Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मधेश प्रदेशमा नयाँ सरकार : दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

खबरडबली संवाददाता

जनकपुरधाम । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले  स्पष्ट बहुमत प्राप्त गर्न सकेनन्। 

संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाको गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ। 

प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ। अन्तिम नतिजा आउन बाँकी धनुषा ४९२० मा एमाले उम्मेदवार अगाडि छन्।  

वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा चार\चार सिट जितेका छन् । यो गठबन्धनमा कांग्रेसले सप्तरी–३ (१), धनुषा– ३ (१), धनुषा– ४ (१), सर्लाही– २ (१), सर्लाही– २ (२), सर्लाही–४ (१), रौटहट– १ (१), रौटहट– १ (२), रौतहट– ३ (२), पर्सा– २ (१), पर्सा– ३ (२), पर्सा– ४ (१) र धनुषा १ (१) मा जितेको छ। 

त्यसैगरी लोसपाले पर्सा– २ (२), महोत्तरी–२ (१), महोत्तरी– ३ (१), महोत्तरी–३ (२), सर्लाही–१ (१), सिरहा–४ (२) र बारा–४ (२) मा जितेको छ । माओवादी केन्द्रले सर्लाही– ४ (२), महोत्तरी– १ (२), रौतहट– ४ (१) र पर्सा– १ (१) मा जितेको छ। एकीकृत समाजवादीले रौतहट– २(२) सर्लाही– १ (२), सिरहा– ३ (२) र सप्तरी–४ (१) मा जितेको हो ।  

एमाले–जसपा गठबन्धनमा एमालेले १४ र जसपाले नौ स्थानमा जितेका छन्। एमालेले सप्तरी–१ (१), सिरहा–१ (१), सिरहा–२ (२), सिरहा ३ (१), धनुषा–१ (१), धनुषा–२ (१), धनुषा– ३ (२), रौतहट– २ (१), बारा–१ (१), बारा ३ (१), बारा–४ (१), बारा–३ (२), महोत्तरी १ (१) र महोत्तरी–४ (१) मा जितेको छ। जसपाले धनुषा–२ (२), पर्सा– १ (२), पर्सा–४ (२), बारा–१ (२), रौतहट– ४ (२), सर्लाही–३ (२), सिरहा–१ (२), बारा–२ (२) र महोत्तरी ४ (२) मा जितेको हो । 

यी दुई गठबन्धनबाहेक जनमत पार्टीले छ र स्वतन्त्र उम्मेदवारले छ क्षेत्रमा जितेका छन्। जनमत पार्टीले सप्तरी–१ (२), सप्तरी–२ (१), सप्तरी– २ (२), सप्तरी–३ (२), सिरहा– ४ (१) र सिरहा– २ (१) मा जितेको छ। स्वतन्त्र उम्मेदवारले पर्सा–३ (१), बारा–२ (१), महोत्तरी– २ (२), रौतहट–३ (१), सर्लाही– ३ (१) र सप्तरी– ४ (२) मा जितेका हुन्।   

समानुपातिकतर्फको अहिलेसम्मको मतअनुसार तीन लाख १७ हजार ११४ मतसहित कांग्रेस पहिलो र दुई लाख ८१ हजार ९०२ मतसहित एमाले दोस्रो स्थानमा छ । त्यसैगरी जसपाले दुई लाख २७ हजार ४७०, जनमत पार्टीले दुई लाख २१ हजार ८६७, माओवादीले एक लाख ४० हजार ८२८, एकीकृत समाजवादीले ९३ हजार ४६२ र लोसपाले ८० हजार ५८० मत प्राप्त गरेको छ।   

अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ संघीय समाजवादी फोरम (हालको जसपा) ले १९ र राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले १५ गरी ३४ सिट जितेका थिए। १०७ सदस्यीय मधेश प्रदेशसभामा समानुपातिकसहित जसपाको २९ र लोसपाको २५ सहित स्पष्ट बहुमत थियो। 

त्यो वेला एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र संघीय समाजवादी नेपाल पार्टी नेपालको एक सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन। अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको हो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending