Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

इजरायली गुप्तचरसँग मिलेर देशविरुद्ध षडयन्त्र गरेको आरोपमा इरानमा चार जनालाई मृत्युदण्ड

खबरडबली संवाददाता

एजेन्सी । इरानले इजरायली गुप्तचर निकायसँग काम गरेको आरोप लागेका चार जनालाई मृत्युदण्ड दिएको छ । साथमा अन्य तीन जनालाई जेल सजाय पनि सुनाएको छ । 

हुसेन आरदुखन्जादेह, शहिन इमानी महमुदाबाद, मिलाद अश्रफी अतबतान र मनोचेहर बहबन्दी बोजन्दीलाई आइतबार सबेरै मृत्युदण्ड दिइएको थियो । देशको न्यायालयले यो जानकारी उसको आधिकारिक वेबसाइटमा राखेको छ । 

अदालतले मृत्युदण्ड दिइएका व्यक्तिलाई ‘ठग’ भनेको छ र उनीहरू इजरायली गुप्तचर निकायबाट निर्देशित भएर सार्वजनिक तथा निजी सम्पत्तिको क्षति, चोरी, अपहरणमा सरिक भएको आरोप लगाएको छ । 


दोषीहरूले स्विडेनस्थित मोसादको कार्यालयबाट निर्देशन पाउने गरेको र तिनले मोसादबाट क्रिप्टोकरेन्सीमा पैसा भुक्तानी हासिल गर्ने गरेको न्यायालयले दाबी गरेको छ । मुद्दा सर्वोच्च अदालतले हेरेको थियो, जसले आइतबार मृत्युदण्ड दिइएको पुष्टि गर्‍यो । यसको फैसला भने बुधबार नै भएको थियो । 

मृत्युदण्ड दिइएका चारबाहेक पनि थप तीन जनालाई पाँचदेखि दस वर्षको सजाय सुनाइएको छ । उनीहरूमाथि ‘राष्ट्रिय सुरक्षाविरुद्ध काम गरेको र अपहरण तथा हातहतियार सङ्ग्रहमा सहयोगी’ भएको आरोप लगाइएको छ ।

इरान र इजरायल क्षेत्रीय शत्रु हुन् र इरानले समय समयमा इजरायलका अतिरिक्त, युरोपेली संघ र अमेरिकाजस्ता विदेशी शक्तिसँग काम गरेको आरोपमा मानिस पक्राउ गर्ने गर्छ । पछिल्लो मृत्युदण्ड त्यो समय दिइएको छ, जब इरानमा महिनौँदेखि विरोध प्रदर्शन चलिरहेको छ । सेप्टेम्बरको बीचबाट महसा अमिनी नामक युवतीको धार्मिक प्रहरीको हिरासतमा मृत्यु भएपछि चर्केको आन्दोलन शान्त नहुँदा इस्लामिक गणतन्त्रमै धक्का लाग्ने हो की भन्ने आशङ्का उत्पन्न भएको छ । 

इरानले देशमा चलिरहेको प्रदर्शनका पछाडि अमेरिका, इजरायल, बेलायत, फ्रान्स, जर्मनी र साउदी अरबको हात भएको आरोप लगाएको छ । तर आइतबारको मृत्युदण्ड भने पछिल्लो प्रदर्शनसँग सम्बन्धित नरहेको बताइएको छ, जसमध्ये अधिकांश ६ महिनाअघि नै पक्राउ परेका थिए । अलजजिरा


 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कङ्गोमा फेरि फैलियो इबोला

किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...

सबैभन्दा बढी बेरुजु मधेस प्रदेशमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...

ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्न सांसद खनालको आग्रह

काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...

चालु आर्थिक वर्षमा ८८ अर्बभन्दा बढी बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...

सरकारी अस्पतालमा ९ करोडभन्दा बढीको औषधि म्याद नाघेको

काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाएर ८ मा झारिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...

सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्तास द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...

संविधान संशोधन कार्यदलद्वारा जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...

प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending