भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ ।
मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा आज साँझ ७ः३० बजेसम्मको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय ५६ मतले पछाडि पार्दै अग्रता कायम राखेका छन् ।
भक्तपुर जिल्लामा दुई निर्वाचन क्षेत्रमध्ये सबैको चासो रहेको भक्तपुर क्षेत्र नं २ मा आज साँझ ७ः३० बजेसम्ममा ४३ हजार एक सय ३० मतगणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १६ हजार तीन सय ८० मतले अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बस्नेतले १५ हजार सात सय ३५ मतले पछ्याइरहेका छन् ।
नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले तीन हजार नौ सय चार, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले दुई हजार सात सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले एक हजार छ सय २५ प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।
क्षेत्र नं १ को मतपरिणाम
त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा एमालेका उम्मेदवार नवराज गेलालले सात हजार ६०२ मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले पाँच हजार आठ सय ५९ मतले पछ्याइरहेका छन् ।
क्षेत्र नं १ मा २३ हजार दुई सय ३३ मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले पाँच हजार दुई सय २७ मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिल गोठे वासुले दुई हजार छ सय ७१ मत ल्याएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए ।
प्रदेशसभातर्फ
त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं २ (१) मा आज मतगणना हुँदा एमालेका उम्मेदवार किरण थापामगरले छ हजार नौ सय ६६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । उनका नकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले पाँच हजार सात सय ५६ मतले पछ्याइरहेका छन् । त्यस्तै राप्रपाका विक्रम थापाले दुई हजार ६४ र नेमकिपाका सरोजराज गोसाईंले एक हजार एक सय ६१ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं २ (२) मा नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य दुई हजार नौ सय २० मतले अग्रता लिएका छन् भने नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले तीन हजार दुई सय २१, एमालेका चन्दनकृष्ण श्रेष्ठले तीन हजार एक सय ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चकृष्ण श्रेष्ठले एक हजार दुई सय ७९ ल्याएका छन् ।
त्यस्तै चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणना हुँदा क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठले सात हजार दुई सय ५६ मतले अग्रता लिनुभएको छ भने एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठले छ हजार दुई सय ४१, नेपाल मजदुर किसान पार्टी मीनबहादुर बाटाले तीन हजार पाँच सय ८८ र राप्रपाका राजु कुइँकेलले चार हजार तीन सय ३१ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: