Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

गालीको भाषा नबोली चुनाव जितेका माधव सापकोटा, जसले असम्भव सपना बाँडेनन्

भन्छन् : सकारात्मक राजनीतिलाई अगाडि बढाउँछु

खबरडबली संवाददाता

काठमाडौँ । सिन्धुपाल्चोक–१ बाट नवनिर्वाचित माधव सापकोटाको निर्वाचन प्रचारका क्रममा अन्य उम्मेदवारका विरुद्धमा गालीको भाषा बोलेनन्  र आफ्नो ‘एजेण्डा’ मात्रै प्रस्तुत गरेको राम्रै चर्चा भएको थियो । 

राजनीतिमा युवा आउनुपर्छ भन्ने मान्यता राख्दै आएका उनले असम्भव सपना बाँड्ने र विपक्षीलाई गाली गरेर समय खेर फालेनन् । बरु उनले जनताका कुरा सुने । जित पछि पनि जनताकै बीचमा बसेर काम गर्ने योजनाका खाका बनाउने बाचा गरे । 

अन्तिम मत परिणाम सार्वजनिक भएपछि उनले सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले जिल्लामा स्थापित गरेको सकारात्मक राजनीतिलाई आगामी दिनमा अझै अगाडि बढाउने बताए । 

विगत दुई दशकदेखि निरन्तर राजनीति र समाजसेवामा खटिरहेका ‘सुबोध’ नामले परिचित सापकोटा सिन्धुपाल्चोकका युवामाझ लोकप्रिय छन् । सहज पहुँच, जनताको घर आँगनमा पुग्ने, जनताका कुरा सुन्ने, सबैको काम गर्ने उनको बानीले उनलाई जिल्लावासीले  एक दशक अघिदेखि नै वैकल्पिक नेतृत्वका रूपमा स्वीकार गर्दै आएका छन् । 

नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला  इन्चार्ज रहेका उन स्पष्ट अडान र योजना भएका नेताका रूपमा परिचित छन् । कुविन्डेमा जन्मिएका ४० वर्षीय सापकोटा बाल्यकालदेखि नै राजनीतिक  वातावरणमा हुर्किएका थिए । १३ वर्षको उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय उनी २०५६ पुसमा अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष, २०५६ माघदेखि पूर्ण रूपमा भूमिगत थिए । 

 विसं २०६० जेठदेखि सिन्धुपाल्चोक जिल्ला सचिवको भूमिका सम्हालेका थिए । माओवादीले सञ्चालन गरेको तत्कालीन जनयुद्धमा कुशल संगठनकर्ता नवनिर्वाचित सापकोटा २०७३ मा माओवादीको केन्द्रीय सदस्य बनेका थिए । विसं २०७९ असारदेखि पोलिटब्युरो सदस्य एवं जिल्ला इञ्चार्जका रूपका कार्यरत उनले राजनीतिशास्त्रमा स्नातकोत्तरको अध्ययन गरिरहेका छन् । 

विसं २०७१ सालको जुरे पहिरो, २०७२ को महाभूकम्प, लिदि पहिरो, नागपुजे, खागदल, २०७८ को मेलम्ची बाढीलगायतका जिल्लाका ठूला साना प्राकृतिक विपत्ति, कोभिड–१९ को समय एवं अन्य अप्ठेरोमा सहजै जनतामाझ पुगेर राहत, उद्धार, उपचारमा सक्रिय बनेका कारण पनि उनलाई आम मतदाताले यसपटक स्वीकार गरेको टिप्पणी छ । 

स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको चुनावी कमाण्डर, सभामुख अग्निप्रसाद सापकोटाको २०६४, २०७०, र २०७४ को तीनवटै चुनावमा कमाण्डर एवं आन्तरिक व्यवस्थापन सम्हालेर सुबोधले सफलता हासिल गरेका थिए । उनलाई विगत १५ वर्षयता जिल्लाको चुनावी प्रतिस्पर्धा बारे गहिरो ज्ञान थियो । सोही ज्ञानलाई यसपटक आफ्नै लागि प्रयोग गरेको भन्नेहरू पनि प्रशस्तै छन् । 

काठमाडौँ नजिकै रहेको जुगल हिमाल आरोहण खुलाउने एक प्रमुख पहलकर्ताको भूमिका खेलेका सापकोटा सिन्धुपाल्चोकको समग्र विकास र समृद्धिका लागि नीतिगत निर्णय गर्ने ठाउँमा आइपुगेका छन् । पछिल्लो पटक सिन्धुपाल्चोकमा वाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउने दायित्व आफ्नो समेत रहेको बताउने सापकोटाले सभामुख अग्नि सापकोटाको राजनीतिक विरासतलाई अगाडि बढाउने मौका पाएका छन् । 

सिन्धुपाल्चोकको क्षेत्र नं १ का उम्मेदवार समेत रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई पनि उत्तिकै आदर र सत्कार प्रदान गर्दै वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउने सपना पूरा भएको छ सापकोटाको । सिन्धुपाल्चोकको प्रतिनिधिसभातर्फ क्षेत्र नं १ को परिणाम सार्वजनिक हुने क्रममा छ । त्यस क्षेत्रमा पनि गठबन्धनका तर्फबाट काँग्रेस नेता बस्नेत उम्मेदवार छन् । 

उम्मेदवार मनोनयनका क्रममा आफ्ना सहकर्मीहरू युवराज दुलाल, सरल सहयात्री पौडेलसँग एउटै रङ्गका पोशाकमा देखिदा देशव्यापी रूपमा चर्चा कमाउन सफल सापकोटाले ३० हजार तीन सय ७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सरेश नेपालले २७ हजार १८ मत प्राप्त गरेका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वनमा लागेको डढेलो गाउँमा सल्किँदा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको ड...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक ल्हासामा

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न...

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

पढाइसँगै घरखर्चको जोहो गर्न कोर्छिन् चित्र

नयाँ बजेट कस्तो ल्याउने ? अर्थमन्त्री पुनले लिए सात पूर्वअर्थमन्त्रीसँग सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर...

विष्णु पौडेल भन्छन्- यो सरकार अस्थिर छ भनेर चलाइएका हल्ला निराधार हुन्

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका प...

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी...

८० औं जन्मदिनमा नागरिकता उपहार

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। विक्रम संवत् २००० साल वैशाख...

मन्त्री बस्नेतसँगको अन्तर्वार्ता- कतारका राजाको भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री  नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेर आज विश्वासको मत ...

औषधीको परीक्षण अब फार्मेसीमै !

काठमाडौं । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies