तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनले जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित गरेको बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले आज दमौलीमा आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई विजयी गराएर जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित भएको बताए ।
लोकतान्त्रिक आन्दोलनकको इतिहासलाई सम्मान गर्ने पक्षमा जनता रहेको भन्दै उनले जनतालाई शीरमा राखेर काम गर्ने बताए । जनतामा केही कुराको असन्तुष्टि रहेको भन्दै पौडेलले जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
हरेक कुरामा खरो रुपमा उत्रिन सक्नुपर्ने भन्दै पौडेलले देशमा अपार सम्भावना हुँदाहुँदै पनि नेपाल पछाडि परेको बताए । “नेपालमा अथाह सम्भावना छ, तर पनि नेपाल पछाडि परेको छ,” पौडेलले भने । तनहुँ–२ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तनहुँ–१ (१) सांसद अशोककुमार श्रेष्ठले गठबन्धनको विजयले समाज रुपान्तरणमा सहयोग पुग्ने उल्लेख गर्दै जनताले बोकाएको भारी सफलतापूर्वक सम्पन्न गर्ने बताए ।
“प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा भारी बोकेको अनुभव भइरहेको छ, यसलाई सफलतापूर्वक सम्पन्न गराउन कटिबद्ध छौँ, जनताका बीचमा बोलेका कुरा पूरा गरेरै छाड्छौँ”, उनले भने ।
तनहुँ क्षेत्र नं १ प्रदेशसभा(२) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले सबैको साझा प्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तनहुँ क्षेत्र नं २ प्रदेशसभा (२) बाट निर्वाचित नेपाली कांग्रेसका जीतप्रकाश आलेले सच्चा जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने प्रमाणित गरेर देखाउने बताए । “तनहुँका जनतालाई लज्जाबोध हुने अवस्था आउन दिन्नौँ, जनतामाझ जे कुरा बोलेका थियौ त्यसलाई पूरा गरेरै छाड्छौँ,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: