काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन कुराकानी गरेकै दिन माओवादीका एक नेताले "भविष्यमा ओलीसँगको सहकार्यलाई नकार्न नसकिने" बताएका छन्।
बिहीवार साँझ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेलले उक्त कुरा बताएका हुन्।
उनले माओवादीको मत केही घटे पनि आफ्नो दलले "देशको राजनीतिमा भूमिका हुने" खालको सिट ल्याउने आशा रहेको बताए।
उनका भनाइमा माओवादीले अहिलेकै गठबन्धनलाई अघि बढाउने सोच बनाएको छ, तर त्यसको निर्धारण समानुपातिकको मत तथा प्रदेशसभाहरूको गठनले गर्नेछ।
माओवादीको दृष्टिकोण
पौडेलले अहिले नै अन्तिम नतिजा आइनसकेकाले मतपरिणामबारे धेरै कुराको समीक्षा गर्न बाँकी रहेको बताए।
उनले भने, "तर प्रारम्भिक नतिजाले विशेषगरी सहरी क्षेत्रमा विकल्प खोजेको महसुस भएको छ। त्यसबारे स्थापित परम्परागत पार्टीहरूले आत्मसमीक्षा गर्नु आवश्यक छ।"
उनले गठबन्धनका कारण पनि माओवादीले प्रत्यक्षतर्फ कम क्षेत्रमा जितेको सङ्केत गरे।
यद्यपि 'के कांग्रेसले तपाईँहरूलाई धोका दिएको भन्न खोज्नुभएको हो?' भन्ने प्रश्नमा उनले भने, "अहिले नै धोका भन्न मिल्दैन।"
उनले आफ्नै क्षेत्रमा पनि कांग्रेसले भरपुर सहयोग गरेको बताए। तर अझै पनि कहाँ कस्तो अवस्था रह्यो भन्ने समीक्षा गर्न बाँकी रहेको उनको भनाइ छ।
पौडेलले अहिलेको निर्वाचनले वामपन्थी टुटफुट र विभाजनलाई जनताले अनुमोदन नगरेको पनि बताए।
यद्यपि अझै पनि कांग्रेससमेतको वाम-लोकतान्त्रिक गठबन्धन अपरिहार्य भएको उनको तर्क छ।
सहकार्य होला?
पौडेलले बिहीवार एमाले अध्यक्ष ओलीले आफ्ना अध्यक्ष दाहाललाई टेलिफोन गरेर कुराकानी गरेको पुष्टि गरे।
यद्यपि त्यसबारे आफूलाई विस्तृत विवरण थाहा नभएको बताउँदै उनले भने, "दुवै नेताहरूले जित्नु भएकाले शुभकामना आदानप्रदानबाहेक अरू कुरा भएको जस्तो लाग्दैन।"
'अब फेरि वाम एकता हुन्छ?' भन्ने प्रश्नमा पौडेलले भने, "आधारभूत रूपमा विचार, सिद्धान्त र उद्देश्य मिल्नेसँग कहीँ न कहीँ सहकार्य हुन्छ।"
"राजनीतिमा कुनै पनि ढोका र विकल्पहरूमा हामी खुला छौँ। किनकि नेपालका दलहरू मिल्ने र टुट्ने अनि एक भएर सहकार्य गर्ने पहिलेदेखि नै प्रचलन रहेको छ।"
"त्यसैले भोलिका दिनमा वामपन्थी एकता हुन्न भन्न सकिँदैन।"
यद्यपि उनले ओलीप्रति लक्षित गर्दै भने, "तर अहिले जुन प्रवृत्ति र सोचका विरुद्ध हामी लड्यौ त्यसको समीक्षा भएर आत्मआलोचना नभइकन हामी मिल्छौँ भन्ने कुरा सत्य होइन।"
'उसोभए त्यस्तो आत्माआलोचना भयो भने ओलीसँग पनि सहकार्य र एकता हुन्छ त?' भन्ने प्रश्नमा उनले त्यसलाई नकार्न नसकिने जवाफ दिए।
पौडेलले भने, "त्यो भविष्यको कुरा हो। राजनीतिमा नहुने भन्ने कुनै पनि कुरा छैन। तर जे विषयलाई संविधान, अहिलेको प्रणाली र सिस्टममलाई तोडमोड गर्ने काम भयो। त्यस कुराको रियलाइजेसन भयो भने पुनर्विचार गर्न सक्छौँ।" बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: