NTC Banar
Khabar Dabali १३ माघ २०७९ शुक्रबार | 27th January, 2023 Fri

गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध मुद्दा दायर

Golden Oak
खबरडबली संवाददाता
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । 
 
चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुङ्ग्राखोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको अभियोगका गाउँपालिकाका अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इञ्जिनीयर अजय यादव र लेखापाल शिवशङ्करप्रसाद कुसवाहविरुद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छन् ।
 
सोही गाउँपालिका–४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्य विजयकुमार चौधरी र विनोद साह, इञ्जिनीयर अजय यादव र सवइञ्जिनीयर जीतेन्द्र यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारवाहीको माग गरिएको छ ।
 
आयोगले उपभोक्ता समितिका अध्यक्ष शेख मोहम्मद इरफान अलि, कोषाध्यक्ष हजरा खातुन र सचिव मोहम्मद इरफानविरुद्ध रु तीन लाख ४१ हजार पाँच सय ४४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त : मुख्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक चालु खर्च घटाइ पुँजीगततर्फ विनियोजित बजेट खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दि...

सिन्धुपाल्चोकको भोटसिपाका दुई किसानले गरे चालीस रोपनीमा अनार खेती

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् ।  कृषक राजेन्द्र ...

सूचनाको हक उल्लङ्घन गर्ने अधिकृत यादव १५ हजार जरिवानासहित दण्डित

काठमाडौ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई रु १५ हज...

राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे प्रचण्डले मागे नेताहरूको धारणा

काठमाडौँ । प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे धारणा बनाउन स्थायी कमिटी सदस्...

प्रेमप्रसादले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध जाहेरी

काठमाडौ । आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घटनामा प्रहरीमा जाहेरी परेको छ।  बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा पुगेर केही व्यक्तिहरूले जाहेरी...

गृहमन्त्रीसँग बालेनले मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

गृहमन्त्री लामिछानेले दिए यस्तो जवाफ

आसिफ शेखले पाए आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) प्राप्त गरेका छन् । बिहीबार अन्तर्रा...

प्रेम आचार्यले उठाएका विषय छानबिन गर्न गृह सहसचिवको नेतृत्वमा बनाइयो समिति

काठमाडौं । आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह...

निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताएको छन् । ...

राष्ट्रपति भण्डारी राजाजस्तै, उहाँको कारण धेरै दुःख पायाौ: पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको बताएकि छन् । काठमाडौंमा बिहीबार प्रेस काउन्सिल नेपाल, नेप...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page