जनकपुरधाम । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन्।
संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाको गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ।
प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ। अन्तिम नतिजा आउन बाँकी धनुषा ४९२० मा एमाले उम्मेदवार अगाडि छन्।
वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा चार\चार सिट जितेका छन् । यो गठबन्धनमा कांग्रेसले सप्तरी–३ (१), धनुषा– ३ (१), धनुषा– ४ (१), सर्लाही– २ (१), सर्लाही– २ (२), सर्लाही–४ (१), रौटहट– १ (१), रौटहट– १ (२), रौतहट– ३ (२), पर्सा– २ (१), पर्सा– ३ (२), पर्सा– ४ (१) र धनुषा १ (१) मा जितेको छ।
त्यसैगरी लोसपाले पर्सा– २ (२), महोत्तरी–२ (१), महोत्तरी– ३ (१), महोत्तरी–३ (२), सर्लाही–१ (१), सिरहा–४ (२) र बारा–४ (२) मा जितेको छ । माओवादी केन्द्रले सर्लाही– ४ (२), महोत्तरी– १ (२), रौतहट– ४ (१) र पर्सा– १ (१) मा जितेको छ। एकीकृत समाजवादीले रौतहट– २(२) सर्लाही– १ (२), सिरहा– ३ (२) र सप्तरी–४ (१) मा जितेको हो ।
एमाले–जसपा गठबन्धनमा एमालेले १४ र जसपाले नौ स्थानमा जितेका छन्। एमालेले सप्तरी–१ (१), सिरहा–१ (१), सिरहा–२ (२), सिरहा ३ (१), धनुषा–१ (१), धनुषा–२ (१), धनुषा– ३ (२), रौतहट– २ (१), बारा–१ (१), बारा ३ (१), बारा–४ (१), बारा–३ (२), महोत्तरी १ (१) र महोत्तरी–४ (१) मा जितेको छ। जसपाले धनुषा–२ (२), पर्सा– १ (२), पर्सा–४ (२), बारा–१ (२), रौतहट– ४ (२), सर्लाही–३ (२), सिरहा–१ (२), बारा–२ (२) र महोत्तरी ४ (२) मा जितेको हो ।
यी दुई गठबन्धनबाहेक जनमत पार्टीले छ र स्वतन्त्र उम्मेदवारले छ क्षेत्रमा जितेका छन्। जनमत पार्टीले सप्तरी–१ (२), सप्तरी–२ (१), सप्तरी– २ (२), सप्तरी–३ (२), सिरहा– ४ (१) र सिरहा– २ (१) मा जितेको छ। स्वतन्त्र उम्मेदवारले पर्सा–३ (१), बारा–२ (१), महोत्तरी– २ (२), रौतहट–३ (१), सर्लाही– ३ (१) र सप्तरी– ४ (२) मा जितेका हुन्।
समानुपातिकतर्फको अहिलेसम्मको मतअनुसार तीन लाख १७ हजार ११४ मतसहित कांग्रेस पहिलो र दुई लाख ८१ हजार ९०२ मतसहित एमाले दोस्रो स्थानमा छ । त्यसैगरी जसपाले दुई लाख २७ हजार ४७०, जनमत पार्टीले दुई लाख २१ हजार ८६७, माओवादीले एक लाख ४० हजार ८२८, एकीकृत समाजवादीले ९३ हजार ४६२ र लोसपाले ८० हजार ५८० मत प्राप्त गरेको छ।
अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ संघीय समाजवादी फोरम (हालको जसपा) ले १९ र राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले १५ गरी ३४ सिट जितेका थिए। १०७ सदस्यीय मधेश प्रदेशसभामा समानुपातिकसहित जसपाको २९ र लोसपाको २५ सहित स्पष्ट बहुमत थियो।
त्यो वेला एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र संघीय समाजवादी नेपाल पार्टी नेपालको एक सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन। अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: