एजेन्सी । इरानले इजरायली गुप्तचर निकायसँग काम गरेको आरोप लागेका चार जनालाई मृत्युदण्ड दिएको छ । साथमा अन्य तीन जनालाई जेल सजाय पनि सुनाएको छ ।
हुसेन आरदुखन्जादेह, शहिन इमानी महमुदाबाद, मिलाद अश्रफी अतबतान र मनोचेहर बहबन्दी बोजन्दीलाई आइतबार सबेरै मृत्युदण्ड दिइएको थियो । देशको न्यायालयले यो जानकारी उसको आधिकारिक वेबसाइटमा राखेको छ ।
अदालतले मृत्युदण्ड दिइएका व्यक्तिलाई ‘ठग’ भनेको छ र उनीहरू इजरायली गुप्तचर निकायबाट निर्देशित भएर सार्वजनिक तथा निजी सम्पत्तिको क्षति, चोरी, अपहरणमा सरिक भएको आरोप लगाएको छ ।
दोषीहरूले स्विडेनस्थित मोसादको कार्यालयबाट निर्देशन पाउने गरेको र तिनले मोसादबाट क्रिप्टोकरेन्सीमा पैसा भुक्तानी हासिल गर्ने गरेको न्यायालयले दाबी गरेको छ । मुद्दा सर्वोच्च अदालतले हेरेको थियो, जसले आइतबार मृत्युदण्ड दिइएको पुष्टि गर्यो । यसको फैसला भने बुधबार नै भएको थियो ।
मृत्युदण्ड दिइएका चारबाहेक पनि थप तीन जनालाई पाँचदेखि दस वर्षको सजाय सुनाइएको छ । उनीहरूमाथि ‘राष्ट्रिय सुरक्षाविरुद्ध काम गरेको र अपहरण तथा हातहतियार सङ्ग्रहमा सहयोगी’ भएको आरोप लगाइएको छ ।
इरान र इजरायल क्षेत्रीय शत्रु हुन् र इरानले समय समयमा इजरायलका अतिरिक्त, युरोपेली संघ र अमेरिकाजस्ता विदेशी शक्तिसँग काम गरेको आरोपमा मानिस पक्राउ गर्ने गर्छ । पछिल्लो मृत्युदण्ड त्यो समय दिइएको छ, जब इरानमा महिनौँदेखि विरोध प्रदर्शन चलिरहेको छ । सेप्टेम्बरको बीचबाट महसा अमिनी नामक युवतीको धार्मिक प्रहरीको हिरासतमा मृत्यु भएपछि चर्केको आन्दोलन शान्त नहुँदा इस्लामिक गणतन्त्रमै धक्का लाग्ने हो की भन्ने आशङ्का उत्पन्न भएको छ ।
इरानले देशमा चलिरहेको प्रदर्शनका पछाडि अमेरिका, इजरायल, बेलायत, फ्रान्स, जर्मनी र साउदी अरबको हात भएको आरोप लगाएको छ । तर आइतबारको मृत्युदण्ड भने पछिल्लो प्रदर्शनसँग सम्बन्धित नरहेको बताइएको छ, जसमध्ये अधिकांश ६ महिनाअघि नै पक्राउ परेका थिए । अलजजिरा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०७९ - १५:५३
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरेको छन् । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अ...
माघ २२ गते, २०७९ - १५:३६
रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?
माघ २२ गते, २०७९ - १५:२०
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएको छन्...
माघ २२ गते, २०७९ - १४:५०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस यतिबेला पानीबाहिरको माछा जस्तै छट्पटाइरहेको बताएको छन् । आइतबार प्रतिनिधिसभाको वि...
माघ २२ गते, २०७९ - १४:३०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अहिले देशलाई राष्ट्रिय सहमतिको खाँचो रहेको औंल्याएका छन् । प्रतिनि...
माघ २२ गते, २०७९ - १४:०६
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देश...
माघ २२ गते, २०७९ - १३:३९
काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटारबाट निराश भएर फर्केक...
माघ २२ गते, २०७९ - १३:२३
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् । ...
माघ २१ गते, २०७९ - १९:१५
काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ । उडान ...
माघ २१ गते, २०७९ - १७:३१
काठमाडौँ । प्रकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताएका छन् । शनिबार मा...
प्रतिकृया लेख्नुहोस्: