Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

चितवनमा खिचरा महोत्सव हुने

खबरडबली संवाददाता

चितवन । चितवनमा यसवर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ। आगामी पुस २९ गतेदेखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौं संस्करणको खिचरा महोत्सवको हुन लागेको हो।

आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं‍.७ ले  शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ।

महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको जनाउँदै यसवर्ष आकर्षणहरु थप गरिएको बताए। उनले सीमान्तकृत जनजातिको मौलिक भेषभूषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिए।

उनले भने,  “यस्तो पहिरनले समुदायको पहिचान झल्काउनुको साथै संरक्षणमा पनि टेवा पुग्छ, कला, सँस्कृति संरक्षण नै महोत्सवको उद्देश्य रहेकाले मौलिक भेषभूषालाई प्राथमिकता दिएका हौं।” 

महोत्सवमा अन्य आकर्षणको रुपमा हरेक दिन थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषभूषासहितको साँस्कृतिक प्रस्तुति, थारु विशेष खानाका प्रदर्शनी कक्ष, थारु लगायत अन्य जातजातिका मौलिक खानाका परिकारका प्रदर्शनी, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यवसायिक प्रदर्शनी, बाल उद्यान, खुल्ला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारु २०२२ का प्रतिस्पर्धीहरुद्वारा नेपालभरिकै थारु पहिरनहरुको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारु विशेष साँस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारु ब्रम्हथान परिसरलगायत रहेका छन्। 

महोत्सवलाई सफल बनाउन १५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ३२  उपसमिति बनाइएको छ। महोत्सवको उद्घाटनको दिन खैरहनी–८, मगनीचोकदेखि महोत्सवस्थलसम्म झाँकी र विभिन्न परम्परागत भेषभुषा सहितको शोभायात्रा निकालिने आयोजक संस्थाका सभापति चुडामणि चौधरीले जानकारी दिए।​

थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले खिचरा महोत्सव चितवनकै ‘ब्राण्ड’ बनेको जनाउँदै यसलाई भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरे। उनले थारु समुदायको पहिचान र संस्कृति विश्वभर चिनाउन यस महोत्सवले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकप्रति आभार प्रकट गरे। 

महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले खिचरा थारु समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन महोत्सवको रुपमा आयोजना गर्दै आइरहेको बताए। उनले स्थानीय थारु युवाहरु र व्यवसायीहरुको सामान्य सहयोगमा महोत्सव यहाँसम्म पु¥याईएको भन्दै आर्थिक अभाव हुँदाहुँदै पनि निरन्तरता दिदैँ आइरहेको बताए। 

महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ। यस्तै महोत्सवमा १२०  विभिन्न व्यापारिक प्रदर्शनी कक्ष समेत रहने छन्। संस्थापक महतोको अग्रसरतामा २०७० सालमा दुई दिने खिचरा महोत्सवको सुरुआत भएको थियो। थारु समुदायले माघ १ गते भव्य रुपमा खिचरा पर्व मनाउँदै आइरहेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending