Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सात पार्टी मात्र राष्ट्रिय दल, एकीकृत समाजवादीसहित ४० दल ‘थ्रेसहोल्ड’ कटाउन असफल

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना सकिएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार समानुपातिक मत मंगलबार साँझ गनेर सकिएको हो। 

कूल सदर मतको संख्या १ करोड ५ लाख ६० हजार ८२ रहेको आयोगले जनाएको छ।प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा कूल ४७ दल सहभागी भएकामा ७ पार्टीले मात्र थ्रेसहोल्ड कटाएका छन्।

आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका छन्। 

समानुपातिक सांसद चुन्न पाएसँगै ती पार्टीले राष्ट्रिय दलको मान्यता पनि पाएका छन्। राष्ट्रिय दल बन्न प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकको थ्रेसहोल्ड कटाउनुपर्छ। 

तर, समानुपातिकमा सहभागी ४७ दलमध्ये ४० दलले थ्रेसहोल्ड पार गर्न सकेनन्। प्रत्यक्षतर्फ १० सिट जितेर पनि सत्तारुढ नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सकेन। उसले दुई लाख ९८ हजार ३ सय ९१ समानुपातिक मत पायो। 

राष्ट्रिय दल बनेका सात दलमध्ये सबैभन्दा धेरै समानुपातिक मत एमालेले ल्याएको छ। 

आयोगको तथ्यांकअनुसार उसले २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको हो। दोस्रोमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ समानुपातिक मत ल्याएको छ।

यसैगरी यही चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ११ लाख ३० हजार ३ सय ४४ समानुपातिक मत प्राप्त गरेको छ। 

यस्तै राष्ट्रिय दलका मान्यता पाउन सफल राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १४ र जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ समानुपातिक मत प्राप्त गरेको आयोगले जनाएको छ। 

कुन दलले कति ल्याए मत? 

नेकपा एकीकृत समाजवादी २,९८,३९१
नागरिक उन्मुक्ति पार्टी २,७१,७२२
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १,६७,३६७
नेपाल मजदुर किसान पार्टी ७५,१६८
हाम्रो नेपाली पार्टी ५५,७४३
मंगोल नेसनल अर्गनाइजेसन ४९,०००
राष्ट्रिय जनमोर्चा ४६,५०४
नेपाल संघीय समाजवादी पार्टी ४१,८३०
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ३०,५९९
राष्ट्रिय जनमुक्ति पार्टी २३,९३४
जनता प्रगतिशिल पार्टी, नेपाल १८,०५९
एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टीरनेपाल सुशासन पार्टी) १७,९०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १७,८०५
बहुजन एकता पार्टी नेपाल १७,०८०
नेपाली कांग्रेस (बीपी) १२,५०२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १२,३४०
नेपाली जनता दल १०,१३७
बहुजन शक्ति पार्टी ९,४३५
नेपालका लागि नेपाली पार्टी ८,४३६
नेपाल कम्युनिस्ट पार्टी ८,०१३
नेपाल लोकतान्त्रिक पार्टी ७,७०५
नेपाल जनता पार्टी ७,५१८
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ७,४०२
मितेरी पार्टी नेपाल ७,०४३
जनजागरण पार्टी नेपाल ६,५५०
आमूल परिवर्तन मसिहा पार्टी नेपाल ६,४२९
तराई मधेश लोकतान्त्रिक पार्टी ५,९७७
जनसमाजवादी पार्टी, नेपाल ५,९२५
एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी समाजवादी/नेपाल दलित पार्टी) ५,८३९
पिछडावर्ग निषाद दलित जनजाति पार्टी ५,१०५
विवेकशील साझा पार्टी ४,०४९
एकीकृत शक्ति नेपाल ३,७९२
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी ३,७०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ३,४०६
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ३,३५४
मौलिक जरोकिलो पार्टी ३,२५६
नेपाल समावेशी पार्टी २,९६३
नेपाल कम्युनिस्ट पार्टी परिवर्तन २,२२०
राष्ट्रिय नागरिक पार्टी २,१५०
नेस्ननलिस्ट पिपल्स पार्टी २,०१८

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending