Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

चितवनमा खिचरा महोत्सव हुने

खबरडबली संवाददाता

चितवन । चितवनमा यसवर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ। आगामी पुस २९ गतेदेखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौं संस्करणको खिचरा महोत्सवको हुन लागेको हो।

आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं‍.७ ले  शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ।

महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको जनाउँदै यसवर्ष आकर्षणहरु थप गरिएको बताए। उनले सीमान्तकृत जनजातिको मौलिक भेषभूषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिए।

उनले भने,  “यस्तो पहिरनले समुदायको पहिचान झल्काउनुको साथै संरक्षणमा पनि टेवा पुग्छ, कला, सँस्कृति संरक्षण नै महोत्सवको उद्देश्य रहेकाले मौलिक भेषभूषालाई प्राथमिकता दिएका हौं।” 

महोत्सवमा अन्य आकर्षणको रुपमा हरेक दिन थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषभूषासहितको साँस्कृतिक प्रस्तुति, थारु विशेष खानाका प्रदर्शनी कक्ष, थारु लगायत अन्य जातजातिका मौलिक खानाका परिकारका प्रदर्शनी, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यवसायिक प्रदर्शनी, बाल उद्यान, खुल्ला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारु २०२२ का प्रतिस्पर्धीहरुद्वारा नेपालभरिकै थारु पहिरनहरुको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारु विशेष साँस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारु ब्रम्हथान परिसरलगायत रहेका छन्। 

महोत्सवलाई सफल बनाउन १५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ३२  उपसमिति बनाइएको छ। महोत्सवको उद्घाटनको दिन खैरहनी–८, मगनीचोकदेखि महोत्सवस्थलसम्म झाँकी र विभिन्न परम्परागत भेषभुषा सहितको शोभायात्रा निकालिने आयोजक संस्थाका सभापति चुडामणि चौधरीले जानकारी दिए।​

थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले खिचरा महोत्सव चितवनकै ‘ब्राण्ड’ बनेको जनाउँदै यसलाई भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरे। उनले थारु समुदायको पहिचान र संस्कृति विश्वभर चिनाउन यस महोत्सवले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकप्रति आभार प्रकट गरे। 

महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले खिचरा थारु समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन महोत्सवको रुपमा आयोजना गर्दै आइरहेको बताए। उनले स्थानीय थारु युवाहरु र व्यवसायीहरुको सामान्य सहयोगमा महोत्सव यहाँसम्म पु¥याईएको भन्दै आर्थिक अभाव हुँदाहुँदै पनि निरन्तरता दिदैँ आइरहेको बताए। 

महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ। यस्तै महोत्सवमा १२०  विभिन्न व्यापारिक प्रदर्शनी कक्ष समेत रहने छन्। संस्थापक महतोको अग्रसरतामा २०७० सालमा दुई दिने खिचरा महोत्सवको सुरुआत भएको थियो। थारु समुदायले माघ १ गते भव्य रुपमा खिचरा पर्व मनाउँदै आइरहेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending