सिन्धुपाल्चोक। प्रतिनिधिसभा तथा प्रदेशसभा सिन्धुपाल्चोक जिल्लालाई लोकतान्त्रिक-वाम गठबन्धनले आफ्नो किल्ला बनाएको छ ।
२ प्रतिनिधिसभा ४ प्रदेश सभा रहेको सिन्धुपाल्चोकमा सबै सिट आफ्नो पक्षमा पार्दै गठबन्धनले एमालेलाई क्लिनस्विप पार्न सफल भएको हो ।
प्रतिनिधिसभा १ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य माधव सापकोटाले एमाले उम्मेदवार सरेस नेपाललाई ३ हजार ३ सय ५४ मतले पराजित गरे । सापकोटाले ३० हजार ३ सय २० मत प्राप्त गर्दा नेपालले २७ हजार २० मत पाए ।
यस्तै, प्रतिनिधिसभा १ (१) मा काँग्रेसकी मसिना खड्का भण्डारीले एमालेका युद्धविक्रम तामाङलाई पराजित गरिन् खड्काले १४ हजार ६ सय ५२ मत पाउँदा तामाङले १३ हजार ४ सय ९० मत पाए ।
प्रदेससभा (२) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बागमती प्रदेश समिति अध्यक्ष सरलसहयात्री पौडेलले एमालेका उम्मेदवार होमनारायण श्रेष्ठलाई ४ हजार २ सय ४३ मतले पराजित गरे ।
गठबन्धनका कारण आफ्नो निर्वाचन क्षेत्र परिबर्तन गरेका पुर्व सञ्चारमन्त्री एवंम् काङ्ग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रतिनिधिसभा २ मा ह्याट्रिकको तयारी गरिरहेको एमाले स्थायी समिति सदस्य एवम् पुर्व सञ्चारमन्त्री शेरबहादुर तामाङलाई फराकिलो मतान्तर ११ हजार ८ सय ७४ मतले पराजित गरे ।
बस्नेतले ३९ हजार ३ सय ६७ मत पाउँदा तामाङले २७ हजार ४ सय ९३मत प्राप्त गरे ।
२ को प्रदेश सभा १ मा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् बागमती प्रदेश पुर्व सामाजिक विकास मन्त्री युवराज दुलालले एकालेका अमानसिं तामाङलाई ८ हजार ५ सय १० मतले पछाडि पारे ।
दुलालले २० हजार ९ सय ६ मत पाउँदा तामाङले १२ हजार ३ सय ९६ मतमा चित्त बुझाउनुपर्यो । प्रदेस सभा २ मा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार कृष्णकुमार तामाङले एमाले नेता हस्त बहादुर पण्डितलाई मतले पराजित गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: