झापा । विसं २०७० बाट संसदीय राजनीतिमा होमिएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल भएको छन् ।
दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका शर्माले यस पटक भने नेकपा ९एमाले०का उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गरेको हो । शर्मा विसं २०७० मा भएको निर्वाचनमा नेकपा (एमाले) नेता रविन कोइराला र २०७४ मा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राम कार्कीसँग पराजित भएको थिय ।
दुई पटक पराजय बेहोरेकै क्षेत्रबाट शर्माले यस पटक जित हासिल गरेको हो । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले ३९ हजार छ सय २४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का स्थायी कमिटीसमेत रहेका खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए । शर्मा र खरेलको मतान्तर १४ हजार दुई सय ७५ रहेको छ ।
शर्माको राजनीतिक यात्रा
पर्शुराम र सावित्री शर्माका कान्छा छोरा हुनुहुन्छ विश्वप्रकाश । विसं २०२७ पुस ६ गते झापाको साविक शान्तिनगर गाविसमा उको जन्म भएको हो । विसं २०३७ देखि विद्यार्थी आन्दोलनमा होमिएका शर्मा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महामन्त्री हुँदै अध्यक्षसमेत हुनुभयो । हाल उहाँ नेपाली कांग्रेसको महामन्त्री छन।
सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रूपमा समेत पनि परिचित छन। शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छन् । शर्माकी श्रीमती कविता, दुई छोरी स्वीकृति र शीर्षप्रकाश छन।
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएका शर्माले यसअघि पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरे । उनी पार्टीको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएको हो ।
सामान्य परिवारमा जन्मनुभएका शर्मा धुलाबारी माविमा कक्षा ९ मा अध्ययन गर्दा १४ वर्षको उमेरमा पहिलोपटक जेल पर्नुभएको थियो । नेविसङ्घ धुलाबारीको एकाइ सभापति बनेर राजनीतिमा पाइला चाल्नुभएका शर्माले नेविसङ्घ भद्रपुर क्याम्पसको सभापति बन्दै १२ औँ महाधिवेशनबाट नेविसङ्घ झापा सभापतिको जिम्मेवारी सम्हाल्दै राजनीतिमा अघि बढ्नुभएको थियो ।
नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा पार्टीको झापा सभापतिमा प्रतिस्पर्धा गर्नुभएका शर्माले त्यसबेला उद्धव थापासँग २८० मतले पराजित हुनुपरेको थियो । तेह्रौँ महाधिवेशनमा समेत थापालाई सर्वसम्मत जिल्ला सभापति बनाएर आफू भने पार्टीको केन्द्रीय राजनीतिमा लाग्नुभएको थियो ।
विसं २०७० को संविधानसभा निर्वाचनमा पहिलो पटक सहभागी बन्नुभएका शर्मा त्यसबेला नेकपा ९एमाले० नेता कोइरालासँग पराजित हुनुभयो । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा ९माओवादी केन्द्र०का कार्कीसँग पराजित हुनुभएका शर्माले यस पटक नेकपा ९एमाले०का पोलिटब्यूरो सदस्य खरेललाई पराजित गरेको हो । शालीन र सभ्य, तर्कपूर्ण अभिव्यक्ति र वाककलामा अब्बल शर्मा दृढ र आत्मविश्वासी नेताका रूपमा परिचित छन। सानैदेखि विद्रोही स्वभावका शर्मा बिपीका सच्चा अनुयायी छन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
जेष्ठ २९ गते, २०८३ - १७:०६
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...
जेष्ठ २९ गते, २०८३ - १६:४८
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...
जेष्ठ २९ गते, २०८३ - १६:४१
काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधान न्य...
जेष्ठ २९ गते, २०८३ - १६:००
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी ९एसएसबी० प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...
जेष्ठ २९ गते, २०८३ - १५:५०
काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...
जेष्ठ २९ गते, २०८३ - १५:२३
काठमाडौं । सरकारले २०५२ सालमा पेस भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लै...
जेष्ठ २९ गते, २०८३ - १५:१३
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रवीन विष्टका अनुसार दुर्घटनामा ...
जेष्ठ २९ गते, २०८३ - १५:०६
काठमाडौं । सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्य बलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघनको श्रेणीमा राखी त्यसलाई दण्डनीय बनाउ...
जेष्ठ २९ गते, २०८३ - १५:००
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको समय थपिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना...



प्रतिकृया लेख्नुहोस्: