Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

ओली-प्रचण्ड फोनवार्तापछिको चर्चा, माओवादी नेता भन्छन् : सहकार्यलाई नकार्न सकिँदैन

'वामपन्थी टुटफुटलाई जनताले अनुमोदन गरेनन्, आत्मसमिक्षा गर्नुपर्छ'

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन कुराकानी गरेकै दिन माओवादीका एक नेताले "भविष्यमा ओलीसँगको सहकार्यलाई नकार्न नसकिने" बताएका छन्।

बिहीवार साँझ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेलले उक्त कुरा बताएका हुन्।

उनले माओवादीको मत केही घटे पनि आफ्नो दलले "देशको राजनीतिमा भूमिका हुने" खालको सिट ल्याउने आशा रहेको बताए।

उनका भनाइमा माओवादीले अहिलेकै गठबन्धनलाई अघि बढाउने सोच बनाएको छ, तर त्यसको निर्धारण समानुपातिकको मत तथा प्रदेशसभाहरूको गठनले गर्नेछ।

माओवादीको दृष्टिकोण

पौडेलले अहिले नै अन्तिम नतिजा आइनसकेकाले मतपरिणामबारे धेरै कुराको समीक्षा गर्न बाँकी रहेको बताए।

उनले भने, "तर प्रारम्भिक नतिजाले विशेषगरी सहरी क्षेत्रमा विकल्प खोजेको महसुस भएको छ। त्यसबारे स्थापित परम्परागत पार्टीहरूले आत्मसमीक्षा गर्नु आवश्यक छ।"

उनले गठबन्धनका कारण पनि माओवादीले प्रत्यक्षतर्फ कम क्षेत्रमा जितेको सङ्केत गरे।

यद्यपि 'के कांग्रेसले तपाईँहरूलाई धोका दिएको भन्न खोज्नुभएको हो?' भन्ने प्रश्नमा उनले भने, "अहिले नै धोका भन्न मिल्दैन।"

उनले आफ्नै क्षेत्रमा पनि कांग्रेसले भरपुर सहयोग गरेको बताए। तर अझै पनि कहाँ कस्तो अवस्था रह्यो भन्ने समीक्षा गर्न बाँकी रहेको उनको भनाइ छ।

पौडेलले अहिलेको निर्वाचनले वामपन्थी टुटफुट र विभाजनलाई जनताले अनुमोदन नगरेको पनि बताए।

यद्यपि अझै पनि कांग्रेससमेतको वाम-लोकतान्त्रिक गठबन्धन अपरिहार्य भएको उनको तर्क छ।

सहकार्य होला?

पौडेलले बिहीवार एमाले अध्यक्ष ओलीले आफ्ना अध्यक्ष दाहाललाई टेलिफोन गरेर कुराकानी गरेको पुष्टि गरे।

यद्यपि त्यसबारे आफूलाई विस्तृत विवरण थाहा नभएको बताउँदै उनले भने, "दुवै नेताहरूले जित्नु भएकाले शुभकामना आदानप्रदानबाहेक अरू कुरा भएको जस्तो लाग्दैन।"

'अब फेरि वाम एकता हुन्छ?' भन्ने प्रश्नमा पौडेलले भने, "आधारभूत रूपमा विचार, सिद्धान्त र उद्देश्य मिल्नेसँग कहीँ न कहीँ सहकार्य हुन्छ।"

"राजनीतिमा कुनै पनि ढोका र विकल्पहरूमा हामी खुला छौँ। किनकि नेपालका दलहरू मिल्ने र टुट्ने अनि एक भएर सहकार्य गर्ने पहिलेदेखि नै प्रचलन रहेको छ।"

"त्यसैले भोलिका दिनमा वामपन्थी एकता हुन्न भन्न सकिँदैन।"

यद्यपि उनले ओलीप्रति लक्षित गर्दै भने, "तर अहिले जुन प्रवृत्ति र सोचका विरुद्ध हामी लड्यौ त्यसको समीक्षा भएर आत्मआलोचना नभइकन हामी मिल्छौँ भन्ने कुरा सत्य होइन।"

'उसोभए त्यस्तो आत्माआलोचना भयो भने ओलीसँग पनि सहकार्य र एकता हुन्छ त?' भन्ने प्रश्नमा उनले त्यसलाई नकार्न नसकिने जवाफ दिए।

पौडेलले भने, "त्यो भविष्यको कुरा हो। राजनीतिमा नहुने भन्ने कुनै पनि कुरा छैन। तर जे विषयलाई संविधान, अहिलेको प्रणाली र सिस्टममलाई तोडमोड गर्ने काम भयो। त्यस कुराको रियलाइजेसन भयो भने पुनर्विचार गर्न सक्छौँ।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE