NTC Banar
Khabar Dabali २४ माघ २०७९ मंगलवार | 7th February, 2023 Tue

गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । 

गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना भाएको हो ।
 
दुर्घटनामा परी सत्यवती गाउँपालिका–३ का ५१ वर्षीय झलक सोमै, ५५ वर्षीया टीका राहडी, ४७ वर्षीय रनबहादुर सिंजापती, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीया जमुना सोमै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए। 

जिप दुर्घटनामा परी घाइते हुनेमा सोही ठाउँका कार्बोलिन सोमै, चेतमान सिंजाली, गीरबहादुर राहडी र खण्डन सोमै छन्। दुर्घटना भएको जानकारी पाएपछि स्थानीयले उद्धार गरेका थिए । 

घाइतेलाई अहिले उपचारका लागि पाल्पातर्फ लगिँदै छ । घटनाको जानकारी पाएपछि रिडी र जोहाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । गए राति २ः३० बजेको समयमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२१ वर्षपछि नेपालमा अमेरिकी मन्त्रीतहको भ्रमण, यूएसएआईडी प्रमुख सामन्था पावर आउँदै

काठमाडौं । अमेरिकी सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छिन् । नेपालमा नयाँ सरका...

रास्वपाले सरकार छाडेपछि सत्ता गठबन्धनभित्रको सम्भावित ध्रुवीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि राष्ट्रपति चुनावसम्म पुग्दा त्यसको असर कुन रूपमा प्रकट हुन्छ भन्नेबारे सत्ता गठबन्धनभित्रका साना...

जुम्लामा आगलागी, एक बालिकाको मृत्यु

काठमाडौं । जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दनाथ नग...

‘एक बागी’माथि विमर्श

बागलुङ । उज्ज्वल प्रसाईको कृति  ‘एक बागी’को विषय र पात्र हुन्, लेखक खगेन्द्र सङ्ग्रौला । “मलाईं हेर्ने ऐना हो– एक बागी”, सङ्ग्रौला  भन्छन्, “मेरा असङ्...

गण्डकी प्रदेशसभाको बैठक बस्दै

पोखरा । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प...

भूमि व्यवस्था मन्त्रालय भन्यो- जग्गाको वर्गीकरण छिटो होस्

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय  तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाक...

टर्कीमा भूकम्पले निम्त्याएको विध्वंश, मृत्तकको संख्या ४ हजार नाघ्यो, तस्वीरहरु

काठमाडौं । टर्की र सीरियाको सीमामा केन्द्रविन्दु भएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी चार हजार मानिस मृत्यु भएको छ।  टर्कीमा २९ सय र सिरिया...

चिया निर्यातबाट बार्षिक तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन

झापा । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका  अनुसार मुलुकमा वार्षिक दुई करो...

कांग्रेसको दाबी- एमाले विचलित भइसक्यो, गठबन्धनमा ठूलै घटना हुने संकेत छ

कांग्रेस राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित छ : रमेश लेखक

पुरानो गठबन्धन ब्युँताउने कसरतमा कांग्रेस, राष्ट्रपति निर्वाचन ‘टर्निङ प्वाइन्ट’

काठमाडौँ । कांग्रेसले सत्ता गठबन्धनभित्र बढिरहेको कचपचको फाइदा उठाउँदै पुरानो गठबन्धन ब्युँताउने कसरतलाई तीव्रता दिएको छ । प्रधानमन्त्रीमा पुष्पकमल दा...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page