाले० मा रहेर सँगै राजनीतिक यात्रामा रहेका सहकर्मी सोमप्रसाद पाण्डेय र ठाकुरप्रसाद गैरेबीचको चुनावी प्रतिस्पर्धाले आम मतदातामा उत्सुकता छाएको छ । तीन दशकदेखि नेकपा (एमाले) मा रहेर सँगै राजनीतिक यात्रामा निस्केका पाण्डेय र गैरेको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । पाण्डेय लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी० का उम्मेदवार भने गैरेले एमालेबाट उम्मेदवारी दिएका छन् । 
 
गठबन्धनका उम्मेदवार पाण्डेयले विसं २०५१ देखि हालसम्म पाँच पटक उम्मेदवार भएकामा चार पटक निर्वाचित भई संसद्मा नेतृत्व गरिसकेका छन्। विसं २०६४ को संविधानसभा निर्वाचनमा भने उहाँ नेकपा माओवादीकी उम्मेदवार लीला सोमैसँग पराजित भएको थिए ।

तीन दशकसम्म राजनीतिमा अनवरतरूपमा लाग्नुभएका गैरेले एमालेबाट पहिलो पटक आसन्न प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने अवसर पाएका छन् । गैरे नयाँ उम्मेदवार छन। मतदाताले नयाँ र सक्षम व्यक्तिको नेतृत्व चाहेको र जनताको हरेक सुख दुःखमा आफू राम्रोसँग घुलमिल भएकाले यस पटक राम्रो मतका साथ विजयी हासिल गर्ने उनी बताउछन । 
 गठबन्धनका उम्मेदवार पाण्डेय यसभन्दा अघिका निर्वाचनमा आफ्नो कार्यशैली र योगदान बुझेर जनताले संसद्मा नेतृत्व गर्ने अवसर दिएकाले यस पटक पनि आफूले उम्मेदवारी दिएको बताउछन । यसभन्दा अघि आफू नेतृत्वमा रहँदा जनताका अधिकांश समस्या सम्बोधन गरेकाले यस पटक पनि भारी मतले निर्वाचन जित्ने उनी दाबी गर्छन ।

उहाँले सिद्धबाबा सडकको सुरुङमार्ग निर्माणका लागि संसद्देखि सडकमा आवाज उठाउँदै आएको र जोखिमपूर्ण सडकमा सुरुङमार्ग बनाउने काम चार महिनादेखि अगाडि बढेको, तानसेन बुटवल सडकलाई विस्तार गरी चार लेनको सडक बनाउने, शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगारलगायतका चुनावी योजना ल्याएकँ छन् । 
 
पाल्पाको विकासमा २०५१ देखि नै प्राथमिकता दिएर काम गर्दै आएको र जिल्लाको पर्यटन विकास, एमालेमा रहँदा मदनपोखरा पोलिटेक्निकल आफ्नै पहलमा जिल्लामा आएको, तानसेनको पहिचान विश्वव्यापी बनाई पर्यटकीय गतिविधि बढाउन टाढा टाढाबाट देखिने गरी तानसेन होर्डिङ बोर्ड निर्माण, हार्थोकदेखि छहरासम्मको बाटो विस्तारलगायतका क्षेत्रमा आफूले काम गरेको उम्मेदवार पाण्डेयले बताए ।

अस्तव्यस्त बनेका सडकलाई व्यवस्थित बनाउने, युवा स्वरोजगार, कृषि उद्यमशीलता, सम्भावना बोकेका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, जिल्लामा रहेका अधुरा योजना पूरा गर्ने जस्ता योजना जनतामाझ लिएर आएको उम्मेदवार गैरे बताउछन । 

पाल्पा क्षेत्र नम्बर २ बाट गठबन्धनका पाण्डेय, एमालेका गैरेसहित जनसमाजवादी पार्टी नेपालका देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर भुख्वा, मङ्गोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका ताराबहादुर खत्री, जनता समाजवादी पार्टीका दुर्पता सोमै र स्वतन्त्रबाट उपेन्द्रराज गैरे र जीवलाल सुवेदी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

पाल्पा क्षेत्र नंं २ मा भएका छ वटा निर्वाचनमा नेपाली कांग्रेसले २०४८ र २०७० मा गरी दुई पटक, एमालेले २०५१, २०५६, २०६४ र २०७४ मा विजयी हासिल गरेको थियो । पाँचवटा स्थानीय तह रहेको पाल्पा क्षेत्र नंं २ मा २०७४ मा बगनासकाली, रैनादेवीछहरामा नेपाली कांग्रेस, तानसेन, रिब्दीकोट र तिनाउँमा एमालेले विजयी हासिल गरेको थियो भने स्थानीय निर्वाचन २०७९ मा गठबन्धनले तीनवटा र एमालेले दुईवटा पालिकामा जित हासिल गरेका छन् । 

पाल्पा क्षेत्र नंं २ मा ४४ वटा वडामा १६ वडामा एमाले र २८ वटा वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाको गठबन्धनले जित हासिल गरेको छ । वडाध्यक्षको मतको आधारमा नेकपा एमालेको ३० हजार पाँच सय ३६, नेपाली कांग्रेसले २९ हजार ३९, माओवादी केन्द्रले चार हजार तीन सय १३, एकीकृत समाजवादीले चार सय ३३ मत र राष्ट्रिय जनमोर्चाले आठ सय ८४ मत पाएको छ । पाल्पा क्षेत्र नंं २ मा एक लाख पाँच हजार दुई सय ९३ जना मतदाता छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयोः रवी लामिछाने

गोर्खा मिडियामा आएको पैसा चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि !

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोक...

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचन...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव (पूर्णपाठसहित)

रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस

सहकारीबारे समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्या...

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव त...

आइसिसी विश्वकप लिग–२: नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ ।  क्यानडाको किङ्ग सिटीम...

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बै...

नक्कली ऋणीहरूको बिगबिगीले सहकारी समस्यामा : सभापति थापा

काठमाडौं। सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताभएको छन् ।  प्रतिनिधि ...

नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy