काठमाडौं । मधेस प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको हो ।
कुल एक सय सात सदस्य रहेको प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व हुने भएको हो ।
मधेस प्रदेशमा प्रत्यक्षतर्फ १५ सिट जितेर पहिलो दल बनेको एमालेले समानुपातिकमा आठ सिट थपेर २३ सिट पु¥याएको छ भने प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ नौ सिट थपेर २२ सिट पु¥याएर दोस्रो दल बनेको छ ।
विसं २०७४ को निर्वाचनमा मधेस प्रदेशसभामा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दलमा सीमित भएको छ । जसपाले प्रत्यक्षतर्फ नौ र समानुपातिकमा सातसहित १६ सिट जितेको निर्वाचन आयोगले जनाएको छ ।
डा सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशमा प्रत्यक्षतर्फ छ सिट र समानुपातिकमा सात गरी १३ सिटसहित मधेस प्रदेशसभामा चौथो दलका रूपमा स्थापित भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने पाँचौँ दल बनेको छ । प्रत्यक्षतर्फ सात सिट जितेको लोसपाले समानुपातिकमा दुई सिट थप्दै नौ सिट पु¥याएको छ ।
सङ्घीय संसद्मा तेस्रो शक्ति बनेको माओवादी केन्द्र भने मधेस प्रदेशमा छैटौँ बनेको छ । प्रत्यक्षतर्फ चार सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा पनि चार सिट नै पाएर छैटाैँ दल बनेको हो ।
नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ तीन गरी सात सिटसहित सातौँ दल बन्दा राप्रपा, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक–एक सिट पाएर मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् ।
मधेस प्रदेशमा प्रत्यक्षतर्फ छ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । अघिल्लो मधेस प्रदेशसभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, लोससा, एकीकृत समाजवादीसहित आठ दलको प्रतिनिधित्व थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - ०९:२४
प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण
चैत्र २ गते, २०८२ - ०९:१०
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...
चैत्र २ गते, २०८२ - ०९:०७
बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...
चैत्र २ गते, २०८२ - ०८:२३
काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...
चैत्र २ गते, २०८२ - ०८:१५
अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने
चैत्र २ गते, २०८२ - ०८:१०
काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...
चैत्र २ गते, २०८२ - ०७:३८
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...
चैत्र २ गते, २०८२ - ०७:२५
काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...
चैत्र २ गते, २०८२ - ०७:२१
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...
चैत्र २ गते, २०८२ - ०७:१८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...


प्रतिकृया लेख्नुहोस्: