Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

भक्तपुर १ मा एमाले, २ मा कांग्रेसको अग्रता कायमै

खबरडबली संवाददाता

 

भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ । 

मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा आज साँझ ७ः३० बजेसम्मको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय ५६ मतले पछाडि पार्दै अग्रता कायम राखेका छन् । 

भक्तपुर जिल्लामा दुई निर्वाचन क्षेत्रमध्ये सबैको चासो रहेको भक्तपुर क्षेत्र नं २ मा आज साँझ ७ः३० बजेसम्ममा ४३ हजार एक सय ३० मतगणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १६ हजार तीन सय ८० मतले अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बस्नेतले १५ हजार सात सय ३५ मतले पछ्याइरहेका छन् । 

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले तीन हजार नौ सय चार, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले दुई हजार सात सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले एक हजार छ सय २५ प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।  

क्षेत्र नं १ को मतपरिणाम 

त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा एमालेका उम्मेदवार नवराज गेलालले सात हजार ६०२ मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले पाँच हजार आठ सय ५९ मतले पछ्याइरहेका छन् । 

क्षेत्र नं १ मा २३ हजार दुई सय ३३ मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले पाँच हजार दुई सय २७ मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिल गोठे वासुले दुई हजार छ सय ७१ मत ल्याएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए ।

प्रदेशसभातर्फ

त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं २ (१) मा आज मतगणना हुँदा एमालेका उम्मेदवार किरण थापामगरले छ हजार नौ सय ६६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । उनका नकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले पाँच हजार सात  सय ५६ मतले पछ्याइरहेका छन् । त्यस्तै राप्रपाका विक्रम थापाले दुई हजार ६४ र नेमकिपाका सरोजराज गोसाईंले एक हजार एक सय ६१ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ । 

प्रदेशसभातर्फ क्षेत्र नं २ (२) मा नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य दुई हजार नौ सय २० मतले अग्रता लिएका छन् भने नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले तीन हजार दुई सय २१, एमालेका चन्दनकृष्ण श्रेष्ठले तीन हजार एक सय ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चकृष्ण श्रेष्ठले एक हजार दुई सय ७९ ल्याएका छन् ।

त्यस्तै चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणना हुँदा क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठले सात हजार दुई सय ५६ मतले अग्रता लिनुभएको छ भने एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठले छ हजार दुई सय ४१, नेपाल मजदुर किसान पार्टी मीनबहादुर बाटाले तीन हजार पाँच सय ८८ र राप्रपाका राजु कुइँकेलले चार हजार तीन सय ३१ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending