Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

सात पार्टी मात्र राष्ट्रिय दल, एकीकृत समाजवादीसहित ४० दल ‘थ्रेसहोल्ड’ कटाउन असफल

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना सकिएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार समानुपातिक मत मंगलबार साँझ गनेर सकिएको हो। 

कूल सदर मतको संख्या १ करोड ५ लाख ६० हजार ८२ रहेको आयोगले जनाएको छ।प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा कूल ४७ दल सहभागी भएकामा ७ पार्टीले मात्र थ्रेसहोल्ड कटाएका छन्।

आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका छन्। 

समानुपातिक सांसद चुन्न पाएसँगै ती पार्टीले राष्ट्रिय दलको मान्यता पनि पाएका छन्। राष्ट्रिय दल बन्न प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकको थ्रेसहोल्ड कटाउनुपर्छ। 

तर, समानुपातिकमा सहभागी ४७ दलमध्ये ४० दलले थ्रेसहोल्ड पार गर्न सकेनन्। प्रत्यक्षतर्फ १० सिट जितेर पनि सत्तारुढ नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सकेन। उसले दुई लाख ९८ हजार ३ सय ९१ समानुपातिक मत पायो। 

राष्ट्रिय दल बनेका सात दलमध्ये सबैभन्दा धेरै समानुपातिक मत एमालेले ल्याएको छ। 

आयोगको तथ्यांकअनुसार उसले २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको हो। दोस्रोमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ समानुपातिक मत ल्याएको छ।

यसैगरी यही चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ११ लाख ३० हजार ३ सय ४४ समानुपातिक मत प्राप्त गरेको छ। 

यस्तै राष्ट्रिय दलका मान्यता पाउन सफल राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १४ र जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ समानुपातिक मत प्राप्त गरेको आयोगले जनाएको छ। 

कुन दलले कति ल्याए मत? 

नेकपा एकीकृत समाजवादी २,९८,३९१
नागरिक उन्मुक्ति पार्टी २,७१,७२२
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १,६७,३६७
नेपाल मजदुर किसान पार्टी ७५,१६८
हाम्रो नेपाली पार्टी ५५,७४३
मंगोल नेसनल अर्गनाइजेसन ४९,०००
राष्ट्रिय जनमोर्चा ४६,५०४
नेपाल संघीय समाजवादी पार्टी ४१,८३०
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ३०,५९९
राष्ट्रिय जनमुक्ति पार्टी २३,९३४
जनता प्रगतिशिल पार्टी, नेपाल १८,०५९
एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टीरनेपाल सुशासन पार्टी) १७,९०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १७,८०५
बहुजन एकता पार्टी नेपाल १७,०८०
नेपाली कांग्रेस (बीपी) १२,५०२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १२,३४०
नेपाली जनता दल १०,१३७
बहुजन शक्ति पार्टी ९,४३५
नेपालका लागि नेपाली पार्टी ८,४३६
नेपाल कम्युनिस्ट पार्टी ८,०१३
नेपाल लोकतान्त्रिक पार्टी ७,७०५
नेपाल जनता पार्टी ७,५१८
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ७,४०२
मितेरी पार्टी नेपाल ७,०४३
जनजागरण पार्टी नेपाल ६,५५०
आमूल परिवर्तन मसिहा पार्टी नेपाल ६,४२९
तराई मधेश लोकतान्त्रिक पार्टी ५,९७७
जनसमाजवादी पार्टी, नेपाल ५,९२५
एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी समाजवादी/नेपाल दलित पार्टी) ५,८३९
पिछडावर्ग निषाद दलित जनजाति पार्टी ५,१०५
विवेकशील साझा पार्टी ४,०४९
एकीकृत शक्ति नेपाल ३,७९२
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी ३,७०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ३,४०६
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ३,३५४
मौलिक जरोकिलो पार्टी ३,२५६
नेपाल समावेशी पार्टी २,९६३
नेपाल कम्युनिस्ट पार्टी परिवर्तन २,२२०
राष्ट्रिय नागरिक पार्टी २,१५०
नेस्ननलिस्ट पिपल्स पार्टी २,०१८

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending