दाङ । गत असार,साउन र भदौ महिनाका वर्षाले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ ।
जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३.७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ ।
कार्यालयका सिनियर डिभिजनल इञ्जीनियर रमानन्द दासका अनुसार यी दुईवटै ठूला नदीले कटान नगरेको स्थानमा तटबन्धन नगरे अर्को वर्ष ठूलो क्षति हुनसक्छ ।
“हामीले गएको वर्षात्ले तटबन्धनमा गरेको क्षतिको विवरण निकालेका छौँ”, उनले भने, “जहाँ १३।७ किलोमिटर क्षेत्रफलमा क्षति भएको छ, यदि त्यो क्षेत्रमा यो वर्ष नै तटबन्ध नगरे अर्को वर्ष बाढीले क्षति गर्छ ।”
क्षति भएको क्षेत्रको विवरण विभागमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइसकेको समेत उनले बताए । अहिले तटबन्धनका लागि उल्लेख्य बजेट नभएकाले मन्त्रालयमा माग गरिएको उनको भनाइ छ ।
त्यो क्षेत्रमा तटबन्धन गर्न करिब रु एक अर्ब लाग्ने अनुमान गरिएको छ । त्यस्तै सहायक नदीहरूमा पनि विभिन्न स्थानमा क्षति भएको छ ।
उनका अनुसार राप्ती नदीले दाङको राप्ती, गढवा राजपुर गाउँपालिका, लमही नगरपालिकासहित बाँकेको नरैनापुर, राप्ती सोनारीलगायतका गाउँपालिकामा क्षति पुर्याएको छ ।
त्यस्तै बबई नदीले तुलसीपुर उपमहानगरपालिकाको वडा नं ११, १२, १३ र १४ सहित दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिकामा क्षति पुर्याएको छ । जनताको तटबन्धनले राप्ती र बबई नदीमा तटबन्धन निर्माण गर्ने काम गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - ०९:२४
प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण
चैत्र २ गते, २०८२ - ०९:१०
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...
चैत्र २ गते, २०८२ - ०९:०७
बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...
चैत्र २ गते, २०८२ - ०८:२३
काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...
चैत्र २ गते, २०८२ - ०८:१५
अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने
चैत्र २ गते, २०८२ - ०८:१०
काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...
चैत्र २ गते, २०८२ - ०७:३८
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...
चैत्र २ गते, २०८२ - ०७:२५
काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...
चैत्र २ गते, २०८२ - ०७:२१
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...
चैत्र २ गते, २०८२ - ०७:१८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...


प्रतिकृया लेख्नुहोस्: