काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ ।
नामिबियाको युनाइटेड क्रिकेट मैदानमा आज टस जितेर पहिले व्याटिङ गर्दै नेपालले ३५ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ११९ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रनको योगदान दिए । उनले ५७ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरे । त्यसैगरी सोमपाल कामीले १६, ललित राजवंशीले ११ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ज्ञानेन्द्र मल्लले नौ रन जोड्दा आरिफ शेखले छ तथा गुल्सन झाले पाँच रन बनाए । त्यस्तै आरिफ शेख एक रनमा आउट भए ।
बलिङतर्फ स्कटल्याण्डका ब्रान्डोन म्याकमुलेन, सफियान सारिफ र मार्क वाटले समान दुई दुई विकेट झारे । त्यस्तै कृस सोले, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्रेभ्सले समान एक एक विकेट लिए । जारी सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड सहभागी छन् । स्कटल्याण्डले केहीबेरमा नेपालविरुद्ध जवाफी व्याटिङ थाल्दैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १७:०९
काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक सङ्घीय ढाँचामा गए पनि प्रभावकारी वित्त व्यवस्थापन अझै हुन नसकेको बताएको छन । सोमबार ...
पौष २२ गते, २०८१ - १६:५१
काठमाडौं। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी परित्य...
पौष २२ गते, २०८१ - १६:४१
काठमाडौं। सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरूको पहिचान र उप...
पौष २२ गते, २०८१ - १६:०६
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। ...
पौष २२ गते, २०८१ - १६:००
काठमाडौं। नेकपा एमालेको केन्द्रिय समितिको बैठक जारी रहेको छ । आइतवार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्...
पौष २२ गते, २०८१ - १५:५४
काठमाडौं। शेयर बजार (नेप्से) आज उच्च अङ्कले बढेको छ । नेप्से परिसूचक ४९. १२ अङ्कले बढेर २ हजार ६४० विन्दुमा पुगेर रोकिएको छ । साथै, नेप्सेको बृ...
पौष २२ गते, २०८१ - १५:३२
ढाका। शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पुर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार...
पौष २२ गते, २०८१ - १४:४२
काठमाडौँ। हरेक हिउँदमा उत्तरी ध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, सा...
पौष २२ गते, २०८१ - १४:२१
वासिंगटन डिसी। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ । अमेरिकाको नवनिर्वाच...
पौष २२ गते, २०८१ - १४:२१
वासिंगटन डिसी। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ । अमेरिकाको नवनिर्वाच...
प्रतिकृया लेख्नुहोस्: