Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

निर्वाचनले जनता लोकतन्त्रको पक्षमा छन् भन्ने प्रमाणित गरेको छ : रामचन्द्र पौडेल

खबरडबली संवाददाता

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनले जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित गरेको बताएका छन् । 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले आज दमौलीमा आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई विजयी गराएर जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित भएको बताए ।

लोकतान्त्रिक आन्दोलनकको इतिहासलाई सम्मान गर्ने पक्षमा जनता रहेको भन्दै उनले जनतालाई शीरमा राखेर काम गर्ने बताए । जनतामा केही कुराको असन्तुष्टि रहेको भन्दै पौडेलले जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

हरेक कुरामा खरो रुपमा उत्रिन सक्नुपर्ने भन्दै पौडेलले देशमा अपार सम्भावना हुँदाहुँदै पनि नेपाल पछाडि परेको बताए । “नेपालमा अथाह सम्भावना छ, तर पनि नेपाल पछाडि परेको छ,” पौडेलले भने । तनहुँ–२ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

तनहुँ–१ (१) सांसद अशोककुमार श्रेष्ठले गठबन्धनको विजयले समाज रुपान्तरणमा सहयोग पुग्ने उल्लेख गर्दै जनताले बोकाएको भारी सफलतापूर्वक सम्पन्न गर्ने बताए । 

“प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा भारी बोकेको अनुभव भइरहेको छ, यसलाई सफलतापूर्वक सम्पन्न गराउन कटिबद्ध छौँ, जनताका बीचमा बोलेका कुरा पूरा गरेरै छाड्छौँ”, उनले भने । 

तनहुँ क्षेत्र नं १ प्रदेशसभा(२) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले सबैको साझा प्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

तनहुँ क्षेत्र नं २ प्रदेशसभा (२) बाट निर्वाचित नेपाली कांग्रेसका जीतप्रकाश आलेले सच्चा जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने प्रमाणित गरेर देखाउने बताए । “तनहुँका जनतालाई लज्जाबोध हुने अवस्था आउन दिन्नौँ, जनतामाझ जे कुरा बोलेका थियौ त्यसलाई पूरा गरेरै छाड्छौँ,” उनले भने । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ ?

काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...

चितवनमा तोरीको उत्पादन घट्यो

चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।  कृषि विकास कार्यालयका कृषि ...

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...

नेकपाले पनि समानुपातिक सांसद आज टुंगो लगाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ।  निर्वाचन आयोगले तीन दिनभित्र सम...

समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।  कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...

रास्वपा बैठकको एजेन्डा- समानुपातिक सांसद छान्नेदेखि बालेनलाई दलको नेता बनाउनेबारे छलफलसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...

अपर ठूलोखोला जलविद्युत आयोजनाको बिजुली केन्द्रीय ‘लाइन’मा जोडियो

म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...

मनकामना माइक्रोबस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  मनकामना मन्दिर दर्शन गरेर फर्कंद...

ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना

कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ ।   बजार अनुगमनका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: