ताप्लेजुङ । ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत ल्याउने तयारी भएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिए ।
भौगोलिकरूपमा विकट यी ठाउँमा पैदल हुँदै पुग्न चार दिनसम्म लाग्ने भएकाले हेलिकप्टरमार्फत मतपेटिका ओसार्नुपर्ने बाध्यता रहेको हो । फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्मा पुग्न नै सदरमुकामबाट चार दिनको समय लाग्छ ।
यसअघि सो ठाउँमा आज सम्पन्न निर्वाचन गराउन गएको कर्मचारीको टोली चार दिनमा मात्र पुगेको थियो । यी चार मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउन निर्वाचन आयोग र गृह मन्त्रालयसँग समन्वय भएको जनाइएको छ । निर्वाचन सकिएलगत्तै ल्याउन साँझको समय पर्ने भएकाले सोमबार ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
करिब चार हजार दुई सय मिटरको उचाइमा पर्ने याङ्माको मतदान केन्द्रमा ६१ मतदाता छन् । यहाँ आइतबार भएको निर्वाचनमा १२ मत खसेको बताइएको छ । यहाँ करिब ४१ प्रतिशतको हाराहारीमा मतदान भएको अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क भने सङ्कलन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच रहेका छन् । जम्मा एक सय २३ वटा मतदान केन्द्रबाट निर्धारित समयमा नै मतदान सुरु भएको थियो ।
प्रतिनिधिसभा सदस्य पदमा नेकपा ९एमाले० का योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र० का खेलप्रसाद बुढाथोकी ९पराग० बीच मुख्य प्रतिस्पर्धा छ । यस्तै प्रदेशसभा क्षेत्र ९१० मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धनका तर्फबाट नेकपा ९एकीकृत समाजवादी० का खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ । यस्तै प्रदशसभा क्षेत्र ९२० मा एमालेका गोपाल थोप्रा र गठबन्धनबाट नेपाली कांग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा छ । सङ्घ र प्रदेशमा गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १७:०७
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...
फाल्गुन २६ गते, २०८२ - १६:५४
काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...
फाल्गुन २६ गते, २०८२ - १६:४५
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...
फाल्गुन २६ गते, २०८२ - १६:३४
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...
फाल्गुन २६ गते, २०८२ - १६:२७
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...
फाल्गुन २६ गते, २०८२ - १५:५६
सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...
फाल्गुन २६ गते, २०८२ - १५:४१
रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...
फाल्गुन २६ गते, २०८२ - १५:१७
काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...
फाल्गुन २६ गते, २०८२ - १५:००
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...
फाल्गुन २६ गते, २०८२ - १४:४५
काठमाडौँ। हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूल...



प्रतिकृया लेख्नुहोस्: