काठमाडौ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९ हजार ६ सय ३८, नेकपा (माओवादी केन्द्र)ले आठ हजार चार सय ५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार सात सय ४७, जनता समाज पार्टीले चार हजार १७ र अन्यले आठ हजार नौ सय तीन मत प्राप्त गरेका छन् ।
यसैगरी मधेस प्रदेशमा कांग्रेसले प्रदेशसभातर्फ तीन हजार नौ सय ५०, एमालेले तीन हजार नौ सय २४, जनमत पार्टीले तीन हजार पाँच सय ७४, माओवादी केन्द्रले एक हजार नौ सय ४४, जसपाले एक हजार नौ सय २५ र अन्यले पाँच हजार चार सय ९३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
बागमती प्रदेशमा कांग्रेसले प्रदेशसभातर्फ ११ हजार ६ सय ४१, माओवादी केन्द्रले १० हजार सात सय ८६, राप्रपाले सात हजार एक सय ५०, माओवादी केन्द्रले पाँच हजार एक सय ६७, नेपाल मजदुर किसान पार्टीले चार हजार एक सय ९६ र अन्यले तीन हजार चार सय ८३ मत प्राप्त गरेका छन् ।
गण्डकी प्रदेशमा एमालेले प्रदेशसभातर्फ १९ हजार सात सय ८९, कांग्रेसले १४ हजार एक सय ४९, माओवादी केन्द्र चार हजार तीन सय ५७, राप्रपा तीन हजार आठ सय २०, हाम्रो नेपाली पार्टी एक हजार सात सय १८ र अन्यले तीन हजार ६ सय ९६ मत प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशमा एमालेले प्रदेशसभातर्फ २५ हजार एक सय २९, कांग्रेसले १७ हजार चार सय ७४, माओवादी केन्द्रले नौ हजार दुई सय ४३, राप्रपाले पाँच हजार सात सय १३, नागरिक उन्मुक्ति पार्टीले तीन हजार चार सय ७४ र अन्यले आाठ हजार नौ सय ४५ मत प्राप्त गरेका छन् । यसैगरी कर्णाली प्रदेशमा प्रदेशसभातर्फ माओवादी केन्द्रले तीन सय ४३, एमालेले एक सय ७९, राप्रपाले ७०, हाम्रो नेपाली पार्टीले ६ मत प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रदेशसभातर्फ समानुपातिकको मतपरिणाम बारेको एकीकृत विवरण हालसम्म प्राप्त हुन नसकेको आयोगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २४ गते, २०८२ - १२:४२
काठमाडौं। गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरू र सरकारी पक्षको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्...
फाल्गुन २४ गते, २०८२ - १२:२२
बाजुरा। बाजुरा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५...
फाल्गुन २४ गते, २०८२ - १२:०३
ललितपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदावर जगदीश खरेल भारी मतका साथ विजयी भएको छन...
फाल्गुन २४ गते, २०८२ - ११:५०
काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्की, ...
फाल्गुन २४ गते, २०८२ - ११:४१
सर्लाही। प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलगायतको जमानत जफत भएको छ । ...
फाल्गुन २४ गते, २०८२ - ११:२९
काठमाडौं । सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उप...
फाल्गुन २४ गते, २०८२ - १०:२८
काठमाडौं । ओखलढुंगा जिल्ला मा विश्वराज पोखरेल ५ मतको झिनो अन्तरले विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार पोखरेलले कुमार लुईटेल लाई ५ ...
फाल्गुन २४ गते, २०८२ - १०:२०
बैतडी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडी जिल्ला मा हरिमोहन भण्डारी विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार भण्डारीले २२ हजार १३४ मत...
फाल्गुन २३ गते, २०८२ - १८:४०
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...



प्रतिकृया लेख्नुहोस्: