Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

युक्रेनलाई थप हतियार उपलब्ध गराउने नेटोको वाचा

खबरडबली संवाददाता

काठमाडौं । उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्‍याउने जनाएको छ।

बुकरेस्टमा भएको एक सम्मेलनमा उक्त सैन्य सङ्गठनका प्रमुख यान्स स्टोलटेनबेर्गले मस्कोले “जाडोयामलाई युक्रेन युद्धको हतियारको रूपमा प्रयोग गर्न खोजेको” आरोप लगाए।

रुसी आक्रमणहरूका कारण लाखौँ युक्रेनी चिसोबीच विद्युत् र खानेपानीबाट वञ्चित भएका छन्।

युक्रेनले नेटो समक्ष महिनौँदेखि परिष्कृत वायु प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ।

जिनिभा महासम्धी अनुसार नागरिकमाथि वा उनीहरूको अस्तित्वलाई आवश्यक महत्त्वपूर्ण पूर्वाधारलाई आक्रमण गर्नु युद्ध अपराध हो।

यसै साताको सुरुवातमा युक्रेनका अभियुक्तविरुद्ध कानुनी प्रक्रियाको नेतृत्व गर्ने एक जना सरकारी अधिकारीले बीबीसीसँग रुसी आक्रमणहरूलाई नरसंहारको संज्ञा दिएका थिए।

बर्लिनमा आयोजित एक समारोहमा विश्वका धनी राष्ट्रहरूको जी सेभेन समूहका न्याय मन्त्रीहरूले युक्रेनमा भएको कथित युद्ध अपराधको अनुसन्धानमा समन्वय गर्ने बताएका छन्।

"युक्रेनमा भएका अत्याचारहरूको न्यायिक जाँच हुन वर्षौँ लाग्न सक्छ वा दशकौँ लाग्न पनि सक्छ। तर हामी राम्रो तयारी गर्नेछौँ र जति समय लागे पनि त्यसलाई निरन्तरता दिनेछौँ," जर्मन न्यायमन्त्री मार्को बुशम्यानले भने।

यसै वर्षको फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण आक्रमणको आदेश दिएका रुसी राष्ट्रपति भ्लादिमिरले र क्रेमलिनका अन्य वरिष्ठ अधिकारीहरूले भने रुसी सेनामाथि युद्ध अपराधको आरोपको खण्डन गर्दै आएका छन्।

मङ्गलवारको फरक घटनाक्रममा युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले यूकेको संसद्मा सांसदहरूसँग युक्रेनीहरू दोस्रो विश्वयुद्धमा यूकेले भोगेजस्तै आतङ्कबाट गुज्रिरहेको बताइन्।

"हामीलाई जित मात्र चाहिएको होइन। हामीलाई न्याय चाहिन्छ," जेलेन्स्काले भनिन्। उनले आफू "न्यायका निम्ति त्यहाँ पुगेको र न्यायले युद्धको अन्त्य गर्ने” विश्वास व्यक्त गरिन्।

रोमानियाको राजधानीमा भएको विदेशमन्त्रीहरूको दुई दिने बैठकको सुरुवातमा नेटो प्रमुख स्टोलटेनबेर्गले भने: "वास्तवमा युद्धको मैदानमा रुस असफल भएको छ। त्यसको प्रतिक्रिया स्वरूप उनीहरूले अब नागरिक र शहरहरू लक्षित आक्रमण गरिरहेका छन्। किनकि उनीहरू अब युक्रेनी भूभाग जित्न सक्षम छैनन्।"

यूकेका विदेश सचिव जेम्स क्लिभर्लीले पनि रुसले "युक्रेनीहरूलाई अधीनमा राख्ने" लक्ष्य राखेको विचार राखे।

मङ्गलवार नै नेटोले एक विज्ञप्ति जारी गर्दै युक्रेनी नागरिक र ऊर्जा प्रणालीहरूमा रुसको लगातार आक्रमणका कारण "लाखौँ मानिस आधारभूत आवश्यकताहरूबाट वञ्चित गरिरहेको" जनायो।

नेटो सदस्यहरूले युक्रेनलाई यसको ऊर्जा पूर्वाधार मर्मत गर्न र क्षेप्यास्त्र आक्रमणबाट मानिसहरूलाई बचाउन सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

र, युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबासँगको संयुक्त पत्रकार सम्मेलनमा स्टोलटेनबेर्गले भने: "हामी सधैँ युक्रेनको पक्षमा उभिनेछौँ, हामी पछि हट्ने छैनौँ।“

"हामीले राष्ट्रपति पुटिन युक्रेनमा विजयी नहुनु अत्यन्त महत्त्वपूर्ण छ भन्ने कुरा महसुस गरेका छौँ। त्यसो हुनु युक्रेनको लागि त्रासदीपूर्ण हुनेछ। र, विश्वलाई झन् कमजोर बनाउनेछ।"

कुलेबाले नेटोका वरिष्ठ अधिकारीहरूसँगको भेटमा हतियार उपलब्ध गराउनेबारे कुरा भएको जानकारी दिए। र, हाल आफूले प्रतिबद्ध सहायता छिटो प्रदान होस् भन्ने चाहेको बताए।

इस्टोनियाका विदेशमन्त्री उर्मास रेन्सालुले बीबीसी वर्ल्ड सर्भिसको न्यूज आवर कार्यक्रममा नेटोले युक्रेनलाई रुसी भूभागमा प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू दिन आवश्यक रहेको बताए।

अमेरिकाको नेतृत्वमा रहेको नेटो गठबन्धनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र र त्यस्ता अन्य हतियारहरू आपूर्ति गर्न बारम्बार टार्दै आएको छ। यसले पारमाणविक हतियार भएको रुससँग ठूलो तनाव निम्त्याउन सक्छ भन्ने उसको चिन्ताको विषय हो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending