Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

युक्रेनलाई थप हतियार उपलब्ध गराउने नेटोको वाचा

खबरडबली संवाददाता

काठमाडौं । उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्‍याउने जनाएको छ।

बुकरेस्टमा भएको एक सम्मेलनमा उक्त सैन्य सङ्गठनका प्रमुख यान्स स्टोलटेनबेर्गले मस्कोले “जाडोयामलाई युक्रेन युद्धको हतियारको रूपमा प्रयोग गर्न खोजेको” आरोप लगाए।

रुसी आक्रमणहरूका कारण लाखौँ युक्रेनी चिसोबीच विद्युत् र खानेपानीबाट वञ्चित भएका छन्।

युक्रेनले नेटो समक्ष महिनौँदेखि परिष्कृत वायु प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ।

जिनिभा महासम्धी अनुसार नागरिकमाथि वा उनीहरूको अस्तित्वलाई आवश्यक महत्त्वपूर्ण पूर्वाधारलाई आक्रमण गर्नु युद्ध अपराध हो।

यसै साताको सुरुवातमा युक्रेनका अभियुक्तविरुद्ध कानुनी प्रक्रियाको नेतृत्व गर्ने एक जना सरकारी अधिकारीले बीबीसीसँग रुसी आक्रमणहरूलाई नरसंहारको संज्ञा दिएका थिए।

बर्लिनमा आयोजित एक समारोहमा विश्वका धनी राष्ट्रहरूको जी सेभेन समूहका न्याय मन्त्रीहरूले युक्रेनमा भएको कथित युद्ध अपराधको अनुसन्धानमा समन्वय गर्ने बताएका छन्।

"युक्रेनमा भएका अत्याचारहरूको न्यायिक जाँच हुन वर्षौँ लाग्न सक्छ वा दशकौँ लाग्न पनि सक्छ। तर हामी राम्रो तयारी गर्नेछौँ र जति समय लागे पनि त्यसलाई निरन्तरता दिनेछौँ," जर्मन न्यायमन्त्री मार्को बुशम्यानले भने।

यसै वर्षको फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण आक्रमणको आदेश दिएका रुसी राष्ट्रपति भ्लादिमिरले र क्रेमलिनका अन्य वरिष्ठ अधिकारीहरूले भने रुसी सेनामाथि युद्ध अपराधको आरोपको खण्डन गर्दै आएका छन्।

मङ्गलवारको फरक घटनाक्रममा युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले यूकेको संसद्मा सांसदहरूसँग युक्रेनीहरू दोस्रो विश्वयुद्धमा यूकेले भोगेजस्तै आतङ्कबाट गुज्रिरहेको बताइन्।

"हामीलाई जित मात्र चाहिएको होइन। हामीलाई न्याय चाहिन्छ," जेलेन्स्काले भनिन्। उनले आफू "न्यायका निम्ति त्यहाँ पुगेको र न्यायले युद्धको अन्त्य गर्ने” विश्वास व्यक्त गरिन्।

रोमानियाको राजधानीमा भएको विदेशमन्त्रीहरूको दुई दिने बैठकको सुरुवातमा नेटो प्रमुख स्टोलटेनबेर्गले भने: "वास्तवमा युद्धको मैदानमा रुस असफल भएको छ। त्यसको प्रतिक्रिया स्वरूप उनीहरूले अब नागरिक र शहरहरू लक्षित आक्रमण गरिरहेका छन्। किनकि उनीहरू अब युक्रेनी भूभाग जित्न सक्षम छैनन्।"

यूकेका विदेश सचिव जेम्स क्लिभर्लीले पनि रुसले "युक्रेनीहरूलाई अधीनमा राख्ने" लक्ष्य राखेको विचार राखे।

मङ्गलवार नै नेटोले एक विज्ञप्ति जारी गर्दै युक्रेनी नागरिक र ऊर्जा प्रणालीहरूमा रुसको लगातार आक्रमणका कारण "लाखौँ मानिस आधारभूत आवश्यकताहरूबाट वञ्चित गरिरहेको" जनायो।

नेटो सदस्यहरूले युक्रेनलाई यसको ऊर्जा पूर्वाधार मर्मत गर्न र क्षेप्यास्त्र आक्रमणबाट मानिसहरूलाई बचाउन सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

र, युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबासँगको संयुक्त पत्रकार सम्मेलनमा स्टोलटेनबेर्गले भने: "हामी सधैँ युक्रेनको पक्षमा उभिनेछौँ, हामी पछि हट्ने छैनौँ।“

"हामीले राष्ट्रपति पुटिन युक्रेनमा विजयी नहुनु अत्यन्त महत्त्वपूर्ण छ भन्ने कुरा महसुस गरेका छौँ। त्यसो हुनु युक्रेनको लागि त्रासदीपूर्ण हुनेछ। र, विश्वलाई झन् कमजोर बनाउनेछ।"

कुलेबाले नेटोका वरिष्ठ अधिकारीहरूसँगको भेटमा हतियार उपलब्ध गराउनेबारे कुरा भएको जानकारी दिए। र, हाल आफूले प्रतिबद्ध सहायता छिटो प्रदान होस् भन्ने चाहेको बताए।

इस्टोनियाका विदेशमन्त्री उर्मास रेन्सालुले बीबीसी वर्ल्ड सर्भिसको न्यूज आवर कार्यक्रममा नेटोले युक्रेनलाई रुसी भूभागमा प्रहार गर्न सक्ने क्षेप्यास्त्रहरू दिन आवश्यक रहेको बताए।

अमेरिकाको नेतृत्वमा रहेको नेटो गठबन्धनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र र त्यस्ता अन्य हतियारहरू आपूर्ति गर्न बारम्बार टार्दै आएको छ। यसले पारमाणविक हतियार भएको रुससँग ठूलो तनाव निम्त्याउन सक्छ भन्ने उसको चिन्ताको विषय हो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending