बाग्लुङ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा १३ वर्षपछि हात्तीपाइले सङ्क्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ । विसं २०६६ मा ‘बेसलाइन सर्वे’ हुँदा १३ प्रतिशतमा सङ्क्रमण देखिएको नारायणस्थानमा २०७९ को प्रारम्भिक परीक्षण गर्दा एक प्रतिशतभन्दा कम सङ्क्रमण भएको नतिजा आएको हो ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालय बागलुङले नारायणस्थानमा आम औषधि सेवन अभियानअघि प्रारम्भिक परीक्षण गरेका थिए । नारायणस्थानमा तीन सय ४७ जनामा गरिएको परीक्षणमा एक जनामा मात्रै हात्तीपाइले रोगका जीवाणुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए ।
यसअघि सन् २०१४ मा तीन प्रतिशत, २०१६ मा दुई दशमलव तीन प्रतिशत, २०१८ मा चार दशमलव ६७ प्रतिशत र २०२१ मा गरिएको प्रारम्भिक परीक्षणमा दुई दशमलव ६४ प्रतिशतमा हात्तीपाइले रोगका जीवाणुको सङ्क्रमण देखिएको थियो ।
‘‘नारायणस्थानमै भएको बेसलाइन सर्वेमा महामारीको रुप लिनथालेको भेटेपछि बागलुङमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको थियो’’ स्वास्थ्य कार्यालय बागलुङका स्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भने, ‘‘यो पटक शुन्य दशमलव २८ प्रतिशतमा झरेको छ ।” उनले अब अन्तिम पटक आम औषधि सेवन अभियान सञ्चालनपछि परीक्षण हुने र दुई प्रतिशतभन्दा कम भए आम औषधिसेवन कार्यक्रम सञ्चालन नहुने बताए ।
विसं २०७८ मा गरिएको परीक्षणमा नारायणस्थानमै दुई दशमलव ६४ प्रतिशतमा सङ्क्रमण देखिएपछि बागलुङमा पछिल्ला दुई वर्ष आम औषधि सेवन अभियान सञ्चालन गरिएको थियो । कार्यालयले माघ अन्तिम साता १४ औंँ पटक स्वास्थ्य कार्यालयले अभियान सञ्चालन गर्दैछ ।
‘‘यो पटक अन्तिम हो भन्ने लागेको छ, अब औषधि सेवनपछि अर्को जाँच हुन्छ’’, शर्माले भने, ‘‘सामान्यतया छ वर्ष आम औषधि सेवनपछि हात्तीपाइले निवारण हुनुपर्ने हो, हामीले १४ वर्ष प्रयास गर्नुपर्यो ।’’
‘विश्वव्यापी मापदण्डअनुसार परीक्षण गरिएकामध्ये दुई प्रतिशतभन्दा कममा सङ्क्रमण नदेखिएसम्म पटक–पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्नुपर्छ, नारायणस्थानमा गत वर्षदेखिएकाले अहिले पनि अभियान सञ्चालन गर्नुपरेको कार्यालयको भनाइ छ ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका ल्याब टेक्निसियन निरीक्षक रामबालक रायले भन्नुभयो। ‘‘यो पटकको प्रि–टास पास भए एकपटक मात्रै आम औषधि सेवन अभियान सञ्चालन गरेर जिल्ला पास हुन्छ ।’’
यसपटक पनि ‘प्रि–टास’ पास नभए आम औषधि सेवनको विधि परिवर्तन गरी थप औषधिसहित दुई वर्षे अभियान सञ्चालन गर्ने रणनीति तालिम केन्द्रले बनाएको थियो ।
नारायणस्थानमा पछिल्ला दुई वर्ष औषधि सेवन गर्नेलाई खोप कार्ड नै दिएर कार्ड नबनाउनेका सरकारी सेवा सुविधा रोक्का गर्ने भनेपछि नतिजा सकारात्मक आएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: