किएभ । युक्रेनले देशमा शिशिर याम प्रारम्भ भएको बताउँदै उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)र उसका सहयोगी राष्ट्रलाई यथाशक्य चाँडो हतियार आपूर्ति गर्न आग्रह गरेको छ । रुसी आक्रमणबाट आहत युक्रेनले समग्र सहायताको प्रक्रियालाई द्रुत गतिमा टुङग््याउन अनुरोध पनि गरेको छ ।
युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले बुखारेस्टमा नाटोका विदेश मन्त्रीको जारी बैठकमा शीघ्र सहायता परिचालनका लागि आह्वान गर्दै क्षेप्यास्त्र आक्रमणबाट अवरुद्ध भएको देशको विद्युत् आपूर्ति प्रणाली तत्काल पुनःस्थापना गर्न अत्यावश्यक भएको बताए ।
त्यस निम्ति पनि उनले नाटोको मद्दतका निम्ति अनुरोध गरेका अल जजीराले जनाएको छ । विदेशमन्त्री कुलेबाले आफ्नो देशको हवाई सुरक्षा प्रणालीलगायत पूर्वाधारको रक्षा गर्न बाह्य सहायता अपरिहार्य भएको बताएका थिए ।
दशौँ महिनामा प्रवेश गरेको रुस–युक्रेन द्वन्द्वले युरोपलाई स्तब्ध पारेको छ । युरोपेली सङघ र उसका सदस्य राष्ट्रले युद्धको विभिषिकाबाट बच्न देश छाडेर भागेका युक्रेनीप्रति ऐक्यबद्धता जनाएका छन् भने पोल्याण्ड सरकारले युक्रेनी शरणार्थीलाई अस्थायीरुपमा खाना र आवासको व्यवस्था गरेको छ । यद्यपि पोल्याण्डले चार महिनादेखि भोजन र आवास पाइरहेका युक्रेनीलाई लामो समयसम्म आतिथ्यता प्रदान गर्न नसकिने बताउँदै आएको छ ।
क्रेमलिनको सेनाले गरेको दश महिनाको निरन्तरको दमनले आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाल ध्वस्त भएका छन् । विश्व ब्याङ्कले युक्रेनमा हालसम्म तीन खर्ब ५० अर्ब डलर क्षति भएको अनुमान गरेको छ । युक्रेन युद्ध तत्काल अन्त्य हुनुपर्ने तथा त्यस निम्ति वार्ता र कूटनीतिको बाटोमा सम्बद्ध पक्ष अग्रसर हुनुपर्नेमा नाटो सहितका पश्चिमा राष्ट्रले जोड दिँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १८:०१
किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...
जेष्ठ १ गते, २०८३ - १७:४९
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...
जेष्ठ १ गते, २०८३ - १७:२२
काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...
जेष्ठ १ गते, २०८३ - १७:०७
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...
जेष्ठ १ गते, २०८३ - १६:४९
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...
जेष्ठ १ गते, २०८३ - १६:३१
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...
जेष्ठ १ गते, २०८३ - १६:०५
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...
जेष्ठ १ गते, २०८३ - १५:५५
काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...
जेष्ठ १ गते, २०८३ - १५:४९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...
जेष्ठ १ गते, २०८३ - १५:३५
प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...



प्रतिकृया लेख्नुहोस्: