Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

निर्वाचन अपडेट: अहिलेसम्म कुन पार्टीबाट को–को विजयी भए ?

खबरडबली संवाददाता

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा भने मतगणना सुरु हुन सकेको छैन । स्याङ्जा निर्वाचन क्षेत्र नं २, बाजुरा निर्वाचन क्षेत्र नं १ र दोलखा निर्वाचन क्षेत्र नं १ मा अझै मतगणना सुरु भएको छैन । 

निर्वाचन आयोगका अनुसार साँझ ७ः३० सम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५६ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आयोगका अनुसार नेपाली कांग्रेस १९, नेकपा (एमाले) १४, नेकपा (माओवादी केन्द्र) छ, नेकपा (एकीकृत समाजवादी)पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दुई÷दुई तथा जनता समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । 

जारी मतगणनामा कांग्रेसले ३४, एमालेले ३३, माओवादी केन्द्रले ११, राष्ट्रिय स्वतन्त्र पार्टी छ, एकीकृत समाजवादी र जनता समाजवादीले पाँच÷पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले दुई÷दुई निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन् । 

कांग्रेसबाट झापा १ मा विश्वप्रकाश शर्मा, ओखलढुङ्गा–१ मा रामहरि खतिवडा, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, सिन्धुली १ मा श्यामकुमार घिमिरे, रसुवा १ मा मोहन आचार्य, काठमाडौँ १ मा प्रकाशमान सिंह, काठमाडौँ ३ मा सन्तोष चालिसे र काठमाडौँ ४ मा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । 

काठमाडौँ १० मा राजेन्द्रकुमार केसी, भक्तपुर २ मा दुर्लभ थापा क्षेत्री, ललितपुर १ मा उदय शम्शेर राणा, मनाङ १ मा टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली, म्याग्दी १ मा खमबहादुर गर्बुजा, सुर्खेत २ मा हृदयराम थानी, अछाम २ मा पुष्पबहादुर शाह, दार्चुला १ मा दिलेन्द्रप्रसाद बडू र डडेल्धुरा १ मा शेरबहादुर देउवा विजयी हुनुभएको छ । 

एमालेबाट ताप्लेजुङ १ मा योगेशकुमार भट्टराई, झापा १ मा केपी शर्मा ओली, धनकुटा १ मा राजेन्द्रकुमार राई, सोलुखुम्बु १ मा मानवीर राई, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, सिरहा १ मा रामशङ्कर यादव, पर्सा २ मा राजकुमार गुप्ता, ललितपुर ३ मा प्रेमबहादुर महर्जन, कास्की २ मा विद्या भट्टराई, पर्वत १ मा पदम गिरी, गुल्मी २ मा गोकर्णराज विष्ट, अर्घाखाँची १ मा टोपबहादुर रायमाझी, प्यूठान १ मा सूर्यबहादुर थापा र बाँके १ मा सूर्यप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । 

माओवादी केन्द्रबाट खोटाङ १ मा रामकुमार राई, सिन्धुली २ मा लेखनाथ दाहाल, गोरखा २ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’, रुकुमपूर्व १ मा पूर्णबहादुर घर्ती मगर, रोल्पा १ मा वर्षमान पुन र जाजरकोट १ मा शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ । 

एकीकृत समाजवादीबाट रौटहट १ मा माधवकुमार नेपाल, दैलेख १ मा अम्मरबहादुर थापा, अछाम १ मा शेरबहादुर कुँवर, बझाङ १ मा भानुभक्त जोशी र डोटी १ मा प्रेमबहादुर आले निर्वाचित हुनुभएको आयोगले जनाएको छ । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा ३ मा राजेन्द्रप्रसाद लिङ्देन, बाँके २ मा धवलशम्शेर राणा र जुम्ला १ मा ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ ७ मा गणेश पराजुली, ललितपुर ३ मा तोसीमा कार्की, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्लाही १ मा रामप्रकाश चौधरी र रुपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्ल निर्वाचित हुनुभएको छ । 

जनता समाजवादी पार्टीबाट पर्सा १ मा प्रदीप यादव, नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर १ मा प्रेम सुवाल, जनमत पार्टीबाट सप्तरी २ मा चन्द्रकान्त राउत, मोरङ ५ मा स्वन्तन्त्र उम्मेदवार योगेन्द्र मण्डल, रौतहट ३ मा प्रभू साह र बर्दिया २ मा लालवीर चौधरी विजयी हुनुभएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार नाघ्याे, चाँदीकाे कति ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...

एमाले सचिवमा २० उम्मेदवारमा कसको अग्रता छ ?

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...

एमाले उपाध्यक्षमा विष्णु पौडेलको अग्रता

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...

मतगणनाको प्रारम्भिक नतिजा: ओलीले १५६ मत पाउँदा ईश्वर पोखरेलले पाए ६७

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...

रवि लामिछाने र छविलाल जोशीको धरौटी मागसम्बन्धी मुद्दाको पेसी आज

बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending