Ntc summer Offer
Khabar Dabali २९ भाद्र २०८१ शनिबार | 14th September, 2024 Sat
NIMB

नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

खबरडबली संवाददाता

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । 

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। 

दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन् । 

जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको जिपका सहचालक देवबहादुर नेपालीले जानकारी दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरीले माग्यो ६४ इन्सपेक्टर र २५६ जना असई (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहर...

बाख्रा पालेर मासिक डेढ लाख आम्दानी

स्याङ्जा । हरिनास गाउँपालिका-५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षत्रीले गाउँमा व्यावसायिक बाख्रापालकको छवि बनाएका छन्।  २०७४ सालमा वडासदस्यसमेत निर्व...

रामकुमारीलाई माधव नेपालको चेतावनी- पार्टी हितविपरितको अभिव्यक्ति स्वीकार्य हुँदैन

काठमाडौं । नेकपा एककिृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेकै अवस्थामा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्।  हालै एक टेलिभिज...

भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा । निरन्तरका वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित यहाँका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन्। तराईका जिल्लासँग सुदूरप...

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको तयारी

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस ...

कोशी प्रदेशमा सरकारमा कांग्रेसबाट यी बन्दैछन् मन्त्री, शेखर समूहले अझै दिएन नाम

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आजै बिहान ९ः०० बजेका लागि राखिएको छ ।  सरक...

यी स्थानमा हुँदैछ हुरीबताससहित मुसलधारे वर्षा

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्...

कोरियाको आम्दानी, ‘ड्रागन फ्रुट’मा लगानी

बागलुङ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रा...

दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

कीर्तिपुर । उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो ...

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन्।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालील...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy