काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन् ।
राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कूल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशत रहेको छ ।
त्यस्तै ७० वर्षमाथिका भने १४ जना निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । साथै सबैभन्दा बढी ४० देखि ७० वर्ष उमेर समूहमा एक सय ३८ जना निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये शुक्रबारसम्म एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
प्राप्त मतपरिणामअनुसार ४० वर्षमुनिको उमेर समूहबाट नेपाली कांग्रेसका मुस्ताङबाट २९ वर्षका योगेश गौचन थकाली, नेकपा (एमाले) का बारा–२ बाट ४० वर्षीया ज्वालाकुमारी साह र मकवानपुर–२ बाट ४० वर्षीय महेशकुमार बर्तौला तथा नेकपा (माओवादी केन्द्र) का मोरङ–४ बाट ३७ वर्षीय अमनलाल मोदी छन् ।
यस्तै ४० वर्ष उमेर समूह मुनिका राष्ट्रिय प्रजातन्त्र पार्टीका जुम्लाबाट ३० वर्षीय ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ–२ बाट २७ वर्षीया सोविता गौतम, ललितपुर–३ बाट ३३ वर्षीया तोसिमा कार्की, चितवन–१ बाट ३९ वर्षीय हरि ढकाल छन् । नागरिक उन्मुक्ति पार्टीका कैलाली–१ बाट ३९ वर्षीया रञ्जिता श्रेष्ठ र कैलाली–२ बाट ३७ वर्षीय अरुनकुमार चौधरी सो उमेर समूहमा रहनुभएको तथ्याङ्मा उल्लेख छ ।
७० वर्ष माथिका सांसद
यसैगरी ७० वर्ष माथिको उमेर समूहमा कांग्रेसका डडेल्धुराबाट प्रधानमन्त्री एवं सभापति ७७ वर्षीय शेरबहादुर देउवा, तनहुँ–१ बाट ७८ वर्षीय रामचन्द्र पौडेल, नुवाकोट–२ बाट ७५ वर्षीय अर्जुननरसिंह केसी, उदयपुर–१ बाट ७३ वर्षीय डा नारायण खड्का, मोरङ–६ बाट ७२ वर्षीय डा शेखर कोइराला छन् । यस उमेर समूहमा एमालेका झापा–५ बाट ७० वर्षीय केपी शर्मा ओली र कपिलवस्तु–३ बाट ७७ वर्षीय मङ्गलप्रसाद गुप्ता रहनुभएको छ भने नेकपा ९माओवादी केन्द्र०का सर्लाही–२ बाट महिन्द्र राय यादव छन् ।
जनता समाजवादी पार्टी नेपालका ७३ वर्षीय नवलकिशोर साह सुडी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपन्देही–३ बाट ७१ वर्षीय दीपक बोहरा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट ध्रुवबहादुर प्रधान ७० वर्षभन्दा माथिको उमेर समूहका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महोत्तरी–३ बाट ८० वर्षीय महन्थ ठाकुर र रुपन्देही–४ बाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला तथा राष्ट्रिय जनमोर्चाका बागलुङ–१ बाट ८० वर्षीय चित्रबहादुर केसी यस उमेर समूहका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - १२:१५
भैरहवा । बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माण...
जेष्ठ १७ गते, २०८३ - ११:५२
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्। १३ ...
जेष्ठ १७ गते, २०८३ - ११:४३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल दोब्बर बनाएपछि नेपाली बजारमा सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा ब...
जेष्ठ १७ गते, २०८३ - ११:२०
काठमाडौं । अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकह...
जेष्ठ १७ गते, २०८३ - ११:१०
काठमाडौँ। कुशल भुर्तेलको सादनार शतकमा नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको छ । ...
जेष्ठ १७ गते, २०८३ - ११:०१
काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति प्राप्त भएपछि मात्र वैदेशिक रोजगारीका लागि विदेश यात्रा गर्न श्रमिकहरूलाई अनुरोध गरेको छ। विभागले आइतबार ...
जेष्ठ १७ गते, २०८३ - १०:४३
पाल्पा। पाल्पाको निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने महिलालाई नगदसहित सम्मान गरेको छ। बालविवाह अन्त्य गर्दै ...
जेष्ठ १७ गते, २०८३ - १०:२६
महोत्तरी। महोत्तरीको गौशाला बजार बन्द गरी विभिन्न चोकहरूमा टायर बालेर आइतबार बिहानदेखि प्रदर्शन भइरहेको छ। गौशाला नगरपालिकाले कित्ता नं. ११५, ११६ र ११...
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...



प्रतिकृया लेख्नुहोस्: