रोल्पा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रुपमा दोस्रो पटक विजयी भएका छन् । यसअघि विसं २०७४ मा भएको निर्वाचनमा पनि उनी सोही जिल्लाबाट विजयी भएका थिए ।
संसदीय राजनीतिमा यो उनको तेस्रो विजयी यात्रा हो । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा उनले ललितपुर क्षेत्र नं १ बाट विजयी भएका थिए ।
विसं २०७० को संविधानसभाको निर्वाचनमा भने उनी मोरङबाट पराजित भएका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुन सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनकोतर्फबाट साझा उम्मेदवार हुन् ।
उनले कूल ४१ हजार सात सय १४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा९एमाले०का पूर्णबहादुर बुढामगरले १६ हजार चार सय ८५ मत प्राप्त गरे । विजयी भएका नेता पुनले २५ हजार दुई सय २९ मतको अग्रता कायम राखे ।
निर्वाचन आयोगका अनुसार सो जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लीला रावलले दुई हजार पाँच सय ५६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले आठ सय तीन र नेपाल मजदुर किसान पार्टीका नातीभाई ह््योम्बाले एक सय ५२ मत प्राप्त गरेका छन् । संयोग कस्तो परेको छ भने निर्वाचित भएका पुन र उनका प्रतिस्पर्धी बुढामगर तत्कालीन समयमा एउटै पार्टीमा आबद्ध थिए ।
पुन तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डरको भूमिकामा रहँदा बुढामगर भने उनी मातहतको कमाण्डरको रुपमा थिए । सर्वोच्च अदालतले तत्कालीन नेकपालाई नेकपा (एमाले) र माओवादी केन्द्रमा विभक्त गरिदिएपछि बुढामगर एमालेमा नै रहे । यसपटक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धालाई राष्ट्रिय रुपमा नै महत्वका साथ हेरिएको थियो ।
सुरुआती चरणदेखि नै अग्रता कायम गर्दै माओवादी केन्द्रका उम्मेदवार पुनले अन्तिमसम्म नै त्यसलाई कायम राख्नुभएन, फराकिलो मतान्तरले विजयी भए । रोल्पामा कूल मतदाता सङ्ख्या एक लाख ४५ हजार चार सय ७१ रहेपनि यही मङ्सिर ४ गते भएको निर्वाचनमा ६१ हजार सात सय १० मत मात्रै खसेको थियो । कूल सदर मत ६१ हजार सात सय १० हुँदा बदर मत भने पाँच हजार तीन सय ११ रहेको छ । प्रदेशसभातर्फ (१) मा माओवादी केन्द्रकै जोखबहादुर महरा निर्वाचित भएका छन् भने ९२० मा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुन निर्वाचित भएका छन् ।
निर्वाचित नेता पुनको जन्म रोल्पाको जंकोटमा विसं २०२८ जेठ १८ गते भएको हो । उनका बाबुको नाम इर्खराम पुन र आमाको नाम तिर्थमाली पुन हो । उनको जीवन सङ्गीनी ओनसरी घर्ती काठमाडौँ क्षेत्र नं २ बाट गठबन्धनको साझा उम्मेदवार भएपनि जीत निकाल्न सकिनन् । प्राथमिक शिक्षा रोल्पाको बालकल्याण माविबाट पूरा गरेका पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री रहेका नेता पुनले २०४९ मा नेपाल ल ल क्याम्पसबाट बीएल गरेका छन् ।
पञ्चायकालमै अनेरास्ववियुमा आबद्ध हुँदै वाम आन्दोलनमा सक्रिय रहेका उनले विसं २०५२ देखि नै जनयुद्धमा सहभागी भए । उनले तत्कालीन माओवादीको तर्फबाट काठमाडौँ उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेतृत्वमा थिए। अनन्तको नामले परिचित नेता पुनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: